• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

मेडिकल कलेज निर्माण क्षेत्रमा रुख काट्ने निर्णय

  •  शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित

महोत्तरी । लामो पर्खाइपछि सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा रुख काट्न दिने निर्णय गरेसँगै बर्दिबासमा उत्साह छाएको छ । सङ्घीय सरकारले प्रस्तावित क्षेत्रमा तोकिएका रुख काट्न दिने निर्णय बुधबार गरेपछि अब कलेज निर्माण हुने विश्वास बढेको छ ।

“अब कलेज निर्माण अघि बढ्नेमा विश्वास जागेको छ”, जग्गा छनोट समितिका संयोजक एवं पूर्व नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “जग्गा प्राप्तिमा अड्चन नै रुख कटानको स्वीकृतिमा थियो । सरकारले त्यो निर्णय गरेपछि अब निर्माण कार्यले गति लिन्छ ।”

मन्त्रिपरिषद्ले कलेज निर्माणको प्रस्तावित बर्दिबास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सीखोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टरमा रहेका एक हजार नौ सय ७६ रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेपछि अब कलेजको पूर्वाधार निर्माणका लागि बाटो खुलेको हो ।

सरकारको पछिल्लो निर्णयले मुलुकको महत्वपूर्ण आयोजना अघि बढ्ने बाटो खुलेको स्थानीय बताउँछन् । “बर्दिबास मेडिकल कलेजको जग्गाप्राप्ति प्रकृया टुङ्गिएसँगै अब निर्माणको चरण प्रारम्भ हुने विश्वास जागेको छ”, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चिरञ्जीवी हमालले भन्नुभयो, “यो सिङ्गो मधेसले गौरव गर्ने आयोजना हो ।”

सरकारले कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तितर्फ गरेको निर्णय सकारात्मक रहेको नेकपा एमालेका नगर अध्यक्ष काहारमान स्याङ्वाले बताउनुभयो । “अब सरकारले पूर्वाधार निर्माणलाई गति देओस्”, उहाँले भन्नुभयो ।

कलेज निर्माणको प्रस्तावित जग्गामा काटिने रुखका कारण पर्यावरणमा पर्नसक्ने नकारात्मक असर रोक्न बर्दिबास नगरपालिकाले दुई वर्ष पहिलेदेखि नै सघन वृक्षरोपण अभियान सञ्चालन गर्दै आएको छ । यसअवधिमा नगर क्षेत्रमा ३० हजार भन्दा बढी बिरुवा रोपिएका र ती हुर्कदै गरेका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले जानकारी दिनुभयो ।

सरकारले एक हजार नौ सय ७६ रुख कटानको स्वीकृति दिए पनि बढीभन्दा बढी रुख बचाउनतिर लागिने मेडिकल कलेज, पूर्वाधार निर्माण आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीले बताउनुभयो । “सरकार स्वीकृति दिएका सबै रुख नकाट्ने पक्षमा छौँ”, उहाँले भन्नुभयो, “करिब सात सयको सङ्ख्याका रुख कटान गरेर काम अघि बढाउन सकिन्छ ।”

वन क्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा विसं २०७८ मा परेको रिट अदालतले गत जेठ २९ गते खारेज गरेको थियो । अदालतले रिट खारेज गर्दै काटिनेभन्दा दोब्बर बढी सङ्ख्यामा बिरुवा रोपण गर्ने, पाँच वर्षसम्म तिनको संरक्षण गर्ने र रोपिएका बिरुवाको वन तथा वातावरण मन्त्रालयबाट नियमित अनुगमनको सुनिश्चितता गर्न निर्देश गरेको थियो ।

