• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

‘रोग पहिचानको प्रवेशद्वार नै छायामा’

  •  शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित

जनकपुरधाम । नेपालमा अहिले पनि अस्पताल गएर कुन चिकित्सक कहाँ उपचार गराउने भनेर अलमल हुन्छ । यसरी अलमलिएको बिरामीलाई टिकट काट्ने कर्मचारीले रोगको प्रकृति अनुमान गरेर सोहीअनुसार चिकित्सक कहाँ पठाउने प्रचलन छ । नभए बिरामी आफैँले चिनेको वा नाम सुनेको भारमा चिकित्सक कहाँ पठाइदिनु भन्ने गरिएको छ ।

डा विश्वराज दवाडी प्रारम्भिक अवस्था पहिचानको प्रवेशद्वारका रुपमा रहेको ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको विकास र विस्तारको अभावमा यो अलमल देखिरहेको बताउनुहुन्छ । जसकारण बिरामीले रोग पहिचानमै धेरै समय र पैसाको नोक्सानी बेहोर्नु परिरहेको उहाँ बताउनुहुन्छ ।

“चिकित्सा विज्ञानमा सबैभन्दा ठूलो काम नै रोगको सही पहिचान गर्नु हो । रोग पहिचानका लागि सही प्रक्रिया सुरु भएपछि मात्रै त्यसको निदान सहज हुन्छ । सहजीकरणको काम विशेषज्ञता हासिल गरेका चिकित्सक सम्मिलित ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोशियसन’ (जिपिइम्यान) विभागले गर्ने हो”, डा दवाडी भन्नुहुन्छ, “नेपालमा यससम्बन्धी खासै जानकारी दिने गरिँदैन । नागरिकको विश्वासका लागि प्रचारप्रसारको अभाव हुनुका सौ धेरै अस्पतालमा उक्त विभाग नै हुँदैन । जसले गर्दा बिरामी धेरै अस्पताल र चिकित्सक कहाँ भौतारिने र अन्तमा पैसा खर्चसँगै स्वास्थ्यमा थप जटिल समस्या आइसकेको हुन्छ ।”

डा जयनारायण साह पनि नेपालमा २५ शय्याभन्दा माथिका अस्पतालमा अनिवार्यरुपमा जिपिइम्यान सम्मिलित विभागको व्यवस्था गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरै अस्पतालमा त्यसको अभ्यास नरहेकाले छायामा परेको बताउनुहुन्छ ।

“जनरल भनेपछि सामान्य हो भनेर त्यहाँ किन जाने भन्ने प्रचलन छ । तर त्यहाँका चिकित्सक मेडिकल अधिकृतभन्दा माथिल्लो विशेषज्ञता हासिल गरेका विज्ञ हुन्छन् भन्ने जानकारी दिनुपर्ने अवस्था छ”, जानकी मेडिकल कलेज शिक्षण अस्पताल धनुषा, शिक्षण विभाग प्रमुखसमेत रहनुभएका डा साहले भन्नुभयो, “त्यसको अभावमा कि त बिरामीले रोगको प्रकृतिअनुसार घरबाटै डाक्टर पहिचान गरेर आउने कि त टिकट काउन्टरको कर्मचारीले भनेअनुसार जाने अवस्था छ । जसकारण बिरामीले यताउता भौतारिरहनुपरेको हुन्छ ।”

डा शिवशङ्कर साह सो विधाका विशेषज्ञ चिकित्सकहरुले रोगको पहिचान, सोको निदानका लागि सम्बन्धित चिकित्सकसँग सम्पर्क स्थापित गरी बिरामीलाई धेरै ठाउँ धाउने र थप समस्यामा पर्ने अवस्थाबाट जोगाउने तर्क गर्नुहुन्छ । “बिरामीले सुनेको र चिनेको भारमा रोगसँग असम्बन्धित चिकित्सक रोज्ने, रोगको डाइग्नोसिसमै अल्झिँदा सम्बन्धित चिकित्सकसम्म पुग्दा समय, अर्थ र स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गरेको छ । त्यसबाट जोगिन र जोगाउन सबै सचेत हुनुपर्छ । त्यो भनेको जिपिइम्यान विभागको विकास र विस्तार नै हो ।”

शुक्रबार जानकी मेडिकल कलेजमा आयोजित जिपिइम्यानको सेमिनारमा सहभागी हुन यहाँ आउनुभएका चिकित्सकको भनाइ हुन् यी । यो विधाका चिकित्सकको सङ्गठन जिपिइएमएएनका केन्द्रीय महासचिवसमेत रहनुभएका डा. विश्वराज दवाडीले नेपालमा हाल पाँच सयभन्दा बढी चिकित्सकहरु रहेकामा करिब पचास प्रतिशतले अवसरका लागि नेपाल छोड्ने गरेका जानकारी दिनुभयो । सो विधासम्बन्धी विशेषज्ञ चिकित्सकलाई नेपालमै रोक्नका लागि अस्पतालहरुमा सेवा विस्तार र नागरिकमा विश्वास अभिवृद्धि गर्न आफ्नो संस्थाले काम गरिरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष ओपी पाण्डेले विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्षजनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ विभाग स्थापना गरेर सेवालाई थप व्यवस्थित बनाउने काम गरिरहेको बताउनुभयो ।

अस्पताल निर्देशक प्रा डा धर्मदत्त सुवेदीले आफ्नो मेडिकल कलेजले रोग पहिचानको ‘प्रवेशद्वार’ का रुपमा रहेको उक्त विभाग स्थापना गरेर काम गर्नुका साथै सोही विषयमा अध्ययन/अध्यापन पनि गराइरहेको जानकारी दिनुभयो । हाल सो विधाका दुई जना विशेषज्ञ र एमडिजिपिए अध्ययनरत चार जना चिकित्सकले सेवा दिइरहेका उहाँले जानकारी दिनुभयो ।

सुवेदीले अन्तरङ्ग तथा बहिरङ्ग सेवामार्फत अस्पतालले वर्षमा एक लाखभन्दा बढी नागरिकलाई स्वास्थ्य उपचार दिइरहेको र गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्ने गरेकोसमेत बताउनुभयो ।

विसं २००३ देखि पठनपाठन सुरु गरेको सो मेडिकल कलेजमा अहिले १८औँ ब्याचलाई पढाइरहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत एमडी, एमएस, एमबिबीएसका साथै स्टाफ नर्स कोर्ष पनि सञ्चालनमा छ । यी सबै कार्यक्रमबाट हालसम्म दुई हजारभन्दा बढी दक्षजनशक्ति उत्पादन गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.