• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नर्सिङ जनशक्ति किन विदेशिन्छ ?

  •  मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित

युद्धबाट छटपटिएका घाइते विरामी सिपाहीहरुको शारीरिक र मानसिक घाउमा निस्वार्थ प्रेमभावले सेवा गरी आज विश्वभर नै एउटा अनुपम उदाहरण “द लेडी द ल्याम्प” बाट परिचित फ्लोरेन्स नाइटिङ्गेल आधुनिक नर्सिङ पेशाको जन्मदाता हुन् । उनकै समयदेखि नर्सिङ पेशामा नयाँ आयाम आएको हो ।

व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सम्वेदनाहरुलाई बैज्ञानिक तरीकाले गहन अध्ययन गर्ने सीपमूलक विषय नर्सिङ हो । नेपालमा नर्सिङ शिक्षा र सेवाको औपचारिक विकास बीर अस्पतालको स्थापना वि. सं. १८९० देखि १९४७ बाट शुरु भएको पाइन्छ । अस्पतालको चार भित्तामा सिमित र्निर्सङ पेशा रुपान्तरित सिद्धान्तलाई अङ्गाल्दै अस्पतालमा मात्र सीमित नरही वर्तमानमा समुदायसम्म तीव्र गतिमा फैलिदैछ ।

आज विश्वमा स्वास्थ्य क्षेत्र भित्र यो विषय अभिन्न र महत्त्वपूर्ण अङ्गको रुपमा नर्सिङ स्थापित भइसकेको छ । चौविसै घण्टा अथक समर्पण र पे्रमसाथ विरामीको पूर्ण स्वास्थ्य लाभ, रोगको रोकथाम, प्रबन्धात्मक, उपचारात्मक र पुनस्र्थापनामा तल्लिन रहने नर्सहरुलाई अस्पतालको मुटु मान्ने चलन छ । यदि अस्पतालमा दक्ष नर्सिङ जनशक्ति छैन भने जतिसुकै अत्याधुनिक प्रविधि र विज्ञ जनशक्ति भएर मात्र विरामीको चाँडो स्वास्थ्य सुधार हुँदैन, विरामीलाई औषधि उपचारसँगै उचित स्याहार सुसार चाहिन्छ ।

सेवा र समर्पणको उदाहरण मानिने नर्सिङ अध्ययन नेपालको वर्तमान परिप्रेक्ष्यमा बेरोजगार उत्पादन गर्ने थलो वा विदेश जाने माध्यमको रुपमा रुपान्तरित हुँदैछ । नेपालको कमजोर अर्थतन्त्र र राजनीतिक अस्थिरताको कारणले स्वास्थ्य उपचार, शिक्षा, प्रविधि, सञ्चार प्रविधि र वित्तीय विकास अन्य विकसित राष्ट्रको तुलनामा धेरै नाजुक रहेको छ । विकसित राष्ट्रहरुमा रोजगारीको अवसर, कामको सम्मान, कार्यक्षेत्रमा सुरक्षा, गुणस्तरीय सेवा तथा बैज्ञानिक पारिश्रमिक आदि पक्षहरु विकाशोन्मुख राष्ट्रका जनशक्तिहरुलाई आकर्षणका कारणहरु बनिरहेका छन् ।

आज पनि नेपालमा योग्यता र दक्षता अनुसार नर्सले रोजगार पद र जिम्मेवारी नपाउने, मापदण्ड अनुसार नर्स र विरामीको अनुपात लागू नभएको, नियम अनुुसार नर्स नराख्ने, काममा ओभरलोड, घर परिवार सबै छोडेर वर्षौँसम्म दुर्गममा बस्नु पर्ने बाध्यता, भोलेन्टियरको रुपमा तालिम अवधि भनेर बिना तलब नर्स राख्ने चलन, नर्सलाई ठेक्का मार्फत वा दैनिक ज्यालादारीमा राख्ने, निजि स्वास्थ्य संस्थाहरुमा रोजगारीको सुरक्षा नरहेको, बैज्ञानिक प्रणाली अनुसार कार्य स्थलमा काम गर्ने वातावरण नपाएको साथै दैनिक जीवन सुधार नभएका लगायत विविध कारणहरु जिवितै छन् ।

यस्ता समस्याका चाङले थिचिएका नेपालका नर्सहरु विदेश पलायन हुने क्रम अझै बढ्दो छ । नेपाली नर्सहरु युरोप, अस्टे«लिया, अमेरिका जस्ता राष्ट्रमा विद्यार्थी भीसामा जाने, उतै काम गरी स्थायी बसोबासको स्वीकृती लिएर परिवार सहित बस्न बाध्य छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा नर्सिङ जनशक्ति ठूलो सङ्ख्यामा उपस्थित भएपनि सङ्घीयतापछि आएको नयाँ संरचनाको विषयमा छलफल गर्न, नीति नियम बनाउन स्वास्थ्य मन्त्रालयले नर्सलाई प्रतिनिधि नराखेको पाइन्छ । सरकारी संस्थामा समान अध्ययन र स्तरका डाक्टरहरुको दरबन्दी र तह नर्सको तुलनामा एक तह माथि राखिएको छ । साथै अस्पताल प्रमुखको तहमा डाक्टरहरुलाई मात्र राख्ने लोक सेवा आयोगको नियमले राज्यले नै विभेद गरेको स्पष्ट देखिन्छ । यसो हुनुमा सम्पूर्ण नर्सहरुको हक, अधिकार, काम र स्तरीयता मापन गर्ने संस्थाहरु नेपाल नर्सिङ संघको पनि कमजोरी रहेको छ ।

व्यक्तिगत स्वार्थको लागि पेशाप्रति बफादार बन्न नसक्नु, दलीय राजनीतिको चङ्लोमा जकडिनु तथा आफु र आफ्नो पेशालाई बदलिदो समय र समाजको माग अनुरुप परिस्कृत गर्न नसक्नु जस्ता कारणहरुले यति ठूलो त्याग, सेवा र समर्पणका रुपमा अनुपम उदाहरण मानिने नर्सिङ पेशालाई अझ विस्तार गरी उच्चस्तरीय बनाएर अघि बढ्नुपर्ने आजको चुनौती हो ।

व्यक्ति, समाज र देशको स्वास्थ्य क्षेत्रको विकासमा नर्सको निकै महत्त्वपूर्ण भूमिका छ । हाम्रालाई भन्दा राम्रा, दक्षलाई अवसर दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने जरुरी छ । पेशाको मर्यादा र मान्यतामा रही सम्पूर्ण नर्सहरु एकजुट भएर शहर केन्द्रित प्रवृत्ति र विभेदकारी व्यवहारबाट मुक्त हुने हो ,भने नर्सिङ पेशामा नयाँ आयाम ल्याउन सकिन्छ । यो नै वर्तमान समयको आवश्यकता हो ।

(लेखक डा. विष्णु विष्ट सिनियर नर्स हुुुनुहुन्छ।)

मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.