“सरकारको निर्णयानुसार काम अघि बढ्न निर्माण लागतको बजेट व्यवस्थापन आवश्यक छ”, आयोजना प्रमुख सुवेदीले भन्नुभयो, “यसअघि अदालत र भर्खरै सरकारले खुलाएका सर्त पालना गर्दै काम बढाउन प्रतिबद्ध छौँ ।” रुख कटानको स्वीकृतिसँगै जग्गा प्राप्तिको कुरा टुङ्गिएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि काम क्रमशः अघि बढ्ने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म एक हजार श्ययाको अस्पतालसहित कलेजको पूर्वाधार निर्माण गर्न रू २८ अर्ब ५४ करोड बजेट चाहिने आयोजना प्रस्तावमा उल्लेख छ ।

सरकारको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रममा समावेश भई मुलुकका सातवटै प्रदेशमा एक÷एक वटा मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार मधेश प्रदेशको बर्दिबास मेडिकल कलेज निर्माणले हुने भएको हो ।

जग्गा छनोट समितिको सिफारिसअनुसार जग्गा छनोट, जग्गाको विस्तृत सर्वेक्षणसहित कलेजको गुरु योजना (मास्टरप्लान), निर्माणस्थलको माटो परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सहितका प्राविधिक पक्षमा काम सम्पन्न भएर जग्गाको भोगाधिकार लिने कुरा अड्केको थियो । सरकारले रुख कटानको स्वीकृति दिने निर्णय गरेसँगै अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विस्तृत् परियोजना प्रतिवेदन स्वीकृत भएर बजेट व्यवस्थापन गरिएपछि पूर्वाधार निर्माणको कामले गति लिने निर्देशक सुवेदीको भनाइ थियो ।

विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालन कार्यविधि, २०७५ र आयोजना कार्यालय सञ्चालनका लागि कर्मचारीको दरबन्दी अनुमोदन गर्नुभएको थियो ।

अहिले मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयमा आयोजना निर्देशक (उपसचिव शिक्षा सेवा) एक, शाखा अधिकृत (राप तृतीय शिक्षा सेवा) एक, इञ्जिनियर (सिभिल राप तृतीय) एक, लेखापाल एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी एक र पाले एक गरी सात जना जनशक्ति रहेका छन् ।

कलेजका लागि प्रारम्भमा एक सय एक हेक्टर क्षेत्रफलको वन क्षेत्र प्रस्ताव गरिए पनि पर्यावरणीय पक्षलाई आत्मसात् गरी विज्ञको सल्लाह अनुसार ५४ दशमलव ५८४ क्षेत्रफलमा झारिएको हो । भव्सी नदी पश्चिमी किनारमा आवागमनका लागि पक्की सडकसहितको तटबन्ध निर्माण गरी भूक्षय रोकिने, कम रुख काटिने गरी पूर्वाधार निर्माण गरिने, हरितपार्क बनाइने र मिथिला संस्कृति झल्कने सङ्ग्रहालयसहित जैविक विविधता संरक्षण गरिने आयोजना प्रस्तावनाको प्रतिबद्धता छ ।

मेडिकल कलेज बर्दिबासको मात्र नभएर मधेस प्रदेशकै राष्ट्रिय महत्वको आयोजना भएकाले यसमा देखिएका अड्चन हटाउँदै अघि बढ्नु पर्ने महोत्तरीका बुद्धिजीवी बताउँछन् ।

“कलेजका अड्चन क्रमशः सम्बोधन हुँदै गएका छन् । अब मुख्य कुरा बजेट व्यवस्थापनको देखिएको छ”, स्थानीय एवं अधिवक्ता टीकाध्वज खड्काले भन्नुभयो, “अब केन्द्र, प्रदेश र स्थानीयतहका राजनीतिक नेतृत्वले दूरदर्शी सोचका साथ यो प्रस्ताव अघि बढाउन संयुक्त पहलकदमी लिनुपर्छ ।”

एक हजार श्ययाको आधुनिक प्रविधिको साधन सुविधायुक्त अस्पतालसहितको कलेजको पूर्वाधार निर्माणमा रू २८ अर्ब ५४ करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदनको हालसम्मको अध्ययनले देखाएको छ । हालसम्म यस आयोजनामा छ करोडभन्दा बढी खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ । रासस

शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.