• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २७ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

  •  बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।

स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताउनुभयो । “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई साथमा ल्याउने गरेको छु”, उहाँले भन्नुभयो, “काममा व्यस्त हुँदा स्तनपान कक्षमा सुताउन मिल्छ । बच्चालाई खेल्ने वातावरण मिलेको छ । समयसमयमा स्तनपान गराउन पाइएको छ ।”

सानो बच्चा घरमा छाडेर कार्यालयमा आउँदा मन शान्त नहुने भन्दै आफैँसँग हुँदा मन ढुक्क हुने रानाको भनाइ थियो । स्तनपान कक्षको सुविधा भएपछि उहाँले चौध महिनाको छोरी कार्यालयमा नै लिएर आउने गरेको बताउनुभयो । यहाँ चार वर्षदखि उहाँ कार्यरत हुनुहुन्छ ।

खुल्ला ठाउँमा बसेर बच्चालाई स्तनपान गराउन आमालाई निकै समस्या हुने, बच्चाले दूध खान नमान्ने, कार्यालयको काममा नियमित खटिरहनुपर्दा सेवाग्राहीको अगाडि बसेर स्तनपान गराउन अप्ठ्यारो हुनेलगायत समस्या रहेकामा स्तनपान कक्ष स्थापना भएपछि आमा र बच्चा दुवैलाई प्रभावकारी भएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताउनुभयो । “स्तनपान कक्षको सुविधा भएपछि काखको बच्चा कार्यालयमै लिएर आउने गरिएको छ”, उहाँले भन्नुभयो, “कार्यालयभित्र सुविधा सम्पन्न कक्ष रहेकाले बच्चालाई सुताउन, भुलाउन, खेलाउन सजिलो भएको छ ।”

यहाँ सञ्चालित स्तनपान कक्ष महिला कर्मचारी तथा सेवाग्राही महिलाले उपयोग गर्न पाउँदा सन्तुष्ट छन् । कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि पालिकाको पहिलो तलास्थित महिला तथा बालबालिका शाखा कार्यालयभित्र व्यवस्थित रुपमा कक्ष निर्माण गरी प्रयोगमा ल्याइएको नगर उपप्रमुख बालकुमारी थापा बताउनुभयो । उहाँका अनुसार साउन पहिलो हप्तादेखि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।

तीन वर्षअघि रामपुर नगरपालिकाले कार्यालय अगाडि सानो ट्याङ्कीमा स्तनपान कक्षको शुभारम्भ गरेको थियो । टिनको छानोमुनी रहेको ट्याङ्कीमा कक्ष सञ्चालन गरिए पनि गर्मीयाममा यहाँ बसेर स्तनपान गराउन समस्या थियो ।

कार्यालयमा स्तनपान गराउने स्थान नभएका कारण बच्चालाई घरमै छाड्नुपर्ने बाध्यता धेरै महिला कर्मचारीको छ । स्तनपान गर्नु÷गराउनु आमा र बच्चाको अधिकार भए पनि अधिकांश कार्यालयमा स्तनपान कक्ष नहुँदा महिला कर्मचारीलाई समस्या छ ।

बच्चाको स्वास्थ्य र जीवनरक्षाका लागि सबैभन्दा प्रभावकारी तरिका स्तनपान रहे पनि कामकाजी महिलाले आफ्ना बच्चालाई यो अधिकारबाट वञ्चित गराउनु पर्ने अवस्था छ । बालबालिकाको शारीरिक विकासका लागि आवश्यक पर्ने पौष्टिकतत्व आमाको दूधबाट मात्र पाइने हुँदा समय समयमा स्तनपान गराउनु अति आवश्यक छ । रासस

बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.