• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५७ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

कार्य प्रगतिको मूल्याङ्कनमा बर्दिया अस्पताल लुम्बिनीमा पहिलो

  •  बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित

बाँके । बर्दिया जिल्ला अस्पताल यस वर्ष पनि प्रदेश अस्पतालहरूमा पहिलो भएको छ । लुम्बिनी प्रदेश सरकारको आव २०७९/८० को प्रदेशस्तरीय मूल्याङ्कनमा जिल्ला अस्पताल बर्दिया पहिलो भएको हो ।

यस वर्षको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले बर्दिया अस्पतालका प्रमुख डा. सुवास पाण्डेलाई पहिलो भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

डा. पाण्डेले अनेक समस्याका बाबजुद बर्दिया अस्पताल प्रदेशमा पहिलो भएकोमा खुसी व्यक्त गर्नुभयो । ‘मूल्याङ्कन सुरु भएको चार वर्षमा तीन वर्ष हामी प्रथम भएका छौँ,’ उहाँले भन्नुभयो ।लगातार पहिलो दुई वर्ष हामी पहिलो भएका थियौँ, पोहोर दोस्रो भयौँ । यसपालि फेरि पहिलो हुन सफल भएका छौँ ।’

उहाँले पहिलो भएकोमा बर्दिया अस्पतालका सम्पूर्ण सहकर्मी चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई धन्यवाद दिनुभयो।

चार वर्षदेखि प्रदेश सरकारले प्रदेशभरिका अस्पतालहरूको समीक्षा र मूल्याङ्कन गर्ने गरेको छ । मूल्याङ्कनको प्रमुख आधार उपचारको पूर्वतयारी (एनएसएस)लाई मान्ने गरिएको छ । त्यसैगरी, सेवाको सन्तुष्टि, समयमै डाटा रिपोर्टिङ, अपरेसनमा भएको वृद्धिलगायतलाई मूल्याङ्कनको आधार हुने गरेको डा. पाण्डेले बताउनुभयो।

प्रदेशका १३ वटा अस्पताललाई उछिन्दै यसपल्ट पनि बर्दिया अस्पताल पहिलो बन्न सफल भएको हो । मूल्याङ्कनमा बर्दिया अस्पतालले सय अङ्कमा सबैभन्दा बढी ७४ दशमलव ६१ अङ्क प्राप्त गर्न सफल भएको छ ।

त्यसैगरी दोस्रो भएको कपिलबस्तु अस्पतालले ७१।७६ अङ्क ल्याएको छ । तेस्रो स्थान रहेको लुम्बिनी प्रादेशिक अस्पतालले ७०।३६ अङ्क ल्याएको छ ।भने गुल्मी अस्पताल चौथो, भिम अस्पताल पाँचौँ, अर्घाखाँची अस्पताल छैटौँ, पृथ्वी चन्द्र अस्पताल सातौँ भएका छन् । यसैगरी राप्ती प्रादेशिक अस्पताल दाङ आठौँ, प्युठान अस्पताल नवौं, रामपुर अस्पताल ११ औँ, पाल्पा अस्पताल १२ औँ र रुकुम पूर्व अस्पताल तेह्रौँ भएको छ।

अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शीता तथा सुशासन, नियमित रिपोर्टिङ लगायतका ११ वटा सूचकका आधारमा बर्दिया अस्पताल पहिलो हुन सफल भएको हो ।

बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.