• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बालबालिकामा मोबाइलको बढ्दो लतले मानसिक विकासमा समस्या

  •  बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित

काठमाडौँ । प्रविधिको विस्तारसँगै पछिल्लो समय सबैको हातहातमा मोबाइल फोन पुगेको छ । यसबाट विभिन्न सूचना आदानप्रदान तथा कुराकानीमा सहज त भएको छ, तर विभिन्न फाइदासँगै कतिपय अवस्थामा यसको सही सदुपयोग हुन नसक्दा हानी पनि हुने गरेको छ ।

मोबाइल फोनको बढ्दो प्रयोगसँगै पछिल्लो समय बालबालिकामा मोबाइलको लत बस्ने समस्या बढ्दै गएको छ ।

मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकामा बोली ढिलो आउने र मोबाइलको लत बसेपछि मानसिक, शारीरिक तथा सर्वाङ्गीण विकासमा नै समस्या आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यद्यपि त्यो बालबालिकासँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समय अघि सूचना नै जारी गरेर बालबालिकामा मोबाइलको लत बस्न नदिन अभिभावकलाई सचेत रहन सुझाव दिएको थियो ।

बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्, अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्ने हुनसक्छ जसका कारण मोबाइलको लत बसेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझने समस्या देखिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, मोबाइलको लत बसेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छ । मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत बसेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुग्ने हुन्छ । त्यस्तै यो लत लामो समयसम्म बस्दै गएमा स्नायु रोग, मुटुको रोग, मिर्गौला सम्बन्धी रोग, कानमा असर, नपुंसकता, ब्रेन सम्बन्धी क्यान्सरलगायतका समस्या देखिने र स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्छ ।

बालबालिकामा मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन् । विज्ञहरूका अनुसार बालबालिका तथा किशोर किशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ ।

बालबालिकालाई मोबाइलको लत लागिसकेपछि बाहिर निस्कन गाह्रो हुने भएकाले मोबाइलको सही सदुपयोगका सम्बन्धमा अभिभावक जानकार हुनुपर्ने देखिन्छ । मोबाइलको लतले बालबालिकामा सकारात्मक भन्दा नकारात्मक असर बढी हुने भएकाले यसतर्फ समयमै सचेत रहन विज्ञहरुको सुझाव छ ।

मनोविद् गोपाल ढकाल भन्नुहुन्छ, बालबालिकासँग अन्तरक्रिया गरेर, उनीहरूका साथीहरूसँग घुलमिल हुन दिएर नै बालबालिकाको सर्वाङ्गीण विकास हुने गर्दछ, त्यसकारण बालबालिकामा मोबाइलको लत बस्न नदिन अभिभावक सचेत हुनुपर्ने हुन्छ ।

मनोविद् ढकाल भन्नुहुन्छ, बालबालिकाको हकमा मोबाइलको प्रयोग सूचनाको जानकारीका लागि भन्दा पनि मनोरञ्जनको साधनका रुपमा र बालबालिकालाई भुलाउने माध्यमको रुपमा अभिभावकले प्रयोग गरिरहेको पाइएको छ । यसबाट राम्रो परिणाम आउँदैन ।

सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।

सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको पनि विज्ञहरुको धारणा छ । त्यस्तै सरकारले नेपालमा कति स्क्रिन टाइम उपयुक्त हो भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालना गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.