• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

चिकित्सा विज्ञानमा फिटल मेडिसिनको महत्व

  •  आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित


फिटल मेडिसिनको विकास

पृष्ठभुमि

सन्दीप गर्ग । पछिल्लो केही समय यता चिकित्सा विज्ञानमा फिटल मेडिसिन (Fetal Medicine) एउटा भिन्न विशेषताको रूपमा आएको छ । फिटल मेडिसिन यस्तो विशेषता हो, जसले गर्भमा रहेका बच्चाहरूलाई अतिरिक्त हेरचाह गरी आईपर्ने जटिलता र आनुवंशिक रोगहरूको समयमानै पत्ता लगाई त्यसको उपचार गर्ने गरिन्छ । गर्भावस्थामा बच्चाको क्रोमोजोमल समस्या थाहा पाएर आवश्यक पर्दा समयमा नै गर्भपतन पनि गर्न सकिन्छ । फिटल मेडिसिनलाई पेरिनेटोलोजी पनि भनिन्छ

फिटल मेडिसिनमा रेडियोलोजिष्टको भूमिका
फिटल मेडिसिनमा रेडियोलोजिष्टको एउटा महत्वपूर्ण भूमिका हुन्छ । रेडियोलोजिष्टले गर्भमा रहेका बच्चालाई प्रत्यारोपणको समयदेखि प्रसव नभएसम्म अल्ट्रासोनोग्राफी मार्फत निगरानी गर्छ । पहिलो स्क्यानमा भ्रुणको स्थिति, संख्या र हृदय गतिविधि बारे जानकारी गराईन्छ । पाठेघरको नलीमा बस्न गएको बच्चालाई अल्ट्रासाउन्डबाट नै पत्ता लगाईन्छ र तुरुन्त उपचार गरिन्छ ।

११ देखि १४ हप्ताको बिचमा गर्ने अल्ट्रसाउन्ड Nuchal translucency (Nt\ scan) भनिन्छ । यसमा बच्चाको घाँटीको पछाडीको छाला मुनिरहेको तरल पदार्थको मोटाई मापन गरिन्छ । साथै नाकको हड्डी Ductus venosus Doppler, मुटु tricuspid regurgitation पनि हेरिन्छ । यी स्क्यानबाट बच्चामा हुनसक्ने क्रोमोजोमल रोगहरू जस्तै ः डाउन सिनड्रोमको रिस्क अथवा संभावना आँकलन गर्न सकिन्छ । संभावना बढी भएमा अरु ल्याब जाँचहरु जस्तै ःDual marker / NIPt\ टेष्ट गरिन्छ । रेडियोलोजिष्टले आवश्यक भए USg\ guided Amniocentesis or Chorionic Vifll\ous Sampling (CVS) पनि गर्छन् ।

१८ र २० हप्ताको बिचमा गरिने अल्ट्रसाउन्डलाई एनोमली स्क्यान भनिन्छ । यो स्क्यानमा बच्चामा शारीरिक विसंगति कुनै भएमा पत्ता लगाउने गरिन्छ । आवश्यक परे बच्चाको मुटुको जाँच ९ाभतब िभअजय० पनि गरिन्छ । आजभोली घम्रद्धम् स्क्यानको मदतले रङ्गिनमा बच्चाको अनुहार र अंगहरू पनि हेर्न सकिन्छ । बच्चाको तौल राम्रो संग नबढ्दा र पानीको मात्रा कम भएमा Umbliical artery and MCa\ Doppler को मद्दत लिइन्छ । तसर्थ स्वस्थ बच्चा जन्मिनुमा रेडियोलोजिष्ट र फिटल मेडिसिनको ठूलो भुमिका हुन्छ ।

प्रविधिको भुमिका
अल्ट्रासाउन्ड मेसिनको टेक्नोलोजीमा विकास हुनुका साथै नयाँ राम्रा मेसिनहरु आएका छन् । यी मेसिनहरुबाट प्रष्ट रुपमा बच्चा हेर्न सकिन्छ र कूनै सानो विसंगति पनि पत्ता लगाउन सकिन्छ । घम्,द्धम्,छम् टेक्नोलोजीले रोग पत्ता लगाउन थप मदत पुर्याएको छ ।

