• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दो

  •  बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित

वीरगञ्ज (पर्सा) । न ठूलो पुँजी, न त कुनै ठूलो व्यवसाय । तर पनि वीरगञ्ज महानगरपालिका रानीघाट निवासी रमेश साह सोनार राम्रो आम्दानी कमाई रहनुभएको छ । उहाँको कमाईको स्रोत कुनै जागिर वा अन्य व्यवसाय नभई आयुर्वेदिक जुस बनाएर बेच्ने पेशा हो । वीरगञ्ज महानगरक्षेत्र आयुर्वेदिक जुसवालाका रुपमा परिचित ४८ वर्षीय सोनार यहाँस्थित घडिअर्वा पोखरीको डिलमा हरेक दिन बिहान आयुर्वेदिक जुस बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

युट्युब च्यानलहरुबाट जैविक तरकारी र फलफूलबाट जुस बनाउने तरिका सिक्नुभएका उहाँ जैविक तरकारी, सागपात र जडीबुटी मिसाएर आफैँ तयार पारेको जुस बेचेरै आफ्नो ६ जनाको परिवार मात्रै पाल्दै आउनुभएको छ ।

गरिबी र परिवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाई सक्नुभएको छ उहाँले । विगत एक वर्षदेखि घडिअर्वा पोखरीको डिलमा आयुर्वेद ज्ुसको व्यवसायी गर्दै आउनुभएका उहाँले धेरै स्थानीयहरुको मन जित्न सफल हुनुभएको छ ।

लौका, तीते करेला, गाजर, धनियाँ पात, पुदिनालगायत २५ प्रकार आयुर्वेदयुक्त तरकारी, सागपात र फलफूल मिसाएर तयारी गरिने आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । त्यही जुस बेचेर उहाँले दैनिक एक हजार पाँच सयदेखि रु दुई हजार सम्म कमाई हुँदै आएको उहाँले बताउनुभयो ।

“एक कप जुसको रु २० लिन्छु, दिनमा ८० देखि एक सय कपसम्म जुस बिक्री भइहाल्छ छ”, उहाँले भन्नुभयो, “सुरु सुरुमा कमै बिक्री हुन्थ्यो, अहिले ग्राहकहरु बढ्दै गएकाले राम्रै कमाई हुन्छ ।” स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त मानिने आयुर्वेद जुसको माग बढ्दै गएको उहाँको कथन छ ।

थोरै लगानीबाट सुरु गरेको व्यवसायीबाट राम्रो आम्दानी भइरहेकाले कमाउनका लागि मजदुरी गर्न अन्यत्र जानुपर्ने उहाँको बाध्यता हटेको छ । “जुस बेचेर थोरै बचत गरेर राखेको छु,” उहाँ भन्नुहुन्छ, “अब वीरगञ्जको कुनै ठाउँमा सटर भाडामा लिएर अझै ठूलो जुस पसल खोल्ने तयारीमा छु ।” “मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरूको अधीनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रुपमा जति मिहिनेत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ अहिले ढुक्क छु ।”

‘थोरै कमाऊ तर देशमै बसेर मिहिनेत गरेर कमाऊ’ भन्ने सोच भएर आफू विदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरु सन्तुष्ट छ, उहाँको भनाइ छ ।

विदेशमा गएर कडा मिहिनेत पनि गर्नु, र दुःख पनि झेल्नुभन्दा परिवारका सदस्यहरुसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ, त्यसमा पनि स्वदेशमै बसेर राम्रो आम्दानी हुन थालेपछि किन् विदेश जानु ? उहाँ प्रश्न गर्नुहुन्छ ।

ग्यास्टिक, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गाैलालगायतल बिरामीहरुका लागि अत्यन्तै फाइदाजनक हुने भएकाले आफूले बनाउने आयुर्वेद जुसप्रति धेरैको आकर्षण बढेको उहाँको भनाइ छ ।

स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण आयुर्वेद जुसप्रति बढेकाले उहाँको व्यापार फस्टाएको स्थानीय शङ्कर कानुको बुझाइ छ ।

वीरगञ्जका स्थानीय व्यापारी कृष्ण साह भन्नुभयो, “सोनारले बाबा रामदेवको सिकाए जस्तै आयुर्वेदिक सामग्री हालेर बनाइने जुसले विहान घडिअर्वा पोखरीमा घुम्न आउनेको आकर्षण बढ्ेको त छ नै अन्य व्यक्तिहरुको पनि आकर्षण बढ्दै गएको छ ।” खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो हुने भएकाले धेरैले उहाँकै जुस खानलाई मन पराउँने जनाइएको छ ।

केही वर्षयता विदेश जाने युवाहरुको लर्काे नै लग्ने गरेका बेला उहाँले स्वदेशमै बसेर कम लगानी राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले उहाँबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका प्रदीप ठाकुर बताउनुभयो । रासस

बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.