• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • ३ घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • ३ घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • ३ घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ४ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • ४ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १ दिन 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १ दिन 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ९. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • १०. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

वर्षौंको कोभिड पीडापछि सन् २०२४ मा महामारी सम्झौताका लागि डब्लुएचओको आग्रह

  •  मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित

जेनेभा ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुखले मङ्गलबार विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताउनुभएको छ ।

सन् २०२३ को अन्त्यमा आफ्नो सन्देशमा डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीहरूसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताउनुभयो ।

उहाँले गाजापट्टीका लागि राहत प्रयासहरूमा तीव्रता ल्याउन आह्वान गर्दै राष्ट्रहरूसँग महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमीलाई हटाउनका लागि ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गर्नुभयो ।

उहाँले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गर्नुभएको थियो । “तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुशी लागेको छ”, उहाँले भिडियो सन्देशमा स्मरण गर्दै भन्नुभयो ।

टेड्रोसले १० महिनापछि डब्लुएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताउनुभयो । यस वर्ष डब्लुएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ । यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ ।

जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताउनुभयो । “यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो”, उहाँले भन्नुभयो ।

उहाँले इजराइलमाथि हमासको ‘बर्बर’ हमलाका बारेमा कुरा गर्दै भन्नुभयो, “यसपछि गाजामा विनाशकारी हमला भयो ।” इजराइली आँकडाअनुसार हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ४० जना मारिएपछि अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासले दुई सय ५० मानिसलाई बन्धक बनाएको छ । तीमध्ये एक सय १९ जना गाजाभित्रै रहेका छन् ।

इजराइलले व्यापक हवाई बमबारी र स्थल आक्रमण सुरु गरेको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २० हजार नौ सय १५ जना मारिएका छन् । महानिर्देशक टेड्रोसले तत्काल युद्धविरामका लागि डब्लुएचओको आह्वानलाई जोड दिँदै भन्नुभयो, “गाजामा मानिसहरूको आवश्यकता पूरा गर्न राहत प्रयास पुग्न सकिरहेको छैन ।”

“विश्वभर ४० भन्दा धेरै प्रकोपहरूसँगै हैजाको पुनरुत्थान विशेषरूपमा चिन्ताजनक छ”, उहाँले भन्नुभयो ।

डब्लुएचओको ७५औँ वर्ष समापन गर्दै उहाँले आपत्कालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्नका लागि विश्वको तयारीमा कमी कायमै रहेकोे बताउनुभयो । “तर राष्ट्रहरूले महामारीको खतराहरूमा पहिलोपटक वैश्विक सम्झौतामाथि छलफल गरिरहेकाले सन् २०२४ ले यी रिक्तता हटाउने अनौठो अवसर प्रदान गर्दछ”, उहाँले भन्नुभयो, “विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नका लागि महामारी सम्झौताको डिजाइन गरिएको छ ।” रासस

मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.