• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल

  •  शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित

काभ्रेपलाञ्चोक । उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।

उच्च रक्तचाप भएका व्यक्तिको पहिचान, परीक्षण गर्दै जोखिम न्यूनीकरण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोकमा सुरु गरिएको ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यास्केड इनिसिएटिभ्स’ कार्यक्रमअन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको जनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा काभ्रेपलाञ्चोकमा सुरुआत गरिएको कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा लागू गरिएको छ ।

उच्च रक्तचाप भएकाको पहिचान, निदान, उपचार र नियन्त्रणका लागि अभियानअन्तर्गत काम गरिहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित्त प्रमुख अनिता खनालले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै प्रारम्भिक चरणमा न्यूनतम उपकरणसमेत प्रदान गरिएको छ ।

यस्तै कार्यालयले तीन लाख ७२ हजार नौ सय ५१ नगरिकमध्ये उच्च रक्तचापको सम्भावित जोखिममा रहेका जिल्लाका ५० हजार ५० जनामध्ये पहिलो वर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य राखेको छ । जिल्लामा सन् २०२३ मे महिनाबाट उच्च रक्तचापसम्बन्धी नमूना कार्यक्रम सुरु गरिएको थियो । कार्यशालामा हालसम्म भएका प्रगतिबारे पनि छलफल हुने जनाइएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा खगेश्वर गेलालले नेपालमा नै नमूनाको रूपमा सुरु गरिएको अभियानको सफलताका आधारमा अन्यत्र लागू गर्न योजना बनाइने बताउनुभयो । उहाँका अनुसार नसर्ने रोगको प्रकोप बढिरहेकाले मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रमसँग सहकार्य गरी उच्च रक्तचाप नियन्त्रण गरिने छ ।

नागरिकमा उच्च रक्तचाप बड्नुमा वातावरण प्रदूषण, बढी मात्रामा नुनको प्रयोग, बोसोयुक्त तथा अत्यधिक चिल्लो खाद्यपदार्थ सेवन, बढ्दो जङ्कफुडको प्रयोग एवं जीवनशैलीमा सक्रियपनको कमी, मानसिक तनाव, धेरै मात्रामा रक्सी सेवन, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारक रहेको जनाइएको छ । यस्तै उच्च रक्तचापका कारण मुटु, मानसिक, मिर्गाैलामा समस्याजस्ता घातक रोग लाग्ने भएकाले समय–समयमा आफ्नो स्वास्थ परीक्षण गराउनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।
रासस

शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.