• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बोन टी. बी. (हड्डीको क्षयरोग)को लक्षण र उपचार पद्धति

  •  शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित

डा. गौरव न्यौपाने । हामीले फोक्सोको टी.बी वा क्षयरोग बारे सुनेका हुन्छौं तर हड्डी र जोर्नीलाई पनि टी.बी. वा क्षयरोग लाग्छ भन्दा कसैलाई अचम्म लाग्छ होला ।Mycobacterium Tuberculosis भन्ने जीवाणुबाट संक्रमित भई हाम्रो शरीरको विभिन्न हड्डीहरु जस्तै मेरुदण्ड, कम्मर वा घुँडा मा प्रायः बोन टी.बी. देखिन्छ । फोक्सो हुँदै रगतको माध्यमबाट यो संक्रमण हड्डी वा जोर्नीमा पुग्छ र त्यहाँ क्षयरोगको जीवाणु संख्यात्मक गुणन हुँदै कुरकुरे हड्डी खाँदै जान्छ ।
सोही क्रममा पीप पनि बन्छ र त्यो जम्मा हुँदै धेरै भएपछि त्यहीँ नसाहरु दबिने, फुटेर बाहिर निस्कने, जोर्नी काम नलाग्ने हुने लगायतका जटिलता आउन सक्छन् ।

कसलाई हुन सक्छ?
यो रोग प्रायः नव युवा वा वयस्क उमेरमा देखिने हुन्छ, यद्यपि बोन टी.बी. सबै उमेर र महिला पुरुष मा उत्तिकै देखिन सक्छ । उच्च वा निम्न आयस्रोत, स्वस्थ वा अस्वस्थ, पुरुष वा महिला, बच्चा वा वृद्ध सबैमा यसको उत्तिकै सम्भावना हुने हुँदा सबैले यसबाट बच्नु पर्ने हुन्छ । र सुगर प्रेसर जस्ता दीर्घरोगी लाई यसको संक्रमणको जोखिम अलि धेरै हुन्छ ।

कस्तो बेला बोन टी.बी. को संकेत हुन सक्छ ?
६ हप्ता भन्दा बढी समयदेखि जोर्नी दुख्ने सुन्निने वा चलाउन अप्ठेरो हुने
दिउसो भन्दा रातमा बढी दुख्ने
जोर्नी सामान्य भन्दा हलुका तातेको पनि हुन सक्छ
चोट लागेर वा नलागे पनि जोर्नीको समस्या जुन साधारण दबाई पानीले निको नहुने
शरीर आलस्य हुने, खान मन नलाग्ने, तौल घट्ने, निन्द्रा नलाग्ने
पुरानो टी.बी. भएको वा टी.बी. बिरामीको सम्पर्क भएको
ढाड दुखिरहने, ढाडमा सुन्निएको अथवा हड्डी उठेको जस्तो देखिनु
खुट्टाहरु कमजोरी हुनु, लत्रिनु, लाटो हुनु वा निरन्तर दुख्नु

कसरी पत्ता लगाइन्छ?
साधारण ब्लड टेस्टः CBC, ESR, CRP, ALP, LDH एक्सरे तथा भिडियो एक्सरे
सिटी स्क्यान र एमआरआई जाँच
जोर्नी बाट निकालेको पानी को जाँचः ADA test, Bacterial staining र ब्याक्टेरियल कल्चर

PCRM GeneExpert test
कस्तो उपचार हुन्छ ?

बोन टीवी भनेर प्रमाणित गरेपछि नेपाल सरकार को (DOTS ) प्रोग्राम अन्तर्गत यो -Anti Tubercular Therapy निःशुल्क पाइन्छ । सिफारिस लिएर नजिकैको डट्स सेन्टरले आफ्नो निगरानीमा राखेर औषधि दिन्छन् ।
धेरै पीप बनेको खण्डमा शल्यक्रियाको मद्दतले पीप निकाल्ने जोर्नी सफा गर्ने गर्न सकिन्छ ।

कसरी फरक हुन्छ ATT बोन टी.बी. मा ?
फोक्सोको टी.बी. भन्दा बोन टी.बी. को उपचार लामो समय चल्छ ।
यसमा पनि शरीरको तौल अनुपातमा औषधिको डोज मिलाईन्छ ।
शुरुको ३ महीना चार प्रकारका औषधि हुन्छन् र त्यसपछि बांँकी समय दुई देखि तीन प्रकारका औषधि हुन्छन् ।
औषधिको साथै भिटामिन B6 खनिज तत्व र दुखाईको लागि अन्य औषधि पनि दिइन्छ ।
Category १ः मेरुदण्ड को टी.बी. प्यारालाइसिस सहित १८ देखि २४ महिना
Category २ः ठूलो जोर्नीको टी.बी. (कम्मर, घुँडा) १२ देखि १५ महिना
Category ३ः सानो जोर्नी वा मासुको टी.बी. ६ देखि ९ महिना

के बोन टी.बी. सर्न सक्छ?
बोन टी.बी. भनेर प्रमाणित भएपछि यदि फोक्सोमा active संक्रमण छैन भने यो सर्दैन ।

ATT सेवन गर्दा ध्यान दिनुपर्ने कुरा ः
पिसाब पहेंलो हुनु, मुख फर्फराउनु, आँखा कम देख्ने वा कान कम सुन्ने औषधिको साइड इफेक्टका लक्षण हुन्। परामर्श लिई यसको समाधान गर्न सकिन्छ
औषधि नियमित खानुपर्छ, छुटाउन हुन्न । नत्र घातक MDR -Multi Drug Resistant TB रूपमा परिणत भए उपचार सम्भव नहुन सक्छ ।
नियमित रगत जाँच गरी कलेजो मृगौला आँखा जाँच गर्नु पर्छ ।
पोषणयुक्त खानपान गर्नुपर्छ
रक्सी चुरोट र सुर्तीजन्य पदार्थको सेवन बन्द गर्नु पर्छ

के बोन टी.बी. सम्पुर्ण रूपले निदान हुन्छ?
ATT ले टी.बी. को जीवाणु लाई नष्ट गर्छ । तर जति छिटो रोग पत्ता लगाएर उपचार शुरु हुन्छ हड्डी र जोर्नी त्यति धेरै बिग्रन पाउँदैन र नर्मल जस्तै हुन्छ । तर ढिलो गरी हड्डी र जोर्नी damage भएपछि उपचार शुरु गरे जोर्नी पहिलेको जस्तो नर्मल नहुन सक्छ ।
(लेखक वरिष्ठ , अर्थोपेडिक सर्जन हुनुहुन्छ । )

शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.