चितवन । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि को आठौं बार्षिकोत्सव तथा राष्ट्रिय हेल्थ अवार्ड २०८० को तयारी पुरा भएको छ। बार्षिकोत्सवको उद्धघाटन प्रमुख अतिथि कांँग्रेसका वरिष्ठ नेता डाक्टर शशांक कोइरालाले गर्नुहुंदैछ । शनिबार चितवनको भरतपुरमा हुने कार्यक्रमको तयारी पुरा भएको नेटवर्ककको प्रबन्ध निर्देशक सन्दीप श्रेष्ठले जानकारी दिनुभयो ।
अवार्ड कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकासहित २५ जनालाई सम्मान गर्न लागिएको छ । अवार्ड कार्यक्रममा देशको सात वटा प्रदेशबाट चिकित्सक १३ जना, स्वास्थ्यकर्मी ५ जना ,पत्रकार ५ जना र २ स्वास्थ्य संस्था सहित जम्मा २५ जनालाई सम्मान गर्न लागिएको हो ।
देशको विषम परिस्थितिकाबीच पनि बार्षिकोत्सव तथा अवार्ड कार्यक्रमलाई निरन्तरता दिन लागिएको उहांँको भनाई छ । सम्मान कार्यक्रमबाट चिकित्सक , स्वास्थ्यकर्मी, पत्रकार र स्वास्थ्य संस्थाहरूलाई थप उत्प्रेरणा बढ्ने उहांँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रमको यो काठमाडौं पछिकोे संस्करण हो ।
