• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भरतपुर अस्पतालमा बिशेषज्ञ चिकित्सकद्धारा अतिविशिष्टिकृत सेवा

  •  बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ । अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै रू पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन् । यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उहाँको भनाइ थियो ।

“एमडि गरेपछि डिएम र एमसिएच गर्न तीन वर्ष थप अध्ययन गर्नुपर्दछ भने फेलोसिपका लागि कम्तीमा एकवर्ष थप अध्ययन गरेको हुनुपर्दछ । अस्पतालमा दिउँसो १२ बजेसम्म तीन चिकित्सकले बहिरङ्ग सेवा (ओपिडि) मा बिरामी हेर्ने गर्दछन्”, पौडेलले भन्नुभयो, “१ बजेपछि अति विशिष्टि सेवा सुरु हुन्छ ।” उहाँका अनुसार जनरल बहिरङग सेवामा एक जना चिकित्सकले एक दिनमा ४० जना बिरामी हेर्ने गर्दछन् ।

पालो नपाएकाहरुले अतिरिक्त रू पाँच सय शुल्क तिरेर ती चिकित्सकसँग सेवा लिनसक्ने पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अतिविशिष्ट सेवा पेइङ्(पैसा तिरेर लिने सेवा)मा लिँदै गर्दा पनि बिरामीले अन्य सुविधा सरकारी अस्पतालकै पाउने भएकाले न्यून खर्चमा उपचार लिन सकिन्छ ।”

अतिविशिष्ट सेवा दिने चिकित्सकलाई महिनामा एक/दुई पटक बोलाएर निजी क्लिनिकमा सेवा दिने गरिएकामा सरकारी अस्पतालमा नै यो सेवा पाएसँगै बिरामी थप लाभान्वित भएका छन् । अस्पतालमा मुटुरोगका चार, न्यूरो सर्जन एक, न्यूरो मेडिसिन एक, मिर्गाैला दुई, कलेजो एक, पेटसम्बन्धी एक र मूत्ररोगसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक छन् ।

हर्मनरोग एक, स्पाईनल सर्जरी दुई, जोर्नी प्रत्यारोपण एक, दुर्विनबाट जोर्नीको शल्यक्रिया गर्ने दुई जना र नवजात शिशुसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक रहेका पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १८ अति विशिष्ट सहित ९६ जना विशेषज्ञ चिकित्सक र एक सय दुई मेडिकल अफिसर अस्पतालमा कार्यरत छन् भने नर्सको सङ्ख्या सात सयको हाराहारी छ ।

हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । बाँकी अस्पताल विकास समितिका कर्मचारी हुन् । अस्पतालमा छ सय शय्या सञ्चालनमा छन् ।

चितवनसहित छिमेकी जिल्लाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । अतिविशिष्टिकृत सेवासमेत यहाँ पाउने भएपछि बिरामीको सङ्ख्या निकै बढेको छ । गत महिना एकै दिन बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या तीन हजार पुगेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । रासस

बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.