• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

शिक्षकको गुणस्तर मापन गर्नेछौँ : स्वास्थ्य मन्त्री बस्नेत

  •  मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित

बाह्रबीसे (सिन्धुपाञ्चोक) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्र्ने बताउनुभएको छ ।

उहाँले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउनुभएको हो ।

“विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिनुहोस्”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँदा अरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि समाजमा नराम्रो व्यक्ति बन्ने खतरा बढ्छ ।” मन्त्री बस्नेतले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको प्रसङ्गमा दुःखेसो पोख्नुभयो । “विद्यालय समायोजन गर्दा पनि भौगोलिकता खोलानाल, भीरपाखाका कारण विद्यार्थीलाई विद्यालय जान अप्ठ्यारो हुन्छ, त्यसैले गुणस्तरीयतामा ध्यान दिँदै विद्यार्थी बढाउनेतर्फ पनि ध्यान दिनुस्”, उहाँले दोहो¥याउनुभयो ।

उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको पाइएको बताउनुभयो । उहाँले २८ वर्षदेखि आठ सय स्वास्थ्यकर्मी राजधानी काठमाडौँ बसिरहेकाले तिनीहरुलाई दूर्गम जिल्ला पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सा शिक्षा ऐनलाई केही परिमार्जन गरी वर्षेनी २५ हजार चिकित्सक पढाउने तयारीका साथ सरकार अघि बढ्नेछ ।”

उहाँले १२ कक्षासममको शिक्षा निःशुल्क गर्ने तयारी भइरहेकोसमेत बताउनुुभयो । “कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्थाका लागि मैले मेरै नेतृत्वमा प्रधानमन्त्री र नेतालगायत सरोकारवालासँग कुरा गरिसकेको छु, अब छिट्टै निर्णय भइहाल्छ”, उहाँले भन्नुुभयो । उहाँले यही सरकारले १२ कक्षाससम्म निःशुल्क पढ्ने व्यवस्था गर्ने बताउनुुभएको हो ।

मन्त्री बस्नेतले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताउनुभयो । “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गिण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो, “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति व्यवस्थापन गरिदिने हो ।” सो अवसरमा उहाँले विद्यालयको नवनिर्मित दुईतले ११ कोठे भवनको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले शिक्षा नै भविष्य तय गर्ने बाटो भएकाले समसापेक्ष बदलिँदो प्रविधिसँगै शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । उहाँले भन्नुभयो, “विद्यालयस्तरदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्नु शिक्षकको दायित्व हो, त्यसलै विद्यार्थीहरुको मनोविज्ञानअनुसार शिक्षा दिलाउनुपर्छ”, उहाँले भन्नुभयो । रासस

मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.