• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

नसर्ने रोगको उपचार सेवालाई विस्तार गरिँदै

  •  मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित

काठमाडौँ । सरकारले नसर्ने रोगका कारण हुने सामाजिक र आर्थिक भार तथा मानवीय क्षतिलाई कम गर्न उपचार सेवाको पहुँचलाई विस्तार गर्ने लक्ष्य लिइएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बहुक्षेत्रीय कार्ययोजना र रणनीति कार्यान्वयनमा ल्याएको छ । पछिल्लो समय मुटु , पक्षघात, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, दम जस्ता रोगीको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले प्राथमिक सेवाद्वारा रोगको प्रभावकारी तथा स्रोतले भ्याउन सक्ने रोकथाम तथा उपचारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । नसर्ने रोगको उपचारमा एकरुपता, समयमै गुणस्तरीय निदान, रोकथाम तथा नियन्त्रणका लागि परामर्श, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीच समन्वय तथा स्वास्थ्य सेवामा समतामूलक पहुँच र कार्यदक्षता बढाउने रणनीतिको उद्देश्य रहेको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने, सूक्ष्म जीवाणुका माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रले नसर्ने रोगका कारण हुने अल्पायु मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएका छन् । दिगो विकास लक्ष्यले समेत एक तिहाइ नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिका निम्ति सदस्य राष्ट्रले विभिन्न रणनीतिक कार्ययोजना र अवधारणसहित मार्गचित्र कोरेका छन् ।

त्यस पक्षलाई ध्यान दिँदै नेपाले पनि नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि नीतिगत, रणनीतिगत विभिन्न कार्ययोजना अघि सारेको छ । व्यक्तिको अल्पायुमै मृत्यु हुने तथा स्वास्थ्य क्षेत्रमा धेरै धनराशिको खर्च गराउने यी रोगहरू पछिल्लो समय विश्वका प्रमुख महामारीका रुपमा देखा परिरहेको छ ।

लामो अवधि र साधारणतया सुस्त गतिमा प्रभाव पार्ने मुटु तथा रक्तनलीका रोग, मिर्गौला, मधुमेह, दीर्घ श्वासप्रश्वास र क्यान्सरलगायत नसर्ने रोगको सूचीमा पर्छन् । मोटोपन, रक्तचाप, रगतमा गुल्कोज, धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग र मद्यपान, अस्वास्थ्य खानपिन, पर्याप्त शारीरिक गतिविधिजस्ता व्यवहारले यी रोग निम्त्याउँछ ।

नसर्ने रोगकै कारण ७१ प्रतिशत मानिसको मृत्यु हुँदै आएको छ । २१ प्रतिशत भने विभिन्न सरुवा रोगबाट मानिसको ज्यान जाने मन्त्रालयको भनाइ छ । बाँकी दैवी प्रकोप, दुर्घटना र आत्महत्याजस्ता विभिन्न कारणबाट मानिसको ज्यान जाने गर्छ । एक तथ्याङ्कअनुसार १७ प्रतिशत महिला र २९।८ प्रतिशत व्यक्तिले कुनै न कुनै प्रकारको तनाव झेल्नु परेको भए तापनि त्यसमध्ये ९० प्रतिशतले कुनै उपचार नगराउने गरेको सचिव डा पोखरेलले बताउनुभयो ।

यसैबीच, आगामी सन् २०३० सम्ममा मधुमेहले गर्दा लाग्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढेर ११ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । लगभग ९६।७ प्रतिशत मानिस सिफारिसअनुसार खानुपर्ने सागसब्जी र फलफूल खाँदैनन् । नसर्ने रोगका प्रमुख कारकमा शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपानको प्रयोग र अस्वास्थ्य खानपान नै हुन् । नसर्ने रोगका लागि मानिसका लागि प्रभावकारी तथा समतामूलक रोकथाम, उपचार तथा हेरचाह भएको जनाइएको छ ।

मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागाईँले राज्यबाट प्रदान गरिने स्वास्थ्य उपचारसम्बन्धी सेवा र सुविधाबारे अझै धेरैलाई थाहा नभएकाले प्रचारप्रसारको व्यापक आवश्यकता भएको बताउँदै उपलब्ध जनशक्ति र पूर्वाधारको अधिकतम प्रयोग गर्नेमा राज्यको ध्यान जान जरुरी रहेको धारणा राख्नुभयो । समिति सभापति दिलकुमारी थापाले सरकारको नीति कार्यान्वयन गर्ने सिलसिलामा कहीँ कतै समस्या र अड्चन भएमा समिति बाटो फुकाउन हरदम तयार रहेको विश्वास दिलाउनुभयो । रासस

मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.