• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन

  •  आइतबार, पुष ०१, २०८० मा प्रकाशित

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गर्नुभएको सो अस्पताल निर्माण भएको डेढवर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।

अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर पनि सेवा लिन अन्यन्त्र जानुपरेको हरिपुर्वावासी रामविनय यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार सामान्य बिरामी पर्दासमेत उपचारका लागि लालबन्दी, मलङ्गवा, बर्दिवास, जनकपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता छ । “गाउँमै यति ठूलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो नदेखाएका कारण आमनागरिक सामान्य बिरामी पर्दा पनि टाढा टाढासम्म धाउनुपर्ने बाध्यता छ ।”

अस्पताल भवन निर्माणका लागि सोही स्थान निवासी विनोद साहले १० कठ्ठा जमिन निःशुल्क उपलब्ध गराउनु भएको थियो । सोही जमिनमा निर्माण भएको १५ शय्याको अस्पताल भवन अहिले अलपत्र परेको छ । निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेका जग्गादाता साहले बताउनुभयो । “गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनी जग्गा दिएँ, अस्पताल पनि निर्माण भयो तर प्रयोगमा आउन सकेन् ,”साहको गुनासो थियो ।

राजनीतिक विवादले नगर अस्पताल भवन निर्माण हुन करिब १० वर्ष लागेको थियो भने निर्माण भएपछि पनि सञ्चालन हुनसकेको छैन । राजनीतिक खिचातानीका कारण अस्पताल अलपत्र परेपछि गाउँवासी महँगो एम्बुलेन्स शुल्क तिरेर अन्यत्र जान बाध्य भएका वडाध्यक्ष दिनेशराय यादवले बताउनुभयो ।“यहाँ कोही आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानुपर्दा रु पाँच हजार, काठमाडौँ जाँदा रु १६ हजार र मलङ्गवा जाँदा रु तीन हजार भाडा तिर्नुपर्छ, कमसेकम निर्माण भएको अस्पताल प्रयोगमा आए स्थानीयवासीलाई त्यति सास्ती हुने थिएन् ।”उहाँले भन्नुभयो ।

अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष मै रु एक करोड बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि दुव्र्यवहार गरिएकाले अस्पताल सञ्चालनमा आउन समय लागेको नगरप्रमुख विनोदकुमार साह तेलीले बताउनुभयो । उहाँले चालु आवमा नगरसभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

“बजेट आउनासाथ चिकित्सकको व्यवस्था गरी अस्पताल सञ्चालन गर्ने योजना छ,”नगर प्रमुख साहले भन्नुभयो,“प्रमुख प्रशासकीय अधिकृत नभएर चालु आर्थिक वर्षको नगरसभा गर्न नपाइएका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन पाइएन ।” करिब १५ महिनाको अन्तरालमा सात प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसक्दा पनि चालु आर्थिक वर्षको नगरसभा हुनसकेको छैन् । रासस

आइतबार, पुष ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.