• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

शहरी क्षेत्रका बालबालिकामा अटिजमको समस्या बढी

  •  बुधबार, पुष १८, २०८० मा प्रकाशित

मकवानपुर । नेपालमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रका बालबालिकामा अटिजमको समस्या बढी रहेको पाइएको छ ।

मङ्गलवार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेटौँडामा आयोजना गरेको अटिजम सम्बन्धि छलफल कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा मन्त्रालयका डा. साकार खनालद्वारा प्रस्तुत प्रतिवेदन अनुसार नेपालमा नेपालमा ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी बालबालिका अटिजमका कारण प्रभावित रहेका छन् ।

उहाँका अनुसार नेपालमा कुल जनसङ्ख्यामा कम्तीमा तीन लाख जनामा अटिजम भएको अनुमान गरिएको साथै बालकभन्दा बालिकामा बढी अटिजमको समस्या देखा परेको छ । ५ देखि ७ वर्षभन्दा कम उमेर समूहका बालबालिका यसको प्रभावमा परेको पाइएको समेत उहाँले बताउनुभयो ।

डा.खनालद्वारा प्रस्तुत प्रतिवेदन अनुसार बागमती प्रदेशमा अटिजम देखा परेको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौँमा रहेको पाइएको छ ।

तथ्याङ्क अनुसार बागमती प्रदेशमा एक हजार २५३ जनामा अटिजमको समस्या रहेको छ । काठमाडौँमा ४९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन ११३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको डा. खनालले बताउनुभयो ।

त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको उहाँले बताउनुभयो ।

प्रदेशमा अझै अटिजम अवस्थाको पहिचान गर्न नसक्दा कति बालबालिकामा यस्तो समस्या हुने गरेको छ भनी तथ्याङ्क नभएको डा. खनालले बताउनुभयो । सन् २०२३ को नयाँ तथ्याङ्क अनुसार ३६ जना बच्चामध्ये एक जनालाई अटिजम भएको तथ्याङ्क छ । भारतमा आठ करोड मानिसमा अटिजम भएको अनुमान छ । श्रीलङ्कामा दुई लाख मानिसहरूलाई अटिजम भएको अनुमान तथ्याङ्कमा गरिएको छ ।

“कुनै पनि व्यक्तिको उमेरको विकाससँगै उमेर सापेक्ष संवाद, विचार बुझ्न र भाषाको प्रयोग गर्न कठिनाइ, एउटै व्यवहार लगातार दोहोर्‍याउने, अरुसँग घुलमिल नहुने, अस्वभाविक प्रतिक्रिया देखाउने अवस्थालाई अटिजम भन्ने गरिन्छ ।”

कार्यक्रममा लामो समय चितवन रही यसै क्षेत्रमा सक्रिय डा.रामप्रसाद पोखरेलका अनुसार नेपालमा सन् २०१२ देखिनै बालबालिकामा अटिजम देखा परे पनि २०१८ देखि भने उपचार गराउन अटिजम प्रभावित बालबालिका आउन सुरु भएको बताउनुभयो । अटिजम फरक हुन्छ, लक्षण पनि उमेर अनुसार फरक रहने बताउँदै गुणहरू पनि फरक रहने डा. पोखरेलले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख एवम् प्रवक्ता डा.खगेश्वर गेलालले प्रदेशका १३ वटै जिल्लामा अटिजमसम्बन्धी काम गर्ने सङ्घसंस्थाको पहिचान गरेर अगाडि बढ्ने बताउनुभयो । समयमै समस्याको पहिचान गरेर आवश्यक तालिम समेत प्रदान गर्ने तयारी गरेको उहाँले बताउनुभयो । अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यले जुम मार्फत अटिजम सम्बन्धि जानकारी दिँदै नेपालमा अटिजमको अवस्था र सहभागीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन दुर्गा मिश्र, हेटौँडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटा, विभिन्न विद्यालयका प्रतिनिधि, अटिजमका क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधि, अटिजम प्रभावित अभिभावकलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

बुधबार, पुष १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.