• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

अपाङ्गता लक्षित विश्वविद्यालय–समुदाय कार्यक्रम

  •  बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

काभ्रेपलाञ्चोक । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी काभ्रेपलाञ्चोकमा विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रम लागू गरिएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रतिकूल प्रभाव रहने जनाइएको छ ।

बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसद्वारा सञ्चालित कार्यक्रममा जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई हस्तकला उत्पादन र सोको बजार व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने क्याम्पसका उपप्राध्यापक एवं कार्यक्रम संयोजक कृष्णप्यारी नकर्मीले जानकारी दिनुभयो । जिल्लामा भएका सबैखाले अपाङ्गता भएका व्यक्तिलाई पहिलो चरणमा आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तिकरणका लागि हस्तकला उत्पादन व्यवस्थापन विषयक तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

नकर्मीका अनुसार बनेपामा आयोजित तालिममा ५२ जना अपाङ्गता भएका व्यक्ति सहभागी भएका छन् । उनीहरुका लागि कागज र कपडाको हस्तकलासम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । “कार्यक्रममा एक सय ३० अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराइने छ । यसमध्ये २० जनालाई बजार व्यवस्थापन तालिम प्रदान गरिनेछ”, उहाँले भन्नुभयो ।

तालिमबाट उत्पादित सामग्रीको बजारीकरण गरिने नकर्मीले बताउनुभयो । उहाँका अनुसार विभिन्न चरणमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत दोस्रो चरणमा पराल र बाँसको हस्तकला उत्पादन तालिम सञ्चालन गरिने छ । तेस्रो चरणमा उत्पादनको रेकर्ड राख्ने र व्यवस्थापनसम्बन्धी तथा चौँथो चरणमा उत्पादनको प्रवद्र्धन र बिक्री वितरणसम्बन्धी तालिम सञ्चालन गरिने योजना बनाइएको नकर्मीले जानकारी दिनुभयो ।

सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थले फरक–फरक आयआर्जनका कार्यक्रमसहित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल अपाङ्गता महिला सङ्घकी महासचिव एवं जिल्ला अपाङ्गता सङ्घ, संस्था समन्वय समितिकी सचिव पम्फा पुर्काेटीले अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित कार्यक्रमले उनीहरुको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै यस्ता किसिमका कार्यक्रम दीगो रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उत्पादित सामग्री बजारीकरणका लागि काभ्रे उद्योग वाणिज्य सङ्घले सहकार्य गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमका लागि बर्सेनि प्रस्ताव आह्वान गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.