• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कस्मेटिक गाईनोकोलोजी (COSMETIC GYNAECOLOGY ) सेवा पोखरामा

  •  बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

कस्मेटिक गाईनोकोलोजी (COSMETIC GYNAECOLOGY ) सेवा पोखरामा

परिचय :
कस्मेटिक गाईनोकोलोजी भन्ने वित्तिकै महिलाहरुको योनाङ्गको सुन्दरता भन्ने बुिझन्छ । हामीले सुन्दरताको परिभाषा बाहिरी आवरण अथवा बाहिर देखिने भागको सुन्दरतालाई हेरिन्छ । तर हामीले अब महिलाको आफ्नो प्रजनन अंग अथवा योनाङ्ग जुन अंग यौन क्रियाकलापको बेला श्रीमान अथवा यौन साथी र सो सम्बन्धी समस्या परेका बेला महिला रोग बिशेषज्ञ संग परिक्षणको बेला देखाउनु पर्दछ, अन्यथा यो महिलाको अत्यन्तै नीजि कुरा हो ।
यौन क्रियाकलाप यौन स्वास्थ्य संग जोडिएको हुनाले र यौन स्वास्थ्य रोगहरुको रोकथाम र उपचारको रुपमा स्थापित भईसकेको हुनाले यस सम्बन्धी कुरा गर्नु,यस सम्बन्धि भएका अन्धविश्वास,नकारात्मक सोच र व्यवहार सम्बन्धि छलफल,बहस गर्दै यी पुराना सोच,विश्वास र अन्धविश्वासको अन्त्य गरी महिलाको भित्र र बाहिरको सुन्दरताको परिकल्पना गर्नु समसमायिक देखिन्छ । महिलाको अर्को सुन्दरता भनेको मनको सुन्दरता,यो सुन्दरताको बयान कवि,गीतकार,कथाकार,उपन्यासकारले बयान गर्ने कुरा हो । हामीले महिलाको योनाङ्ग संरचनात्मक भित्री सुन्दरताको बारेमा कुरा गछौं किनभने महिलाको बाहिरी सुन्दरता एउटा ब्युटीसियनले गर्नुपर्ने काम रहेछ ।

संरचनात्मक रुपबाट महिलाको योनाङ्गलाई बाहिरी देख्न सकिने र भित्री देखिन नसकिने अंगहरु हुन्छन । बाहिरी अंग ( बिभिन्न यौन अंगहरुको ठेट नेपाली भाषा पाउन नसकिने भएकोले सामान्य अंग्रेजी भाषा प्रयोग गर्नु पर्ने देखिन्छ ) लाई भल्भा भनिन्छ । जस अन्तर्गत मोन्स प्युबिस (नीको माथिल्लो भाग जसमा बाक्लो रौं हुन्छ ),क्लाईटोरीस,जसले यौन क्रियाकलापमा यौन उत्तेजनामा महत्वपुर्ण भुमिका राख्दछ र यसलाई पुरुषको लिंग संग तुलना गरिन्छ । लेबिया मेजोरा,यो योनीद्धारको बाहिर पट्टीको (दुबै) भाग हो र क्लाईटोरीस देखि योनद्धारको पछाडीको भागसम्म जोडिन्छ । यो पनि कसैकसैमा रौंले ढाकेको हुन्छ । लेबिया माईनोरा,यो लेबिया मेजोरा भन्दा भित्री भागमा हुन्छ जसमा रौं हुदैन । फोरचेट अथवा योनद्धारको पछाडी पट्टीको भाग जसमा यौन अंगलाई बलियो गराउने अत्यन्तै महत्वपुर्ण मांसपेशीहरु जोडिएका हुन्छन । अर्को महत्वपुर्ण भाग हो हाईमेन (योनद्धारको बाहिरको झिल्ली ) जसबाट महिलाको कुमारीत्व छ वा छैन भन्ने थाहा हुन्छ । यदि यो तन्दुरुस्त छ वा च्यातिएको छैन भने उनको यौन सम्पर्क भएको छैन भन्ने बुिझन्छ अन्यथा पहिले देखिनै यौन क्रियाकलापमा छन भन्ने बुझिन्छ । योनीको पुरै भाग यौन क्रियाकलापमा सक्रिय हुन्छन ।

