• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मिर्गौला बचाऔँ अभियान यात्रा अनुभुति

  •  शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

डा.ऋषि कुमार काफ्ले । रोकथाम उपचार भन्दा राम्रो हो, भन्ने कुरा सुन्दै भन्दै आए पनि व्यवहारिक रुपमा मिर्गौला रोगको सन्दर्भमा लागु भएको थिएन र छैन पनि । रोग बढ्ने, रोगी बढ्ने, डायलाइसिस र प्रत्यारोपण सेवा विस्तार गर्दैमा यो रोगको उपचार पु¥याउन सम्भव नहुन सक्छ । विश्व लगायत नेपालमा मिर्गौला रोगीको संख्या दिनानुदिन बढ्दो छ । नेपालमा कम्तीमा ३० लाख व्यक्ति मिर्गौला सम्बन्धी कुनै न कुनै समस्याबाट पीडित रहेको अनुमान गर्न सकिन्छ । जसमध्ये तीन लाख व्यक्तिको मिर्गौला बिग्रिरहेको छ । यसरी प्रत्येक बर्ष मिर्गौला रोगको अन्तिम अवस्थामा पुगेका तीन हजार बिरामीहरु डायलासिस वा प्रत्यारोपण पाए बाँच्ने,नभए मृत्यु हुने तथ्य देखापरेको छ ।

नेपाल सरकारले मिर्गौला रोगलाई अत्यन्त महत्वका साथ हेरेको छ । सम्बन्धित निकायवाट विपन्नको सिफारिस ल्याउने नेपाली नागरिकलाई निःशुल्क डायलाइसिस, प्रत्यारोपण र जीविकोपार्जन भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ । प्रत्येक बर्ष सरकारले यो रोगलाई मात्र करिब एक अर्ब रकम खर्च गरिरहेको तथ्याँक छ ।

यसरी रोगी बढिरहने, उपचारको व्यवस्थापन चुनौतीपूर्ण हुने र राज्यको अरबौ रकम खर्च हुने अवस्था चुनौतीपूर्ण छ । पूर्व लक्षणबिहिन मिर्गौला रोग बढेको थाहा नपाउनु स्वभाविक भए पनि यो रोग बारे जनमानसमा कम जानकारी भएको कारण धेरै बिरामी रोगको जटिल अवस्थामा मात्र उपचार गराउन आउने गरेको देखिन्छ । यस अवस्थामा डायलासिस वा मिर्गौला प्रत्यारोपण गराउनु बाहेक अरु उपाय हुँदैन ।
मिर्गौला बारे जानकारी दिने, मिर्गौला स्वस्थ राख्ने तरिकाबारे ज्ञान बाँड्ने, मिर्गौला स्वस्थ छ, छैन भनेर बार्षिक परीक्षण गर्ने बानी बसाल्ने, समय समयमा निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्ने र उपचार विधिमा सर्वसाधारण जनताको पहुँच बढाउने उद्धेश्यले मिर्गौला बचाऔ अभियान वि सं २०७० सालमा शुरुवात गरिएको हो । यस अभियानमा जतिसक्दो बढी मानिसको सहभागिता गराउने उद्धेश्य रहेको छ । यस अभियान संस्थागत रुपमा मुनाफारहित कम्पनीको रुपमा नेपाल सरकारको निकायमा दर्ता रहेको छ ।
स्वस्थ मिर्गौला स्वस्थ नेपालको नारा सहित दिर्घकालीन रुपमा आम नेपालीको मिर्गौला स्वस्थ राख्ने यसको मुख्य ध्येय रहेको छ ।
पूर्व देखि पश्चिम नेपालका विभिन्न स्थानमा यसले मिर्गौलाको निःशुल्क शिविर, समाजका विभिन्न तहतप्काका सर्वसाधारणलाई मिर्गौला स्वस्थ राख्ने विधिबारे जानकारीमूलक कक्षा सञ्चालन गरेको छ । नेपाल सरकार, स्थानीय निकाय, कर्पोरेट हाउस,सहकारी संस्था एवं शैक्षिक संस्थाहरुसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

यस अभियानमा जो कोही व्यक्तिले न्युनतम पाँच सय रुपैयाँ दान दिएर यस अभियानमा आवद्ध हुन सक्नेछन् । दान दिए वापत यस अभियानबाट गरिएका क्रियाकलाप बाहेक अन्य कोही कसैले व्यक्तिगत लाभ प्राप्त गर्ने छैनन् । यस अभियानमा प्राप्त सहयोग र त्यसको सदुपयोगबारे आवधिक रुपमा पारदर्शी हर हिसाब सार्वजनिक गरिने छ । प्रशासनिक खर्च दश प्रतिशत भन्दा बढ्न दिइने छैन । मिर्गौला बचाऔँ अभियानमा देश विदेशमा रहेका जो सुकै व्यक्ति, परिवार, संस्था वा निकायले योगदान पु¥याउन सक्नेछन् ।

