• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

अस्पताल बन्ने भएपछि ढोरपाटनवासी खुसी

  •  आइतबार, असोज २१, २०८० मा प्रकाशित

ढोरपाटन । चार वर्षअघि ढोरपाटनमा कसैलाई सामान्य चोटपटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची र जोखिमयुक्त सडकमा घण्टौँ यात्रा गरेपछि मात्रै बुर्तिबाङ बजार पुग्नुपथ्र्यो तर ढोरपाटन नगरपालिकाले विसं २०७४ मा स्यालपाखेमा सहरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई सामान्य उपचारका लागि बजार झर्नुपर्ने बाध्यता हटेको छ ।
गत वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगरअस्पताल पनि निर्माण गर्न सुरु गरिएको छ । पाखाथरमा ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीय खुसी भएका छन् ।

सहरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन आउनुपूर्व ढोरपाटन क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच थिएन । बुर्तिबाङ बजारदेखि ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपचारमा समस्या हुने गरेको थियो । उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गर्दछ । स्वास्थ्य सेवाको पहुँचबाट धेरै टाढा हुँदा यस क्षेत्रका धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको स्थानीयवासी वीरबहादुर घर्ती मगरले बताउनुभयो ।

वर्षौँदेखि स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई सहरी सामुदायिक स्वास्थ्य केन्द्रले ठूलो राहत दिएको उहाँको भनाइ थियो । ढोरपाटनमा बिरामी परेका नागरिकलाई बुर्तिबाङसम्म पु¥याउँदा धेरैले बाटोमै ज्यान गुमाउनु परेकाले अहिले बन्दै नगरअस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीलाई ठूलो राहत मिल्ने घर्ती मगरले बताउनुभयो । “ढोरपाटन सेवा सुविधाको हिसाबले धेरै पछाडि छ, सडकले जोडिएको वर्षौँ भयो तर अहिलेसम्म गतिलो अस्पताल बन्न सकेको छैन, अस्पताल गत सालदेखि बन्न थालेको हो, गाउँमा अस्पताल बन्न थालेपछि हामीहरु धेरै खुसी भएका छौँ,” घर्ती मगरले भन्नुभयो–“पहिला–पहिला बिरामीलाई अस्पताल पु¥याउँदा पु¥याउँदै बाटोमै बित्थे अहिले पनि ठूलो रोगको उपचार हुन्न घाउ चोट लागेको र ज्वरो आएकालाई मात्रै औषधि पाइन्छ, ठूलै रोग लाग्यो भने, बुर्तिबाङ, पोखरा या काठमाडौँ जानुपर्छ, हुने खाने त जान्छन्, गरिब मान्छे त उपचार नपाएर मर्नुको विकल्प छैन ।”

केन्द्र सरकारले विनियोजन गरेको रु १४ करोड ७६ लाखको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेकाले नगरपालिकाले ढोरपाटनमा नगर अस्पातल बनाउन थालेको उहाँले बताउनुभयो । हाल ढोरपाटनमा सञ्चालनमा रहेको सहरी सामुदायिक स्वास्थ्य इकाइबाट आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

संयोजक थापाले भन्नुभयो–“हामीले ढोरपाटनबाट स्वास्थ्य सेवा दिन थालेको धेरै समय भएको छैन, त्यहाँ स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिन थालेपछि स्थानीयवासीलाई ठूलो राहत भएको छ, यहाँबाट प्रसूति सेवाका लागि बर्थिङ सेन्टर पनि सुरु गरेका छौँ, दुई स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगी राखेर सेवा दिइरहेका छौँ, नगर अस्पताल बनेपछि चिकित्सकसहितको सेवा सुरु हुनेछ ।

वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी बासिन्दा हिउँदको बेलामा अधिकारीचौर, बोबाङलगायत ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।
विसं २०८२ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने उक्त अस्पतालको हाल ३० प्रतिशत काम सम्पन्न भएको भैसकेको बताइन्छ । रासस

आइतबार, असोज २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.