• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

  •  सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार रु एक करोडको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो ।

प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक पनि सँगै रहने व्यवस्था गरिएको छ । प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा तिवारीले बताउनुभयो । अभिभावकसँगै प्रत्येक स्वीट्सरुममा जना नर्स रहने व्यवस्था गरिएको छ ।

डा तिवारीले भन्नुभयो,“यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो ।” प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रसव पीडा पति वा अभिभावकलाई बाँड्न नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ । पतिले पनि सँगसँगै सहयोगसहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो ।”

डा तिवारीका अनुसार प्रसूति सेवाका लागि भर्ना भएका गर्भवती महिलाको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट्स रुममा लगिने छ । स्वीट रुममा प्रसूति हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुन्छ । आमालाई पनि सहज हुने गरी सुविधा दिईएको छ ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनुपर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकालाई यहाँ ल्याउँछौँ ।”

देशका ठूला अस्पतालमा यस्तो सुविधा लैजाने भन्ने नीतिअनुरुप पहिलोपटक यस अस्पतालमा सेवा सुरु गरिएको छ । अस्पतालमा प्रसूति सेवा लिनेको चाप बढी भएकाले शय्या सङ्ख्या बढाएर ६० पु¥याएको डा तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसले पनि अझै शय्या पुगेको छैन । कतिपय क्याबिनमा बस्न खोज्छन् । त्यो पनि पर्याप्त छैन । प्रसूतिसम्बन्धी छुट्टै भवन आवश्यक छ ।”

अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख प्रा डा सुनिलमणि पोखरेलका अनुसार गत वर्ष अस्पतालमा ११ हजार आठ सय ९८ जना शिशु जन्मिएका थिए । तीमध्ये ४० प्रतिशत हाराहारी शल्यक्रियाबाट बच्चा झिकिएको हो । पोखरेलका अनुसार दैनिक ३० देखि ४० गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउने गर्दछन् । उनीहरु चितवनसहित छिमेकी दसभन्दा बढी जिल्लाबाट आउने गर्दछन् ।

अस्पतालमा पोखरेलको नेतृत्वमा १३ विशेषज्ञ चिकित्सक र ३० तालिम प्राप्त नर्स कार्यरत छन् । उनीहरु २५ वर्षसम्मको अनुभवी छन् । नयाँ बर्थिङ युनिटका लागि आठ नर्सलाई तालिम दिईएको छ । तीमध्ये दुईजना मिड वाईफरीमा स्नातक गरेका छन् भने छ जना ‘स्किल बर्थिङ एटेन्डेन्स’ को तालिम लिएका नर्स छन् ।

अस्पतालमा नवजात शिशुका लागि १६ शय्याको शिशु सघन उपचार कक्ष रहेका छन् । चार शय्याको कङ्गारु कियर रहेको छ । प्रसूतिका लागि दुई वटा शल्यक्रिया कक्ष छन् । अस्पतालका ३९ वटा क्याबिन अधिकांशमा प्रसूति गराएकाबाटै भरिने गरेको छ । पोखरेलले बर्थिङ युनिट थप भएसँगै प्राकृतिक रुपमा घरकै वातावरणमा बच्चा जन्माउन सकिने बताउनुभयो । राजधानी बाहिर सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालमा यो पर्दछ । रासस

सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.