नेपालमा संस्थागत र विधागत विकासको अवस्था
केही समयदेखि नेपालमा पनि फिटल मेडिसिनको विकास तीब्र गतिमा भएको छ हामीले यहाँपनिFetal Medicine Foundation का guidelines अनुसार नै अभ्यास गरिरहेका छौं । देशका कतिपय संस्थाहरूमाfetal echo / Interventional procedures पनि शुरू भएका छन् । समय समयमा देश र विदेशमा गोष्ठी र ट्रेनिङहरु भइरहेका हुन्छन् ।

दक्ष जनशक्तिको संख्यात्मक अवस्था
हरेक बर्ष रेडियोलोजिष्टहरूको संख्या बढ्दो छ । सोही अनुसार फिटल मेडिसिन प्राक्टिस गर्नेहरूको संख्या पनि बढ्दै छ । अब quantity भन्दा quality मा ध्यान दिने बेला भएको छ । हामीले नेपालमा इन्टरनेसनल स्टान्डर्डको हिसाबले प्राक्टिस गर्न आवश्यक देखिएको छ ।

यो विधाको सबल र दुर्बल पक्ष

फिटल मेडिसिनले हाम्रो जस्तो विकासशील मुलुकमा मातृ र शिशु मृत्युदर कम गर्न ठूलो भुमिका खेल्छ । बच्चाको अपाङ्गता जन्मिनु भन्दा पहिले नै पत्ता लगाउन सकिन्छ र समयमा नै बच्चाको उपचार गर्न सकिन्छ । फिटल मेडिसिनमा हुने जाँचहरु केही महँगो भएकोले सेवाग्राहीहरुमा आर्थिक भार पर्न पनि सक्छ । ल्याब टेष्टहरु रProcedures महंगो र सबै ठाउँमा उपलब्ध नहुनाले पनि अफ्ठ्यारो पर्छ । Genetic counseling को सुविधा हाम्रो मुलुकमा व्यवस्थित नभएकोले पनि अलि गाह्रो भएको अवस्था छ ।

सेवाग्राहीको आकर्षण
आजकल इन्टरनेट र सामाजिक सञ्जालले गर्दा सेवाग्राहीमा फिटल मेडिसिन बारे जानकारी राम्रो भएको छ । Anomaly scan प्रति सेवाग्राहीहरु धेरै जागरुक भएका छन् । 3d|4d\ scan को आकर्षक पनि बढ्दो पाईन्छ । कतै कतै अल्ट्रासाउण्डको दुरुपयोग लिङ्ग छुट्याउनलाई पनि भएको पाइन्छ । जुन कुरा मेडिकल एथिक्स भित्र पर्दैन ।

फिटल मेडिसिनमा थप विकास भएका नविनतम प्रविधि

विकसित मुलुकहरूमा फिटल मेडिसिनमा गर्भावस्थामा नै बच्चाको रोग पत्ता लगाउने मात्र होइन उपचार पनि पेट भित्रै गर्ने भएको छ । Fetal blood sampling and transfusion , fetoscopy, open fetal surgery, Amniocentesis, CVs\आदि गरिन्छ ।

विज्ञको सुझाव र सल्लाह
आजको समयमा सबैले स्वस्थ आमा र स्वस्थ बच्चा ( सुखी परिवार ) को चाहना राख्दछन् । त्यसैले गर्भवती महिलाले समयमा अल्ट्रासाउनड गराउनु पर्छ । विज्ञसँग Nt\ scan / anomaly scan गराउनु पर्छ । थप जाँच आवश्यकता परेमा विज्ञको सुझाव अनुसार गर्नुपर्छ । (लेखक गर्ग वरिष्ठ रेडियोलोजिष्ट हुनुहुन्छ )

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.