• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

कस्मेटिक गाईनोकोलोजी (COSMETIC GYNAECOLOGY ) सेवा पोखरामा

  •  बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

कस्मेटिक गाईनोकोलोजी (COSMETIC GYNAECOLOGY ) सेवा पोखरामा

परिचय :
कस्मेटिक गाईनोकोलोजी भन्ने वित्तिकै महिलाहरुको योनाङ्गको सुन्दरता भन्ने बुिझन्छ । हामीले सुन्दरताको परिभाषा बाहिरी आवरण अथवा बाहिर देखिने भागको सुन्दरतालाई हेरिन्छ । तर हामीले अब महिलाको आफ्नो प्रजनन अंग अथवा योनाङ्ग जुन अंग यौन क्रियाकलापको बेला श्रीमान अथवा यौन साथी र सो सम्बन्धी समस्या परेका बेला महिला रोग बिशेषज्ञ संग परिक्षणको बेला देखाउनु पर्दछ, अन्यथा यो महिलाको अत्यन्तै नीजि कुरा हो ।
यौन क्रियाकलाप यौन स्वास्थ्य संग जोडिएको हुनाले र यौन स्वास्थ्य रोगहरुको रोकथाम र उपचारको रुपमा स्थापित भईसकेको हुनाले यस सम्बन्धी कुरा गर्नु,यस सम्बन्धि भएका अन्धविश्वास,नकारात्मक सोच र व्यवहार सम्बन्धि छलफल,बहस गर्दै यी पुराना सोच,विश्वास र अन्धविश्वासको अन्त्य गरी महिलाको भित्र र बाहिरको सुन्दरताको परिकल्पना गर्नु समसमायिक देखिन्छ । महिलाको अर्को सुन्दरता भनेको मनको सुन्दरता,यो सुन्दरताको बयान कवि,गीतकार,कथाकार,उपन्यासकारले बयान गर्ने कुरा हो । हामीले महिलाको योनाङ्ग संरचनात्मक भित्री सुन्दरताको बारेमा कुरा गछौं किनभने महिलाको बाहिरी सुन्दरता एउटा ब्युटीसियनले गर्नुपर्ने काम रहेछ ।

संरचनात्मक रुपबाट महिलाको योनाङ्गलाई बाहिरी देख्न सकिने र भित्री देखिन नसकिने अंगहरु हुन्छन । बाहिरी अंग ( बिभिन्न यौन अंगहरुको ठेट नेपाली भाषा पाउन नसकिने भएकोले सामान्य अंग्रेजी भाषा प्रयोग गर्नु पर्ने देखिन्छ ) लाई भल्भा भनिन्छ । जस अन्तर्गत मोन्स प्युबिस (नीको माथिल्लो भाग जसमा बाक्लो रौं हुन्छ ),क्लाईटोरीस,जसले यौन क्रियाकलापमा यौन उत्तेजनामा महत्वपुर्ण भुमिका राख्दछ र यसलाई पुरुषको लिंग संग तुलना गरिन्छ । लेबिया मेजोरा,यो योनीद्धारको बाहिर पट्टीको (दुबै) भाग हो र क्लाईटोरीस देखि योनद्धारको पछाडीको भागसम्म जोडिन्छ । यो पनि कसैकसैमा रौंले ढाकेको हुन्छ । लेबिया माईनोरा,यो लेबिया मेजोरा भन्दा भित्री भागमा हुन्छ जसमा रौं हुदैन । फोरचेट अथवा योनद्धारको पछाडी पट्टीको भाग जसमा यौन अंगलाई बलियो गराउने अत्यन्तै महत्वपुर्ण मांसपेशीहरु जोडिएका हुन्छन । अर्को महत्वपुर्ण भाग हो हाईमेन (योनद्धारको बाहिरको झिल्ली ) जसबाट महिलाको कुमारीत्व छ वा छैन भन्ने थाहा हुन्छ । यदि यो तन्दुरुस्त छ वा च्यातिएको छैन भने उनको यौन सम्पर्क भएको छैन भन्ने बुिझन्छ अन्यथा पहिले देखिनै यौन क्रियाकलापमा छन भन्ने बुझिन्छ । योनीको पुरै भाग यौन क्रियाकलापमा सक्रिय हुन्छन ।

