• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

मध्यविन्दु अस्पताल : १५ शय्याको दरबन्दी , ५० शय्यामा स्तरोन्नति हुँदै ७२ शय्याको सेवा दिँदै

  •  मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र शय्याको अस्पताल भए पनि हाल ७२ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताउनुभयो । अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको उहाँको भनाइ छ । “हामी १५ शय्याको दरबन्दीमा चलेका छौँ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ”, मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भन्नुभयो, “आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निकै मुस्किल भएको छ ।”

उहाँका अनुसार १५ शय्याको अस्पतालका रूपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । यसमध्ये हाल जम्मा १४ जनामात्रै जनशक्ति रहेका छन् । हाल स्वीकृत शय्याको जनशक्ति पूरा गरी अस्पतालाई कम्तीमा सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने गरी स्रोत र जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ । अस्पतालमा ज्यालादारी र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा कँडेलले बताउनुभयो । अस्पतालको भौतिक संरचनादेखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाप उल्लेख्य बढेको छ । विसं २०७७÷७८ मा २२ हजार तीन सय ६१ जनाले सेवा लिएकामा गत आवमा ९० हजार सात सय ५६ जनाले सेवा लिएका छन् । यो गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा सङ्ख्यामध्ये सबैभन्दा धेरै हो । बिरामीको चाप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले अन्य जिल्ला अस्पतालसरह हेरेरमात्रै मध्यविन्दु जिल्ला अस्पतालको विकास हुन नसक्ने उहाँको भनाइ छ । “अन्य अस्पताल २०–२५ वर्षअघिदेखि सञ्चालनमा छन्, अहिले तिनीहरू सरह गर्दा भर्खर नयाँ अस्पतालले कसरी आफूलाई माथि उठाउने”, मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले यस अस्पताललाई अन्य सरह पुर्याउन सकारात्मक विभेद गर्न आवश्यक छ ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरे अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुहुन्छ । “विसं २०७५ मा जिल्ला अस्पतालका रूपमा घोषण भएकामा पाँच वर्षसम्म १५ शय्याको जनशक्ति पूरा हुन सकेन । बिरामीको चाप बढ्दो छ, बाध्यताले शय्या थप गर्नुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ”, उहाँले भन्नुभयो ।

जनशक्ति कमी हुँदासमेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरे बताउनुभयो । अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भए पनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरणलगायतको कमीले समस्या रहेको उहाँको भनाइ छ । जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । रासस

मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.