• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन

  •  आइतबार, पुष ०१, २०८० मा प्रकाशित

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढवर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।

अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर पनि सेवा लिन अन्यन्त्र जानुपरेको हरिपुर्वावासी रामविनय यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार सामान्य बिरामी पर्दासमेत उपचारका लागि लालबन्दी, मलङ्गवा, बर्दिवास, जनकपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता छ । “गाउँमै यति ठूलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो नदेखाएका कारण आमनागरिक सामान्य बिरामी पर्दा पनि टाढा टाढासम्म धाउनुपर्ने बाध्यता छ ।”

अस्पताल भवन निर्माणका लागि सोही स्थान निवासी विनोद साहले १० कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनु भएको थियो । सोही जमिनमा निर्माण भएको १५ शय्याको अस्पताल भवन अहिले अलपत्र परेको छ । निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेका जग्गादाता साहले बताउनुभयो । “गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनी जग्गा दिएँ, अस्पताल पनि निर्माण भयो तर प्रयोगमा आउन सकेन् ,”साहको गुनासो थियो ।

राजनीतिक विवादले नगर अस्पताल भवन निर्माण हुन करिब १० वर्ष लागेको थियो भने निर्माण भएपछि पनि सञ्चालन हुनसकेको छैन । राजनीतिक खिचातानीका कारण अस्पताल अलपत्र परेपछि गाउँवासी महँगो एम्बुलेन्स शुल्क तिरेर अन्यत्र जान बाध्य भएका वडाध्यक्ष दिनेशराय यादवले बताउनुभयो ।“यहाँ कोही आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानुपर्दा रु पाँच हजार, काठमाडौँ जाँदा रु १६ हजार र मलङ्गवा जाँदा रु तीन हजार भाडा तिर्नुपर्छ, कमसेकम निर्माण भएको अस्पताल प्रयोगमा आए स्थानीयवासीलाई त्यति सास्ती हुने थिएन् ।”उहाँले भन्नुभयो ।

अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष मै रु एक करोड बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि दुव्र्यवहार गरिएकाले अस्पताल सञ्चालनमा आउन समय लागेको नगरप्रमुख विनोदकुमार साह तेलीले बताउनुभयो । उहाँले चालु आवमा नगरसभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

“बजेट आउनासाथ चिकित्सकको व्यवस्था गरी अस्पताल सञ्चालन गर्ने योजना छ,”नगर प्रमुख साहले भन्नुभयो,“प्रमुख प्रशासकीय अधिकृत नभएर चालु आर्थिक वर्षको नगरसभा गर्न नपाइएका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन पाइएन ।” करिब १५ महिनाको अन्तरालमा सात प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसक्दा पनि चालु आर्थिक वर्षको नगरसभा हुनसकेको छैन् । रासस

आइतबार, पुष ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.