• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

तिलाका स्वास्थ्य संस्थामा औषधि आपूर्ति हुन थाल्यो

  •  सोमबार, पुष २३, २०८० मा प्रकाशित

जुम्ला । तिला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा औषधि अभाव शीर्षकमा गत पुस १६ गते राष्ट्रिय समाचार समिति (रासस) ले समाचार प्रकाशित गरेपछि पालिकाको स्वास्थ्य शाखाबाट अहिले औषधि अभाव रहेका स्वास्थ्य संस्थामा औषधि पठाउन सुरु गरिएको छ ।

करिब रु आठ लाख बराबरका औषधि खरिद गरी अभाव रहेका स्वास्थ्य संस्थामा पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्षको सहभागितामा अभाव रहेका स्वास्थ्य चौकीमा आज औषधि वितरण गरिएको हो ।

प्रमुख रावतले भन्नुभयो, “यहाँका १३ वटै स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनका लागि थप औषधि खरिद प्रक्रिया अगाडि बढेको छ ।” पालिकाले चालु आवमा स्वास्थ्य शाखालाई रु आठ लाख बजेटविनियोजित गरेको छ । शाखामा बजेट कम भएपछि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधि माग गरी स्वास्थ्य संस्थामा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

“सरकारले निःशुल्क उपलब्ध गराउन भनेका औषधि स्वास्थ्य चौकीमा उपलब्ध गराउन स्वास्थ्य शाखालाई निर्देशन दिएको छु”, तिलका गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले भन्नुभयो । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामोल, ब्रोफिनलगायत औषधि पठाइएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको रु २१ लाख बजेटमार्फत औषधि बोलपत्र प्रक्रियाबाट खरिद गरिने गाउँपालिकाले जनाएको छ । साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई आवश्यक औषधि स्वास्थ्य संस्थामा नभएको भन्दै तिलाका स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् ।

यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव भएकोसम्बन्धी राससद्वारा सम्प्रेसित समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि गाउँपालिकाले चासो दिएको थियो । रासस

सोमबार, पुष २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.