• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

रामराजाप्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानको काम अघि बढाउन माग

  •  बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

राजविराज (सप्तरी) । लामो समयदेखि अवरुद्ध रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मागसहित रिले अनशन सुरु गरिएको छ ।

सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित प्रतिष्ठानको निर्माण अलपत्र पार्दै अन्य कामसमेत रोकिएकाले अविलम्ब काम सञ्चालन गर्नुपर्ने मागसहित निर्माणस्थलमा अनिश्चितकालीन रिले अनशन सुरु गरिएको हो । पाँच दिनदेखि प्रतिष्ठानको निर्माणस्थलमा विभिन्न पाँच सूत्रीय माग राखी सुरु गरिएको अनशन आज पनि जारी छ ।

स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा अनशन सुरु गरिएको थियो । खाँडो पुल नजिक प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा अलपत्र अवस्थामा छाडिएको भन्दै काम छिटो सञ्चालन गर्नुपर्ने मागसहित अनशन जारी राखिएको दासले बताउनुभयो ।

शिलान्यास भएको दुईवर्ष पाँच महिना वितिसक्दा निर्माण अलपत्र परेको भन्दै प्रतिष्ठान निर्माण यथाशीघ्र बढाउनुपर्ने, पूर्वाधार तयारी विकास समितिमा रिक्त पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताउनुभयो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्ने भनिए पनि शिलान्यास भएको दुई वर्षसम्म निर्माण सुरु नगर्दा स्थानीय आक्रोशित बनेका छन् । “प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर निर्माण गर्ने बाहेक अरु केही काम भएको छैन”, सङ्घर्ष समितिका संयोजक दासले भन्नुभयो । निर्वाचनका समयमा चुनावी मुद्दा बनेको प्रतिष्ठान यतिबेला अलपत्र बनेको भन्दै कसैले चासो नदेखाएपछि आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो ।

‘एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने नीतिअनुसार विसं २०७५ पुस १६ गते मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।

“प्रतिष्ठानले गजेन्द्रनारायण सिंह अस्पतालको एउटा कोठा भाडा लिएर सञ्चालनमा ल्याइएको छ । उक्त स्थानमा पूर्वाधार तयारी विकास समिति कार्यालयको बोर्ड राखिएको रहेको छ”, दासले भन्नुभयो, “गतवर्षको निर्वाचनमा समितिका अध्यक्ष डा रोहित पोखरेल प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेपछि अर्काे अध्यक्ष अहिलेसम्म नियुक्त गरिएको छैन ।”

अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशन डा रञ्जितकुमार झाको पनि सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यकारी निर्देशकको पद पनि रिक्त रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रष्ठिानमा कार्यरत तीन करार कर्मचारीको म्याद सकिएपछि प्रतिष्ठान कर्मचारीविहीन बनेको छ ।

पदाधिकारीविहीन समितिको कार्यालयमा लाखौंँ रुपैया खर्चेर खरिद गरिएका सामान थन्किएका दासले बताउनुभयो । “पूर्वाधार तयारी विकास समितिका लागि आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म रू १६ करोड १० लाख बजेट विनियोजन भएकामा रू तीन करोड १६ लाख ४७ हजार खर्च भएको छ भने रू १२ करोड ९३ लाख ५२ हजार खर्च हुन नसकेर फिर्ता भएको जनाइएको छ”, उहाँले भन्नुभयो ।

प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने मागसहित जारी रिले अनशनलाई आज सप्तरी युथ नेपालले ऐक्बदता जनाएको छ । रासस

बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.