मिर्गौला बचाआँै अभियानले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर स्वस्थ मिर्गौला स्वस्थ काठमाडौ र रामेछापको मन्थली नगरपालिकासँग समन्वय गरेर स्वस्थ मिर्गौला स्वस्थ मन्थली कार्यक्रम सञ्चालन गरेको थियो । जसमा नगरपालिका अन्र्तगतका स्वास्थ्य केन्द्रमा निःशुल्क पिसाब जाँच गरिएको थियो । पिसाबमा खरावी देखिएका व्यक्तिहरुको काठमाडौमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र र रामेछापमा मन्थली नगर अस्पतालमा पुनः परिक्षण गरि आवश्यकता अनुसार चिकित्सकको परामर्श दिइएको थियो । कोभिड संक्रमणकालिन समयका कारण सोच गरे जस्तो गर्न नसकिएता पनि यस कार्यक्रममा करिब ४२ हजार व्यक्तिहरु लाभान्वित भएका थिए ।

यस अभियानले हाल प्राविधिक रुपमा विशेषगरि राष्ट्रिय मिर्गौला उपचार केन्द्र,बनस्थली, काठमाडौ र नेपाल मेडिसिटी अस्पताल, ललितपुर सँग सहकार्य गर्ने गरेको छ । स्थानीय तबरमा कुनै कार्यक्रम आयोजना गर्नु परेमा आवश्यकता अनुसार स्थानीय स्वास्थ्य केन्द्र, नर्सिङ्ग कलेजसँग पनि जनशक्तिको लागि समन्वय गर्ने गरिएको छ ।

कोरोनाकालीन समयमा साप्ताहिक फेसबुक लाइभ मार्फत मिर्गौलाको चेतना जगाउन कार्यक्रम सञ्चालन गरिएको थियो । नेपालका विभिन्न एफएम हरुबाट साप्ताहिक, पाक्षिक रुपमा मिर्गौला बचाऔ अभियान कार्यक्रम हालसम्म सञ्चालन भईरहेको छ । रेडियो नेपालबाट पनि यस अभियान बारेको कार्यक्रम साप्ताहिक रुपमा प्रसारण भइरहेको छ । हाल समाजसेवी निलिमा काफ्लेले हरेक आइतबार बेलुका सात बजे मेघा टेलिभिजन, बबरमहल काठमाडौ मार्फत मिर्गौला बचाऔ अभियान अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।

हालै ललितपुर महानगरपालिकासँग ज्येष्ठ नागरिकको घरदैलोमा निःशुल्क मिर्गौला जाँच्ने कार्यक्रमको लागि पनि सहकार्य थालनी भएको छ । निकट दिनमा महालक्ष्मी नगरपालिका ललितपुरका सबै नगरबासीहरुको निःशुल्क मिर्गौला जाँच्ने कार्यक्रम शुभारम्भ गरि दिर्घकालीन रुपमा त्यसको खोज तथा अनुसन्धान गरि प्रभावकारिता मूल्याँकन गर्ने सोच बनाइएको छ ।

समग्र रुपमा भन्नु पर्दा अब रोकथाम उपचारभन्दा वेश हुन्छ भनेर मात्र भएन, गरेर देखाउनु पर्ने समय आएको छ । थोपा थोपा बाट समुन्द्र बनेझै एक एक रुपैयाँबाट यथेष्ट रकम जम्मा हुनसक्छ र मिर्गौला बचाऔ अभियानले देशभर सशक्त रुपमा कार्यक्रम सञ्चालन गर्न सक्छ । हामी आम नेपालीलाई यसमा सहभागी हुन आव्हान गर्दछौँ । यसो भएमा सरकारले मिर्गौला रोगको निःशुल्क उपचारको नाममा खर्च गर्ने अरबौ रुपैयाँ एवं विरामी र आफन्तजनले पाउने झन्झट र अकाल मुत्यवरणलाई जोगाउन सकिने कुरामा कसैको दुईमत नै छैन ।

(लेखक डा.ऋषि कुमार काफ्ले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला बचाऔँ अभियानका अध्यक्ष हुनुहुन्छ ।)

शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.