• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण

  •  आइतबार, माघ ०७, २०८० मा प्रकाशित

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

निर्माण कम्पनीले विसं २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिर ११ गते सम्झौता गरेको थियो । पटकपटक थप गरेको म्याद गुजारेका कम्पनीले यही माघ ४ गते स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गरेको हो । भवन शनिबार नगरप्रमुख विमला राईले उद्घाटन गर्नुभएको छ ।

स्वास्थ्य चौकीको नयाँ भवन बनेसँगै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले जानकारी दिनुभयो । “आफ्नै भवन अभावमा स्वास्थ्य चौकीलाई हाल स्थानीय झोक्रे राईको घरका दुईवटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ । स्वास्थ्य चौकीको भाडाको कोठा साँघुरो छ”, उहाँले भन्नुभयो, “कोठामा बल्लतल्ल दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता छ । यी सम्पूर्ण समस्यालाई मध्यनजर गर्दै आजदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको हो ।”

भाडाको घरमा राख्नुअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्य चौकीको सेवा प्रवाह हुँदै आएको थियो । गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्य चौकीलाई विसं २०७९ माघदेखि मासिक रु पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो ।

बर्थिङ सेन्टर (प्रसूतिगृह)लाई विसं २०७५ देखि मासिक रु चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ । साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबाङ्देल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्य चौकीको भवन निर्माणको काम सुरु गरिएको थियो ।

निर्माण कम्पनीले रु सात करोड ४० लाख ८४ हजार दुई सय ९६ लगानीमा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का लिएको थियो । हालसम्म पाँचवटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन निर्माण अहिलेसम्म सम्पन्न भएको छैन । रासस

आइतबार, माघ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.