• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ६ मिनेट 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ८ मिनेट 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • १३ मिनेट 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • १५ मिनेट 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

गाजामा इजरायली आक्रमणमा दर्जनौँको मृत्यु : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय

  •  बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र ।इजरायली आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ ।

दक्षिणी शहर राफाको एउटै घरमा भएको आक्रमणमा परी १६ जनासहित बुधबार रातभरको आक्रमणमा ९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनी मन्त्रालयले भनेको छ, “एउटा घरमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा २० जना घाइते भएका छन् ।”

दक्षिणी शहर खान युनिस र मध्य गाजामा प्यालेस्टिनी शरणार्थी शिविरमासमेत दर्जनौं आक्रमण भएको मन्त्रालयले जनाएको छ । हडतालपछि बिहानै खान युनिसमाथि कालो धुवाँको मुस्लो देखिएको थियो ।

इजरायलमाथि अक्टोबर ७ मा हमासले एक्कासी गरेको अकल्पनीय आक्रमणका कारण करिब एक हजार १४० जनाको मृत्यु भएपछि इजरायलद्वारा आक्रमण शुरू गरेको थियो ।

इजरायली बमबारी र स्थलगत आक्रमणमा परी कम्तीमा २४ हजार ४४८ जना प्यालेस्टिनीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमास र अन्य लडाकूहरूले अक्टोबर ७ मा भएको आक्रमणका क्रममा करिब २५० जनालाई बन्धक बनाएका थिए र तिमध्ये करिब १०० जनालाई युद्धविराम र बन्धकतथा कैँदी फिर्ता गर्ने सम्झौता अन्तर्गत फिर्ता गरिएको थियो भने अझै १३२ जना गाजामा रहेका छन् । बनधकमध्ये कम्तीमा २७ जना मारिएको विश्वास गरिएको छ ।

फ्रान्स र कतारी मध्यस्थतापछि मङ्गलबार घोषणा गरिएको सम्झौताअनुसार बन्धक र सहायताका लागि आक्रमण हुनुभन्दा ‘केही घण्टाअघि’ औषधि गाजा प्रवेश गरेको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताउनुभएको छ ।

दोहा र फ्रान्सले औषधि र खाद्यान्नसहित उपलब्ध गराएको ६१ टन सहयोग लिएर दुई विमान गाजाको सीमा नजिकै रहेको इजिप्टको एल–अरिश शहरमा आइपुगेको कतारले जनाएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले यस सम्झौतालाई ‘राहतको अति आवश्यक क्षण’ को रूपमा स्वागत गरेको छ, जसअन्तर्गत ४५ बन्धकहरूले औषधि प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सले ती औषधिहरू राफाको एक अस्पतालमा पठाइने र रेड क्रसलाई दिइने र बन्धकहरूलाई हस्तान्तरण गर्नुअघि समूहमा विभाजन गरिने बताएको छ ।

यसैबीच, इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले गाजाको मुख्य दक्षिणी शहर खान युनिसमा हमास नेतृत्वलाई ध्वस्त पार्न सेनाले कडा प्रहार गरिरहेको बताउनुभएको छ ।

इजरायली सेनाले बुधबार एक सैनिकको मृत्यु भएको घोषणा गरेसँगै गाजामा अक्टोबरको अन्त्यमा जमीनी कारबाही सुरु भएयता मारिने इजरायली सैनिकको सङ्ख्या १९३ पुगेको छ । रासस

बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.