• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

थपिँदै डायलाइसिस मेसिन, मिर्गौला पीडितलाई राहत

  •  बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । धौलागिरि अस्पताल बागलुङलाई थप पाँच डायलाइसिस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । मिर्गाैलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयलले आवश्यक औषधी तथा उपकरण गराउने बताउनुभयो । पछिल्लो समय धौलागिरि अस्पतालमा सेवासुविधा सहज रुपमा प्रदान हुन थालेपछि बिरामीको चाप पनि उत्तिकै बढेको हुँदा सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक उपकरण माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो, “बागलुङका धेरै बिरामीहरु पहिले पोखरा काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो, तर अहिले त्यो बाध्यता हटेको छ, सेवा लिनेको सङ्ख्या बढेपछि उपकरण बढी आवश्यक पर्ने देखियो, मन्त्रालयमा पुगेर मन्त्रीसँग माग गरेपछि उहाँले पाँच थान डायलाइसिस मेसिन र अन्य उपकरण उपलब्ध गराउनु भएको छ, उहाँ पनि केही दिनमा बागलुङ आएर यहाँको अवस्था बुझ्नु हुने छ ।”

धौलागिरि अस्पताल बागलुङ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले हाल ४० जना मिर्गौला पीडित बिरामीले नियमित सेवा लिइरहेको बताउनुभयो । दैनिक तीन चरणमा डायलाइसिस सेवा दिने गरेको भन्दै थप पाँचवटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने डा प्रधानले बताउनुहुन्छ । अस्पतालमा हाल पाँचवटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको बताउनुहुन्छ ।

“अहिले हामीसँग पाँचवटा मेसिन सञ्चालित छन्, ती मेसिनबाट बिरामीले दैनिक सेवा लिई राख्नुभएको छ, तर उहाँहरुले अस्पताल आउँदा बित्तिकै सेवा पाई राख्नुभएको छैन, केही बेर (वेटिङ) गर्नुपर्ने अवस्था छ,” मेडिकल सुपरिटेन्डेन्ट प्रधानले भन्नुभयो, “अब त्यो अवस्था आउने छैन, सेवा थप प्रभावकारी हुने छभने बिरामीले तुरुन्तै सेवा पाउनुहुने छ, बिरामीको गुनासो पनि आउने छैन, हामीहरुले पनि सक्दो चाँडो सेवा दिएर उहाँहरुलाई खुसी बनाउने प्रयास गर्ने छौँ ।

धौलागिरि अस्पतालमा २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएको डा प्रधानले बताउनुभयो । पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या पहिलेको तुलनामा करिब दोब्बर भएको अस्पतालले जनाएको छ । रासस

बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.