• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

काभ्रेमा क्यान्सरको उपचार सुरु

  •  सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडाँै पुग्नुपर्ने बाध्यता हटेको छ ।

क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण गर्दै उपचारमा सहजता ल्याउन क्यान्सर रोगको उपचार सुरु गरिएको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा ध्रुव कँडेलले बताउनुभयो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि स्थानीयस्तरमै सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।

विभिन्न प्रकारका रोगको उपचार हुने मध्यपहाडी क्षेत्रमा सबैभन्दा पुरानो विसं २०१७ मा स्थापित उक्त अस्पतालमा हाल एक सय ५० शय्याबाट उपचार सेवा प्रदान गर्दै आएको छ । स्क्यान्सर रोगका बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार सुरुमा क्यान्सर रोगको पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमो–थेरापी’लगायतका बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी तथा क्यान्सरको उपचार सेवा प्रदान गरिने छ ।

यस्तै उक्त रोगको उपचारका लागि अस्पतालले छुट्टै भवन, थप अत्याधुनिक मेसिन र दक्षजनशक्तिको व्यवस्थापनमा जुटेको जनाएको छ । साथै अस्पतालले वार्षिक, दुई वार्षिक, त्रैवार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी योजना बनाएको छ । “क्यान्सरको उपचार सेवा पनि महँगो छैन”, बस्नेतले भन्नुभयो । उहाँले महिलालाई हरेक महिना एकपटक आफैँ ‘ब्रेस्ट चेक’ गर्न अनुरोध पनि गर्नुभयो ।

नेपालमा वार्षिक २० हजारभन्दा धेरै नागरिक क्यान्सर रोगबाट सङ्क्रमित हुने गरेको तथा वार्षिक १४ हजार नागरिकको यही रोगका कारण निधन हुने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार नेपालमा एक चिकित्सकले सहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगका एक लाख ५० हजार नागरिक हेर्नुपर्ने अवस्था रहेको छ । रासस

सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.