• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ९ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

  •  शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआइभी÷एड्सविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । बीस वर्षदेखि जिल्लामा एचआइभी÷एड्स सङ्क्रमण न्यूनीकरणविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको सक्रिय प्लस नामक संस्थाले बनेपास्थित आदर्श विद्या मन्दिरमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सचेतना गराएको हो ।

कार्यक्रममा संस्थाका सचिव एवं एड्स सङ्क्रमित राजकुमार खत्री र सामाजिक अभियन्ता कमल बञ्जाराले एचआइभी÷एड्स सङ्क्रमणको कारण, लक्षण, उपचार तथा सङ्क्रमणबाट जोगिने उपायका बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमार आयोजित ‘सङ्क्रमितहरूको मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सङ्क्रमितको अवस्था र उपचारमा पहुँचबारे जानकारी गराउनुभएको थियो ।

संस्थाका अनुसार काभ्रेपलाञ्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । एचआइभी सङ्क्रमितमध्ये ४६ पुरुष र ४७ जना महिला छन् । एकजना छ वर्षीया बालिका छिन् । अठार वर्षदेखि ५७ वर्ष उमेर समूहका ९२ जना छन् । अन्य जिल्लाका केहीले काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालबाट सेवा लिइरहेका छन् । जिल्लाका केही सङ्क्रमितले अन्यत्र सेवा लिइरहेको जनाइएको छ । एचआइभी÷एड्सका कारण हालसम्म जिल्लाका १५ जनाले ज्यान गुमाएका छन् ।

एचआइभी सङ्क्रमणको मुख्य कारण वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले असुरक्षित यौन सम्पर्क तथा लागुऔषधको प्रयोगबाट हुने गरेको पाइएको बञ्जाराले बताउनुभयो । धुलिखेल अस्पतालले एचआइभी सङ्क्रमितलाई ‘एआरटी’ नामक औषधिको सेवा तथा परामर्श र उपचार सेवा उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार सङ्क्रमित खुल्न चाहँदा समयमै उपचार हुने भएकाले अभियान्ताले परीक्षण र पहिचानमा जोड दिँदै आएका छन् ।

पनौतीका खत्रीले १७ वर्षदेखि एरआटी सेवा लिइरहनुभएको छ । उहाँले जिल्लामा एचआइभी सङ्क्रमितका लागि विभेद नभएको बताउनुभयो । उहाँका अनुसार तर सङ्क्रमित खुल्न नचाहँदा छिट्टै मृत्यु हुने गरेको छ । संस्थाले विद्यालयका बालबालिका तथा युवा बेरोजगार हुँदा र गलत सङ्गतका कारण सहजरूपमा लागुऔषधको प्रयोगमा पुग्न सक्ने भएकाले अभिभावक र सरोकारवाला निकायले ध्यान दिनुपर्ने अपिल गर्दै आएको छ ।

जिल्लामा २० जना बालबालिका सङ्क्रमित अभिभावकबाट जन्मिएका भए पनि सङ्क्रमित नभएको सक्रिय प्लसले जनाएको छ । संस्थाले दिवसका अवसर न्यानो कपडा वितरण तथा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम गर्ने जनाएको छ । रासस

शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.