• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १३ मिनेट 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • २९ मिनेट 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • १ घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • ३ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • ४ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • ६ घण्टा 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २४ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १ दिन 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ४. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ५. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ६. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ७. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ८. खैरो हेरोइनसहित चार जना पक्राउ

  • ९. इबोला प्रकोपले बढायो विश्व चिन्ता

  • १०. लागुऔषधसहित चार जना पक्राउ

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुँदै

  •  शुक्रबार, पुष २७, २०८० मा प्रकाशित

भक्तपुर । बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ ।

बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो ।

प्रदेश सरकारले अस्पतालका रूपमा विस्तार गर्दै दरबन्दीको व्यवस्था गरेकाले चाँगुनारायण नगरपालिका–७ खरिपाटी कृषि सेवा केन्द्रको २१ रोपनी जग्गामध्ये ११ रोपनी जग्गामा उक्त अस्पतालका लागि भवन निर्माण गरिने भएको छ ।

एक वर्ष अगाडि नै उक्त अस्पतालका लागि जग्गा खोजी गर्ने क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा नरेन्द्रप्रसाद गिरी र आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष राजु अधिकारीले चाँगुनारायण नगरपालिकासँग जग्गा माग गर्नुभएकामा नगरपालिकाले ११ रोपनी जग्गा उक्त अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने निर्णय गर्दै दरबन्दी थप गरेकामा खुसी व्यक्त गर्दै नगरप्रमुख जीवन खत्रीले भन्नुभयो, “खरिपाटीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ११ रोपनी जग्गा दिन वडा र नगरपालिकाले निर्णय गरेर सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मालपोत, नापी कार्यालयका पदाधिकारीलगायत सरोकारवालाको स्थलगत अवलोकनपछि बसेको बैठकले उक्त जग्गा उपयुक्त रहेको भन्दै स्वीकृत गरेर सरकारलाई सिफारिस गरेको थियो । अब मन्त्रिपरिषद्ले उक्त जग्गा लिजमा दिने निर्णय गरेलगत्तै अस्पतालका लागि भवन निर्माण गर्न सकिन्छ ।”

अहिले कमलविनायकमा भाडाको भवनमा उक्त केन्द्रले सेवा प्रवाह गर्दै आएकामा सरकारले छिटो निर्णय गरिदिए अर्को वर्ष भवन निर्माणले सार्थकता पाउने उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रका प्रमुख डा सरकारले जग्गा उपलब्ध गराउने निर्णय नगरेसम्म भवन निर्माणको प्रक्रिया अगाडि नबढ्ने बताउनुभयो । उहाँले अहिले दैनिक ५० भन्दा बढी बिरामीलाई ओपिडी सेवा दिँदै आएको र भवन अभावले भाडाको साँघुरो भवनमा बसेर सेवा दिनुपरेकामा भवन बने उपचारले ठूलो फड्को मार्न सक्ने बताउनुभयो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई विस्तार गरी चितवन र नुवाकोटलाई २५ श्ययाको र भक्तपुर जिल्लासहित बाँकी ११ जिल्लालाई १६ श्ययाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गर्ने निर्णयसहित दरबन्दी स्वीकृत गरेर बजेट व्यवस्थापन गरेको बताउनुभयो । रासस

शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

ताजा

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.