• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • १ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • १ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • १ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • २ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ३ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

इङ्गल्यान्डका जुनियर चिकित्सकहरूद्वारा हडताल सुरु

  •  बुधबार, पुष ०४, २०८० मा प्रकाशित

लन्डन ।इङ्गल्यान्डमा जुनियर चिकित्सकहरूले तलब र सर्तहरूलाई लिएर सरकारसँग लामो समयदेखि जारी विवादमा बुधबार तीन दिने हडताल सुरु गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का सबै चिकित्सकमध्ये करिब आधा जुनियर चिकित्सकहरूले बुधबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शनिबार बिहानसम्म हडताल सुरु गरेका हुन् ।

अर्को हडताल आगामी वर्ष जनवरी ३ देखि सुरु हुने र यो छ दिनसम्म चल्ने घोषणा गरिएको छ । एनएचएसको इतिहासमा यो सबैभन्दा लामो हडताल हुनेछ । एनएचएसले उसको वेबसाइटमा चेतावनी दिँदै अन्य चिकित्सकले अझै पनि काम गरिरहने भए पनि कर्मचारीमा हुने अवरोधले ऐच्छिक गतिविधिमा उल्लेखनीय कमी ल्याउने र यसबाट केही नियुक्ति र प्रक्रियाको पुनः तालिका बनाइने बताएको छ ।

“हडतालका दिनहरूमा दुर्घटना र आपत्कालीन विभागहरू तथा एनएचएस १११ (डिजिटल ट्राइएज सेवा) अत्यन्त व्यस्त हुने सम्भावना छ, यसमा सामान्यदेखि धेरै समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ”, उसले भनेको छ ।

ब्रिटिस मेडिकल एसोसिएसन (बिएमए) का अनुसार सन् २००८ पछि जुनियर चिकित्सकहरूको तलबमा एक चौथाइभन्दा धेरैले कटौती गरिएको छ । उनीहरूले बेलायतमा जारी जीवनयापनको लागत सङ्कटका बीच ३५ प्रतिशतले तलब वृद्धि हुनुपर्ने माग गरिरहेका छन् ।

हालै गरिएको कुराकानीमा चिकित्सकहरूलाई आठ दशमलव आठ प्रतिशत तलब वृद्धिमा थप तीन प्रतिशत वृद्धिको प्रस्ताव गरिएको थियो तर बिएमएले चिकित्सकहरूको ग्रेडमा असमानरूपमा फैलिने भएकाले यस वर्ष पनि धेरै चिकित्सकहरूको तलब कटौती हुने बताएको छ ।

वित्तमन्त्री जेरेमी हन्टले एक अन्तरवार्तामा हडताललाई ‘अविश्वसनीयरूपमा निराशाजनक’ भन्नुभयो । उहाँले स्वास्थ्य तथा सामाजिक हेरचाह सचिव भिक्टोरिया एटकिन्सले ‘उहाँको ढोका रचनात्मक छलफलका लागि खुला’ रहेको बताउनुभएको जानकारी दिनुभयो ।

एनएचएस कन्फेडरेसन तथा पेसेन्ट्स एसोसिएसनसहित पाँच सङ्गठनले खुला पत्र लेख्दै सरकार र बिएमए दुवैसँग ‘वार्ताको टेबलमा फिर्ता हुन’ र ‘समाधान खोजेर आफ्नो विवाद समाप्त’ गर्न आह्वान गरेका छन् ।

संयुक्त अधिराज्य (युके) मा एज युके नामक परोपकारी संस्थाका क्यारोलिन अब्राहमले भन्नुभयो, “एनएचएसमा वर्षको सबैभन्दा व्यस्त समयमा भइरहेको र हुन गइरहेको हडतालले वृद्धहरूको स्वास्थ्यका लागि ठूलो सम्भावित खतरा उत्पन्न गर्न सक्छ ।” रासस

बुधबार, पुष ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.