यसको आकार प्रकार र कसिलोपनामा फरक पर्ने र पर्न सक्ने कारणहरु :
योनीमार्ग खुकुलो वा धोल्लो हुने महिलाहरुमा हुने सामान्य समस्या हो । यसलाई महिलाहरुले सामान्य रुपमा लिने र उपचार नगरिकन बस्ने गर्दछन । छालामा र मांसपेशीमा कोलाजीन (Collagen) भन्ने तत्वको कमी भएमा वा कत्ति पनि नभएमा मासंपेशीमा हुने कडापन अथवा बलियोपन हराउँंछ र उक्त भाग कमजोर वा धोल्लो हुन्छ । यो यदि योनीमा हुने मासंपेशी अथवा तन्तुहरुमा यस्तो भयो भने योनीमार्ग खुकुलो हुन्छ,जसले गर्दा यौनसम्पर्क गर्न मन नलाग्ने,उत्तेजना नआउने र यौन सम्पर्कपछि सन्तुष्टी नआउने हुन्छ । कोलाजीन पदार्थको कमी आउनुको मुख्य कारण योनीमार्ग मार्फत बच्चा जन्माउने,महिलाको उमेर बढदै गए पछि कोलाजीको मात्रामा कमी आउने,यौन क्रियाकलाप आवश्यक भन्दा बढी गर्ने,छिटो छिटो समयको अन्तरमा बच्चा पाउने र धेरै पाउनु,प्रजनन अंगहरुमा चोटपटक लाग्नु ईस्ट्रोजन (Estrogen) भन्ने हर्मोनको कमी हुनु आदि कारणहरुले योनीमार्ग खुकुलो हुन्छ ।
योनीमार्ग धोल्लो भईसकेपछि पिसाब रोक्न नसक्ने,योनी सुख्खा नहुने,सम्पर्क गर्दा संवेदनशिलता हराउने,पिसाब पोल्ने,गन्हाउने र धेरै पानी बग्ने,चिलाउने,यौन सम्पर्क गर्न मन नलाग्ने,उत्तेजना र चरम आनन्द नहुने आदि समस्या आउने हुन्छ ।

उपचार :

यसको उपचार दुई किसिमबाट गर्न सकिन्छ । पहिलो उपचार चिरफार अथवा शल्यक्रिया नगरिकन र अर्को तरीका चिरफार गरेर अथवा सल्यक्रिया गरेर ।
बिना शल्यक्रिया
यसको मुख्य उद्धेश्य भनेको कोलाजीन तन्तुको पुर्नरुथ्थान (Regeneration) गर्ने अथवा कोलाजीनको उत्पादन बढाउंने र छाला तथा मासंपेशी लाई बलियो बनाउनु हो ।

तरीका :
१.सन्तुलित खानपान,सामान्य कसरत,योगा,मेडीटेसन गर्ने र सामान्य तथा तनाव बिनाको जीवनशेैली साथै धुम्रपान,मध्यपान बिनाको जीवनशैलीमा रहनु पर्दछ ।
२.किगल्स एक्सरसाईज (Kegel’s exercise) वा मलद्धार र योनी मुखको बिचको मासंपेशीको कसरत : यो भागलाई १० सेकेण्ड सम्म खुम्च्याएर राख्ने र छोडने र यो प्रक्रिया दिनको ४० देखि ५० पटक सम्म ग¥यो भने योनीमार्ग कसिलो र कडा हुन्छ । यो काम कम्तीमा पनि तीन महिनासम्म गर्नु पर्दछ ।
३.लेजर थेरापी: यो अत्यन्तै आधुनिक प्रणाली हो । सामान्यतया यसको सिद्धान्त मेडिकल डिभाईस मार्फत ईन्फारेड विकिरणको शक्तिबाट छाला र मासंपेशीका तन्तुहरुमा नष्ट हुन गएको कोलोजीन पदार्थ र कोलोजीन रेसाहरुलाई पुर्नजीवित गरी यसलाई बलियो र मजबुत गराईन्छ । लेजरबाट शल्यक्रिया पनि गर्न सकिन्छ र बिना शल्यक्रिया मार्फत अथवा चिरफार नगरिकन पनि काम गर्न सकिन्छ । शल्यक्रिया गर्ने र शल्यक्रिया बिना काम गर्ने लेजरको वेबलेन्थ (Wavelength) फरक फरक हुन्छ । लेजर पृथकीकरण (Ablative) गर्ने र नगर्ने (Non-Ablative) दुई प्रकारको हुन्छ । पृथकीकरण लेजर अलिकति भित्रसम्म जाने र लेजर गरेको ठाउँंमा केही दागहरु पनि देखिन सक्दछ । यो दुई प्रकारको हुन्छ । कार्बनडाईअक्साईड र ईर्बियन लेजर ।
एब्लेटीब अथवा पृथकीकरण लेजरले शरीरका दाग,साना साना गिर्खा,टाटु,रौंहरु हटाउन प्रयोग गरिन्छ । तर पृथकीकरण नभएको अथवा (Non-Ablative) लेजरले कोलाजीन फाईबर र धुलो (Collagen Matrix) को संरचना अथवा सेन्थेसीस (Synthesis) गर्ने साथै छाला,मासंपेशीका तन्तुलाई सबल र बलियो बनाउने काम गर्छ । यस्तो खालको लेजर बिभिन्न प्रकारको हुन्छ,जस्तै कार्बनडाईअक्साईड,डायोड लेजर । हामीले प्रायः गरेर पृथकीकरण नभएको लेजर बढी प्रयोग गरिन्छ । यो लेजरको वेब लेन्थ १४७० हो तर यसको ९८० वेब लेन्थ बाट शल्यक्रिया पनि गर्न सकिन्छ । १४७० वेब लेन्थ पछिल्लो र अत्याधुनिक प्रविधि प्रभावकारी भएकोले यसको प्रयोग धेरै हुन्छ ।

