• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

सोवा रिग्पा उपचार प्रणालीको विकास र विस्तारमा जोड

  •  बिहिबार, पुष १९, २०८० मा प्रकाशित

काठमाडौँ । बुद्धकालीन उपचार पद्धतिका रुपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् ।

सोवा रिग्पा एशोसिएसन नेपाल र अडारा विकासले संयुक्तरुपमा आयोजनामा यहाँ भएको नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयक अन्तक्रियामा सहभागी सरकारी र प्राज्ञिक निकायका प्रतिनिधि सोवा रिग्पा चिकित्सा शिक्षाको नीतिमा भएका समस्याको समाधान गरी यस परम्परागत उपचार प्रणनलीलाई छिटोभन्दा छिटो मूल प्रवाहमा ल्याउन सहमत भएका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहले हिमालयन जडीबुटीमा आधारित विश्वकै पुरानो चिकित्सा पद्धति सोवा रिग्पाको शिक्षा तथा उपचार प्रणालीलाई सोवा रोग्पा उपचार पद्धतिलाई मूल प्रवाहमा ल्याउन सकिएमा हिमाली क्षेत्रलाई स्वास्थ्य पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले सुखी र समृद्धिका लागि स्वाथ्य आवश्यक हुने हुँदा देशका सबै मेडिकल कलेजहरुमा सोवा रिग्पाको शिक्षा अध्ययन गर्न सरकारका तर्फबाट आवश्यक काम भइरहेको जानकारी दिनुभयो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सोवा रिग्पालाई वैकल्पिक उपचार पद्धति नभई मौलिक उपचार पद्धति भएकाले यो उपचार पद्धति र यस क्षेत्रको अध्ययन अध्यापनमा देखिएको समस्या समाधानका लागि मन्त्रालय सकारात्मक रुपमा लागिपरेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन उकेशराज भुजुले विश्वविद्यालयको सम्बन्धनमा सोवा रिग्पा इन्टरनेशनल कलेजबाट पहिलो ब्याचका स्नातक तहका १७ जना विद्यार्थी दीक्षित भइसकेको र अन्य ब्याचमा पनि विद्यार्थी पढिरहेकाले उनीहरुलाई परिषदमा दर्ताको कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सो विश्वविद्यालयका प्राज्ञ सदस्य कपिल लामाले पनि सोवा रिग्पामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दर्ता हुने अवसरबाट बञ्चित गरिन नहुने बताउनुभयो । नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष सुवोध शर्माले सोवा रिग्पामा स्नातक उत्तीर्ण विद्यार्थीलाई छिटोभन्दा छिटो दर्ताको प्रक्रियामा ल्याउन पहल गरिनेछ भन्नुभयो ।

त्यस्तै अडारा विकासका राष्ट्रिय निर्देशक प्रल्हाद ढकालले देशको हिमाली क्षेत्रमा अहिले पनि सोवा रिग्पा पद्धतिबाट धेरै बिरामीहरु उचार भइरहेको र यसप्रति जनविश्वास रहेकाले यसलाई राज्यले वैकल्पिक उपचार पद्दतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । नरदेवी अस्पतालका निमित्त निर्देशक समेत रहेका आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा श्यामबाबु यादवले सोवा रिग्पाका विषय अध्ययन गरेका विद्यार्थीलाई स्वास्थ्य व्यवसायी परिषदमा दर्ता गराउन सकिने र यस विषयलाई चिकित्सा शिक्षा आयोगले पनि अन्य विषयलाई जस्तै मान्यता दिनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा पुष्पराज पौडेल, सिंहदरबार वैद्यखानाका पूर्व अध्यक्ष डा बाबुराजा अमात्य र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा प्रमुख डा माधवप्रसाद लम्सालले भारत, चीन र भुटानलगायत धेरै देशहरुले यो पद्धतिलाई मान्यता दिएको हुँदा नेपालले पनि यसतर्फ तत्कालै कदम चाल्न ढिला गर्न नहुने सुझाव दिनुभयो । राससका सम्पादक एवं सोवारिग्पा उपचार पद्दति नामक पुस्तकका लेखक कृष्ण अधिकारीले भगवान बुद्धद्वारा प्रतिपादित यस उपचार पद्दतिलाई राज्यले ‘ब्राण्डिङ’ गर्न सक्नुपर्ने बताउनुभयो भने स्वास्थ्य पत्रकार प्रवीण ढकालले सोवा रिग्पा उपचार पद्धतिका बारेमा जनसाधारणमा जानकारी पु¥याउनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रमका सभापति सोवा रिग्पा एसोसिएसनका अध्यक्ष डा तेन्जिङ धार्के गुरुङले यो उपचार पद्धतिको विकास र विस्तार गर्न सकिए जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न र मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताउनुभयो । एशोसिएसनकी सदस्य डा पेम्बा डोल्मा लामाले सोवा रिग्पा चिकित्सा पद्धतिको अवस्था र नीतिगत व्यवस्था र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.