• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १४ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १७ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २० मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

बन्दीपुरमा बृहत् स्वास्थ्य शिविर, आठ सय बढीले लिए सेवा

  •  मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

तनहुँ । विकोस क्लिनिक फाउण्डेशन अमेरिका र बन्दीपुर अस्पतालको संयुक्त आयोजनामा बन्दीपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

यही कात्तिक १६ गतेसम्म सञ्चालन हुने पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आजसम्म आठ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । अमेरिकन डा निश्चेल सेचुस्टर, डा डेनिला गोमपेल लगायतका सात जना र शिक्षण अस्पताल काठमाडौँका डा नारायण महत्रा, डा अर्जुन श्रेष्ठ, डा प्रशान्त त्रिपाठी र डा रक्षा त्रिपाठी लगायतका चार गरी ११ जनाको टोली शिविरमा खटिएको जनाइएको छ ।

अमेरिकन डाक्टरले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिई मेडिकल काउन्सिलबाट अस्थायी एनएमसी लिएर बन्दीपुर गाउँपालिका र बन्दीपुर अस्पतालको सहकार्यमा शिविर गरिएको सूचना अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । विकोस क्लिनिक फाउण्डेशन अमेरिका संस्थाले सन् २००२ देखि बन्दीपुर क्षेत्रमा दुई वर्षको अन्तरालमा शिविर सञ्चालन गर्दै आएकाले यसवर्ष पनि निरन्तरता दिइएको बन्दीपुर अस्पतालले जनाएको छ ।

गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरेपछि उपचारका लागि स्थानीयवासी उत्साहका साथ सहभागी भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । अमेरिकन र नेपाली चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने शिविरमा दैनिक नागरिकको भीड लाग्ने गरेको छ ।

जटिल रोगका उपचारका लागि पोखरा, चितवन, काठमाडौँलगायत शहरमा लामो दूरी धाउनुपर्ने बन्दीपुरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न शिविरको आयोजना गरिएको हो । शिविरमा आँखा, नाक, कान, घाँटी र प्रसूति रोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा औैषधि वितरण गरिएको छ ।

शिविरमा दैनिक दुई सय बढी नागरिक उपचारका लागि आउने गरेको बन्दीपुर स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले जानकारी दिनुभयो । आँखामा मोतिबिन्दुको समस्या देखिएमा दृष्टि अस्पताल पोखरामा कात्तिक १८ गते र जिल्लाकै भानु नगरपालिका–२ नारेश्वरटारमा मङ्सिर ७ गते निःशुल्क शल्यक्रियाको व्यवस्था रहेको छ ।

उक्त शिविरमा नाक, कान र घाँटीको शल्यक्रिया गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । त्यसैगरी कात्तिक १२, १३, १४, १५ र १६ गते अमेरिकन तथा नेपाली विशेषज्ञ चिकित्सक जनरल फिजिसियनद्वारा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिने छ ।
गाउँपालिका कार्यालयले गाउँपालिकावासीको स्वास्थ्य उपचारका लागि प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.