• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

  •  बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।

स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताउनुभयो । “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई साथमा ल्याउने गरेको छु”, उहाँले भन्नुभयो, “काममा व्यस्त हुँदा स्तनपान कक्षमा सुताउन मिल्छ । बच्चालाई खेल्ने वातावरण मिलेको छ । समयसमयमा स्तनपान गराउन पाइएको छ ।”

सानो बच्चा घरमा छाडेर कार्यालयमा आउँदा मन शान्त नहुने भन्दै आफैँसँग हुँदा मन ढुक्क हुने रानाको भनाइ थियो । स्तनपान कक्षको सुविधा भएपछि उहाँले चौध महिनाको छोरी कार्यालयमा नै लिएर आउने गरेको बताउनुभयो । यहाँ चार वर्षदखि उहाँ कार्यरत हुनुहुन्छ ।

खुल्ला ठाउँमा बसेर बच्चालाई स्तनपान गराउन आमालाई निकै समस्या हुने, बच्चाले दूध खान नमान्ने, कार्यालयको काममा नियमित खटिरहनुपर्दा सेवाग्राहीको अगाडि बसेर स्तनपान गराउन अप्ठ्यारो हुनेलगायत समस्या रहेकामा स्तनपान कक्ष स्थापना भएपछि आमा र बच्चा दुवैलाई प्रभावकारी भएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताउनुभयो । “स्तनपान कक्षको सुविधा भएपछि काखको बच्चा कार्यालयमै लिएर आउने गरिएको छ”, उहाँले भन्नुभयो, “कार्यालयभित्र सुविधा सम्पन्न कक्ष रहेकाले बच्चालाई सुताउन, भुलाउन, खेलाउन सजिलो भएको छ ।”

यहाँ सञ्चालित स्तनपान कक्ष महिला कर्मचारी तथा सेवाग्राही महिलाले उपयोग गर्न पाउँदा सन्तुष्ट छन् । कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि पालिकाको पहिलो तलास्थित महिला तथा बालबालिका शाखा कार्यालयभित्र व्यवस्थित रुपमा कक्ष निर्माण गरी प्रयोगमा ल्याइएको नगर उपप्रमुख बालकुमारी थापा बताउनुभयो । उहाँका अनुसार साउन पहिलो हप्तादेखि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।

तीन वर्षअघि रामपुर नगरपालिकाले कार्यालय अगाडि सानो ट्याङ्कीमा स्तनपान कक्षको शुभारम्भ गरेको थियो । टिनको छानोमुनी रहेको ट्याङ्कीमा कक्ष सञ्चालन गरिए पनि गर्मीयाममा यहाँ बसेर स्तनपान गराउन समस्या थियो ।

कार्यालयमा स्तनपान गराउने स्थान नभएका कारण बच्चालाई घरमै छाड्नुपर्ने बाध्यता धेरै महिला कर्मचारीको छ । स्तनपान गर्नु÷गराउनु आमा र बच्चाको अधिकार भए पनि अधिकांश कार्यालयमा स्तनपान कक्ष नहुँदा महिला कर्मचारीलाई समस्या छ ।

बच्चाको स्वास्थ्य र जीवनरक्षाका लागि सबैभन्दा प्रभावकारी तरिका स्तनपान रहे पनि कामकाजी महिलाले आफ्ना बच्चालाई यो अधिकारबाट वञ्चित गराउनु पर्ने अवस्था छ । बालबालिकाको शारीरिक विकासका लागि आवश्यक पर्ने पौष्टिकतत्व आमाको दूधबाट मात्र पाइने हुँदा समय समयमा स्तनपान गराउनु अति आवश्यक छ । रासस

बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.