• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

जिपी अस्पतालमा २० शय्याको डेङ्गु वार्ड

  •  बिहिबार, असोज १८, २०८० मा प्रकाशित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा २० शय्याको डेङ्गु सङ्क्रमित वार्ड सञ्चालनमा आएको छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि अस्पतालले छुट्टै डेङ्गु वार्ड सञ्चालन गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले शुक्लागण्डकी क्षेत्रमा पनि पछिल्ला दिनमा डेङ्गुबाट सङ्क्रमितको स¬ङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो । अस्पतालमा हालसम्म सात सय जनाको परीक्षण गर्दा एक सय १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

यसअगाडि १० शय्याको वार्ड सञ्चालनमा रहेकामा त्यसलाई विस्तार गरी २० शय्या पुर्‍याइएको छ । पचास शय्या क्षमताको सो अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तारका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पुगेर अड्किएको जानकारी दिनुभयो ।

यसैबीच नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ क्षेत्रीय समितिले अस्पताललाई डेङ्गु किट प्रदान गरेको छ । सो किटले दुई सय पाँच जनाको परीक्षण गर्न सकिनेछ ।

प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीको पहलमा उक्त किट अस्पताललाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति चुडामणि खनालले अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा क्षेत्रीय सभापति खनालले व्यास नगरपालिकामा डेङ्गुका बिरामी बढ्दै गएको सन्दर्भमा यस क्षेत्रमा पनि महामारी हुनसक्ने भन्दै पार्टीको पहलमा सहयोग गरिएको जानकारी दिनुभयो ।

जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुगिसकेको छ । जिल्लाका १० वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या दैनिक बढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

असोज सुरु भएसँगै विशेषगरी जिल्लाको व्यास नगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको छ । दमौली अस्पतालमा परीक्षणको ६५ प्रतिशतमा डेङ्गु सङ्क्रमण पुष्टि हुने गरेको छ ।

“डेङ्गु सङ्क्रमण हुने क्रम बढ्दो छ, डेङ्गु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमसँगै खोज र नष्ट गर अभियान पनि चलिरहेको छ”, अधिकारीले भन्नुभयो । डेङ्गु नियन्त्रणका लागि दैनिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । अधिकारीले भन्नुभयो, “खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ, जनचेतनामूलक कार्यक्रम टोल–टोल र विद्यालयसम्म पनि सञ्चालन भइरहेको छ ।”

जिल्लामा अन्य स्थानीय तहमध्ये व्यास नगरपालिकामा बढी सङ्क्रमण फैलिएको छ । कुल सङ्क्रमितमध्ये ८८ प्रतिशत सङ्क्रमित व्यास नगरपालिकाभित्र छन् । त्यसमा पनि बजारका वडा नं १, २, ३ र ४ मा बढी सङ्क्रमित छन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस

बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.