• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ७ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १३ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

भरतपुर अस्पतालमा बिशेषज्ञ चिकित्सकद्धारा अतिविशिष्टिकृत सेवा

  •  बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ । अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै रू पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन् । यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उहाँको भनाइ थियो ।

“एमडि गरेपछि डिएम र एमसिएच गर्न तीन वर्ष थप अध्ययन गर्नुपर्दछ भने फेलोसिपका लागि कम्तीमा एकवर्ष थप अध्ययन गरेको हुनुपर्दछ । अस्पतालमा दिउँसो १२ बजेसम्म तीन चिकित्सकले बहिरङ्ग सेवा (ओपिडि) मा बिरामी हेर्ने गर्दछन्”, पौडेलले भन्नुभयो, “१ बजेपछि अति विशिष्टि सेवा सुरु हुन्छ ।” उहाँका अनुसार जनरल बहिरङग सेवामा एक जना चिकित्सकले एक दिनमा ४० जना बिरामी हेर्ने गर्दछन् ।

पालो नपाएकाहरुले अतिरिक्त रू पाँच सय शुल्क तिरेर ती चिकित्सकसँग सेवा लिनसक्ने पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अतिविशिष्ट सेवा पेइङ्(पैसा तिरेर लिने सेवा)मा लिँदै गर्दा पनि बिरामीले अन्य सुविधा सरकारी अस्पतालकै पाउने भएकाले न्यून खर्चमा उपचार लिन सकिन्छ ।”

अतिविशिष्ट सेवा दिने चिकित्सकलाई महिनामा एक/दुई पटक बोलाएर निजी क्लिनिकमा सेवा दिने गरिएकामा सरकारी अस्पतालमा नै यो सेवा पाएसँगै बिरामी थप लाभान्वित भएका छन् । अस्पतालमा मुटुरोगका चार, न्यूरो सर्जन एक, न्यूरो मेडिसिन एक, मिर्गाैला दुई, कलेजो एक, पेटसम्बन्धी एक र मूत्ररोगसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक छन् ।

हर्मनरोग एक, स्पाईनल सर्जरी दुई, जोर्नी प्रत्यारोपण एक, दुर्विनबाट जोर्नीको शल्यक्रिया गर्ने दुई जना र नवजात शिशुसम्बन्धी एक जना अति विशिष्ट सेवा दिने चिकित्सक रहेका पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १८ अति विशिष्ट सहित ९६ जना विशेषज्ञ चिकित्सक र एक सय दुई मेडिकल अफिसर अस्पतालमा कार्यरत छन् भने नर्सको सङ्ख्या सात सयको हाराहारी छ ।

हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८ चिकित्सक तथा कर्मचारी छन् । बाँकी अस्पताल विकास समितिका कर्मचारी हुन् । अस्पतालमा छ सय शय्या सञ्चालनमा छन् ।

चितवनसहित छिमेकी जिल्लाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । अतिविशिष्टिकृत सेवासमेत यहाँ पाउने भएपछि बिरामीको सङ्ख्या निकै बढेको छ । गत महिना एकै दिन बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या तीन हजार पुगेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । रासस

बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.