यसको आकार प्रकार र कसिलोपनामा फरक पर्ने र पर्न सक्ने कारणहरु :
योनीमार्ग खुकुलो वा धोल्लो हुने महिलाहरुमा हुने सामान्य समस्या हो । यसलाई महिलाहरुले सामान्य रुपमा लिने र उपचार नगरिकन बस्ने गर्दछन । छालामा र मांसपेशीमा कोलाजीन (Collagen) भन्ने तत्वको कमी भएमा वा कत्ति पनि नभएमा मासंपेशीमा हुने कडापन अथवा बलियोपन हराउँंछ र उक्त भाग कमजोर वा धोल्लो हुन्छ । यो यदि योनीमा हुने मासंपेशी अथवा तन्तुहरुमा यस्तो भयो भने योनीमार्ग खुकुलो हुन्छ,जसले गर्दा यौनसम्पर्क गर्न मन नलाग्ने,उत्तेजना नआउने र यौन सम्पर्कपछि सन्तुष्टी नआउने हुन्छ । कोलाजीन पदार्थको कमी आउनुको मुख्य कारण योनीमार्ग मार्फत बच्चा जन्माउने,महिलाको उमेर बढदै गए पछि कोलाजीको मात्रामा कमी आउने,यौन क्रियाकलाप आवश्यक भन्दा बढी गर्ने,छिटो छिटो समयको अन्तरमा बच्चा पाउने र धेरै पाउनु,प्रजनन अंगहरुमा चोटपटक लाग्नु ईस्ट्रोजन (Estrogen) भन्ने हर्मोनको कमी हुनु आदि कारणहरुले योनीमार्ग खुकुलो हुन्छ ।
योनीमार्ग धोल्लो भईसकेपछि पिसाब रोक्न नसक्ने,योनी सुख्खा नहुने,सम्पर्क गर्दा संवेदनशिलता हराउने,पिसाब पोल्ने,गन्हाउने र धेरै पानी बग्ने,चिलाउने,यौन सम्पर्क गर्न मन नलाग्ने,उत्तेजना र चरम आनन्द नहुने आदि समस्या आउने हुन्छ ।

उपचार :

यसको उपचार दुई किसिमबाट गर्न सकिन्छ । पहिलो उपचार चिरफार अथवा शल्यक्रिया नगरिकन र अर्को तरीका चिरफार गरेर अथवा सल्यक्रिया गरेर ।
बिना शल्यक्रिया
यसको मुख्य उद्धेश्य भनेको कोलाजीन तन्तुको पुर्नरुथ्थान (Regeneration) गर्ने अथवा कोलाजीनको उत्पादन बढाउंने र छाला तथा मासंपेशी लाई बलियो बनाउनु हो ।

तरीका :
१.सन्तुलित खानपान,सामान्य कसरत,योगा,मेडीटेसन गर्ने र सामान्य तथा तनाव बिनाको जीवनशेैली साथै धुम्रपान,मध्यपान बिनाको जीवनशैलीमा रहनु पर्दछ ।
२.किगल्स एक्सरसाईज (Kegel’s exercise) वा मलद्धार र योनी मुखको बिचको मासंपेशीको कसरत : यो भागलाई १० सेकेण्ड सम्म खुम्च्याएर राख्ने र छोडने र यो प्रक्रिया दिनको ४० देखि ५० पटक सम्म ग¥यो भने योनीमार्ग कसिलो र कडा हुन्छ । यो काम कम्तीमा पनि तीन महिनासम्म गर्नु पर्दछ ।
३.लेजर थेरापी: यो अत्यन्तै आधुनिक प्रणाली हो । सामान्यतया यसको सिद्धान्त मेडिकल डिभाईस मार्फत ईन्फारेड विकिरणको शक्तिबाट छाला र मासंपेशीका तन्तुहरुमा नष्ट हुन गएको कोलोजीन पदार्थ र कोलोजीन रेसाहरुलाई पुर्नजीवित गरी यसलाई बलियो र मजबुत गराईन्छ । लेजरबाट शल्यक्रिया पनि गर्न सकिन्छ र बिना शल्यक्रिया मार्फत अथवा चिरफार नगरिकन पनि काम गर्न सकिन्छ । शल्यक्रिया गर्ने र शल्यक्रिया बिना काम गर्ने लेजरको वेबलेन्थ (Wavelength) फरक फरक हुन्छ । लेजर पृथकीकरण (Ablative) गर्ने र नगर्ने (Non-Ablative) दुई प्रकारको हुन्छ । पृथकीकरण लेजर अलिकति भित्रसम्म जाने र लेजर गरेको ठाउँंमा केही दागहरु पनि देखिन सक्दछ । यो दुई प्रकारको हुन्छ । कार्बनडाईअक्साईड र ईर्बियन लेजर ।
एब्लेटीब अथवा पृथकीकरण लेजरले शरीरका दाग,साना साना गिर्खा,टाटु,रौंहरु हटाउन प्रयोग गरिन्छ । तर पृथकीकरण नभएको अथवा (Non-Ablative) लेजरले कोलाजीन फाईबर र धुलो (Collagen Matrix) को संरचना अथवा सेन्थेसीस (Synthesis) गर्ने साथै छाला,मासंपेशीका तन्तुलाई सबल र बलियो बनाउने काम गर्छ । यस्तो खालको लेजर बिभिन्न प्रकारको हुन्छ,जस्तै कार्बनडाईअक्साईड,डायोड लेजर । हामीले प्रायः गरेर पृथकीकरण नभएको लेजर बढी प्रयोग गरिन्छ । यो लेजरको वेब लेन्थ १४७० हो तर यसको ९८० वेब लेन्थ बाट शल्यक्रिया पनि गर्न सकिन्छ । १४७० वेब लेन्थ पछिल्लो र अत्याधुनिक प्रविधि प्रभावकारी भएकोले यसको प्रयोग धेरै हुन्छ ।

