• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुलिकोट गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे

  •  शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ । गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिनुभयो ।

विभिन्न नौ वटा संस्थाबाट पालिकाभित्र रहेका एक सय ६० गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उहाँले बताउनुभयो । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था बुझ्न् सजिलो हुने प्रमुख भट्टको भनाइ थियो । गाउँपालिकाले एक–एक महिनाको फरकमा गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

गर्भवती महिला थप भएमा कार्यक्रम तालिकाअनुसार नयाँको पनि गर्भ परीक्षण गर्ने व्यवस्था गरिने प्रमुख भट्टले जानकारी दिनुभयो । “एउटा महिना देउराली, पन्द्रुङ, ताकुकोट, तामलाबोट र स्वाँरामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गर्छांै”, उहाँले भन्नुभयो, “लगत्तै अर्को महिना बारपाक, सौरपानी, रन्चोकमा स्वास्थ्यकर्मी पठाउँछौँ । पालैपालो महिना बिराएर सेवा दिन सुरु गरेका छौँ ।”

एकजना गर्भवती महिलाको कम्तीमा तीन पटक अनिवार्यरुपमा भिडियो एक्सरे गर्नुपर्ने भएकाले सोही अनुसार सेवा प्रदान गरिने अहेव राजमती श्रेष्ठले बताउनुभयो । “त्यसपछि भने आवश्यकताअनुसार एक्सरे गरिन्छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा सबै वडामा पुगेर गर्भवती महिलाको गर्भवस्थाको एक्सरे जाँच गरी सकिएको छ ।”

गर्भवतीको गर्भमा रहेका बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले गाउँपालिकाले गर्भवतीका लागि टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क भिडियो एक्सरे जाँच गर्न थालेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो ।

प्रोटेबल भिडियो एक्सरे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले सेवा दिँदै आएका उहाँको भनाइ थियो । गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेसँगै पालिकाभित्रका गर्भवतीले गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ । रासस

शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.