यो निम्नलिखित अवस्थामा प्रयोग हुन्छ :
प्रसुतिपछि महिलाहरुमा यौन अंग धोल्लो भएमा , यौन सुख्खा भएमा , यौन चाहनामा कमी आएमा , उमेर बढदै गए पछि खोक्दा,हांँस्दा,हाँच्छ्यु गर्दा पिसाब चुहिने र रोक्न नसकिने , आङ्ग अथवा पाठेघर खस्किन गएमा , बारम्बार योनीमा संक्रमण भएमा यो लेजर प्रविधिको कुनै अप्रिय खराब असर नहुने,अस्पताल भर्ना गर्न पनि नपर्ने,एक दुई घण्टाको अब्जरभेसन पछि घरमा जान सकिन्छ । महिलाको प्रजनन अंगमा भएका समस्याहरुको समाधान गर्न र यसको सुन्दरता बनाउन वा बढाउन लेजर बाहेक अन्य उपायहरु पनि छन । शल्यचिकित्सा बिना गरिने उपचारहरुमा पि आर पी अथवा पल्ेटलेट रीच प्लाज्मा (Plateletes Rich Plasma),स्टेम सेल थेरापी (Stem Cell Therapy) ।

शल्यचिकित्साद्धारा गरिनेमा लेबिया मेजोरा (Labia majora),माईनोरा (Labia Minora) को आकार मिलाउने र सानो ठुलो गराउने ,क्लााईटोरीस ( Clitoris) को आकार मिलाउने,योनीद्धारको प्वाल सानो र कसिलो बनाउने गर्न सकिन्छ । अमेरिकन र युरोपियन देशहरुमा सामान्य रुपबाट प्रयोगमा आईराखेको छ । पि.आर.पी र स्टेम सेल थेरापीले प्रजनन अंगहरु खराब भएको छ भने,तन्तुहरु नष्ट भएको छ भने,छाला भित्र को रेशादार र कोलाजीन मेट्रीक्स कम अथवा कमजोर भएमा यसलाई पुर्नजागृत गरी नर्मल आकार र काममा फर्काउनको लागी पि.आर.पी.र स्टेम सेलमा शरीरलाई चाहिने महत्वपुर्ण तत्वहरु पाईन्छ जसलाई हामीले गो्रथ फेक्टर भनिन्छ जस्तै: ( Platelets Derived Growth Factor, Transforming growth Factors, Epidermal Growth Factors, Fibroblast Growth Factors, Vascular Endothelial Growth factors, Insulin Like Growth Factors & Hepatocyte growth factors ) खालको उपचार पद्धति महिला योन रोगको लागि मात्रै प्रयोग हुने हैन र यसको प्रयोग हाडजोर्नीको समस्या भएका हरुलाई पनि हुन्छ ।

अझैपनि अध्ययन गर्दा ( PRP or Plateletes Rich Plasma ) ले ( Anti Inflammatory ,Antifbrotic Activity, Immunomodulator Activity, Chemotaxis Proliferation & Angiogenesis Differentation ) आदि जसले गर्दा शरीरका प्रत्येक प्रतिरक्षात्मक काममा सहयोग गर्दछ । स्टेम सेल थेरापी र पीआरपी चोटपटक लागेको,पुरानो दागहरु,हड्डी खिइएको,महिलाको अण्डाशय कमजोर भएको,कलेजो कमजोर भएको, नसाहरुमा चोटपटक लागेको,मुटु सम्बन्धिको समस्याहरु आदिमा सहायक सिद्ध अथवा उपचारमा प्रयोग हुन्छ । त्यसकारण आफ्नो शरीरको तन्तु वा कोषिकाहरु आफ्नो शरीरमा भएका रोगहरुको उपचारमा प्रयोगमा ल्याउंन सकिन्छ । महिलाहरुको योनाङ्ग खुकुलो हुने र योनाङ्गको अरु समस्याहरुको समाधान पिआरपी र स्टेम सेलबाट हुन्छ ।

लेखक डा.गिरधारी शर्मा वरिष्ठ स्त्री तथा प्रसुति रोग साथै निःसन्तानपन विशेषज्ञको रुपमा साहारा इन्टरनेशनल फर्टीलिटी सेन्टर पोखरामा कार्यरत हुनुहुन्छ ।

बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.