यो निम्नलिखित अवस्थामा प्रयोग हुन्छ :
प्रसुतिपछि महिलाहरुमा यौन अंग धोल्लो भएमा , यौन सुख्खा भएमा , यौन चाहनामा कमी आएमा , उमेर बढदै गए पछि खोक्दा,हांँस्दा,हाँच्छ्यु गर्दा पिसाब चुहिने र रोक्न नसकिने , आङ्ग अथवा पाठेघर खस्किन गएमा , बारम्बार योनीमा संक्रमण भएमा यो लेजर प्रविधिको कुनै अप्रिय खराब असर नहुने,अस्पताल भर्ना गर्न पनि नपर्ने,एक दुई घण्टाको अब्जरभेसन पछि घरमा जान सकिन्छ । महिलाको प्रजनन अंगमा भएका समस्याहरुको समाधान गर्न र यसको सुन्दरता बनाउन वा बढाउन लेजर बाहेक अन्य उपायहरु पनि छन । शल्यचिकित्सा बिना गरिने उपचारहरुमा पि आर पी अथवा पल्ेटलेट रीच प्लाज्मा (Plateletes Rich Plasma),स्टेम सेल थेरापी (Stem Cell Therapy) ।

शल्यचिकित्साद्धारा गरिनेमा लेबिया मेजोरा (Labia majora),माईनोरा (Labia Minora) को आकार मिलाउने र सानो ठुलो गराउने ,क्लााईटोरीस ( Clitoris) को आकार मिलाउने,योनीद्धारको प्वाल सानो र कसिलो बनाउने गर्न सकिन्छ । अमेरिकन र युरोपियन देशहरुमा सामान्य रुपबाट प्रयोगमा आईराखेको छ । पि.आर.पी र स्टेम सेल थेरापीले प्रजनन अंगहरु खराब भएको छ भने,तन्तुहरु नष्ट भएको छ भने,छाला भित्र को रेशादार र कोलाजीन मेट्रीक्स कम अथवा कमजोर भएमा यसलाई पुर्नजागृत गरी नर्मल आकार र काममा फर्काउनको लागी पि.आर.पी.र स्टेम सेलमा शरीरलाई चाहिने महत्वपुर्ण तत्वहरु पाईन्छ जसलाई हामीले गो्रथ फेक्टर भनिन्छ जस्तै: ( Platelets Derived Growth Factor, Transforming growth Factors, Epidermal Growth Factors, Fibroblast Growth Factors, Vascular Endothelial Growth factors, Insulin Like Growth Factors & Hepatocyte growth factors ) खालको उपचार पद्धति महिला योन रोगको लागि मात्रै प्रयोग हुने हैन र यसको प्रयोग हाडजोर्नीको समस्या भएका हरुलाई पनि हुन्छ ।

अझैपनि अध्ययन गर्दा ( PRP or Plateletes Rich Plasma ) ले ( Anti Inflammatory ,Antifbrotic Activity, Immunomodulator Activity, Chemotaxis Proliferation & Angiogenesis Differentation ) आदि जसले गर्दा शरीरका प्रत्येक प्रतिरक्षात्मक काममा सहयोग गर्दछ । स्टेम सेल थेरापी र पीआरपी चोटपटक लागेको,पुरानो दागहरु,हड्डी खिइएको,महिलाको अण्डाशय कमजोर भएको,कलेजो कमजोर भएको, नसाहरुमा चोटपटक लागेको,मुटु सम्बन्धिको समस्याहरु आदिमा सहायक सिद्ध अथवा उपचारमा प्रयोग हुन्छ । त्यसकारण आफ्नो शरीरको तन्तु वा कोषिकाहरु आफ्नो शरीरमा भएका रोगहरुको उपचारमा प्रयोगमा ल्याउंन सकिन्छ । महिलाहरुको योनाङ्ग खुकुलो हुने र योनाङ्गको अरु समस्याहरुको समाधान पिआरपी र स्टेम सेलबाट हुन्छ ।

लेखक डा.गिरधारी शर्मा वरिष्ठ स्त्री तथा प्रसुति रोग साथै निःसन्तानपन विशेषज्ञको रुपमा साहारा इन्टरनेशनल फर्टीलिटी सेन्टर पोखरामा कार्यरत हुनुहुन्छ ।

बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.