• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

ईशान बाल तथा महिला अस्पताल र स्वास्थ्य क्षेत्रमा मेरो अनुभूति : प्रा.डा.रामनन्दन प्रसाद चौधरी

  •  आइतबार, माघ ०७, २०८० मा प्रकाशित

ईशान बाल तथा महिला अस्पताल र स्वास्थ्य क्षेत्रमा मेरो अनुभूति :

चिकित्सा पेशामा प्रवेश :
म सामान्य किसान परिवारको छोरा हुँ । मेरो जन्म धनुषा जिल्लाको रामपुर गाउँमा भएको हो । मेरो प्रारम्भिक शिक्षा गाउंँकै सरकारी विद्यालयबाट भएको हो । म स्कुले जीवनमा कक्षामा सधैं प्रथम हुने गर्थे । उच्च शिक्षा अध्ययनको क्रममा मैले कम्प्युटर इञ्जिनियर बन्ने मौका पाएपनि बुवाको चाहना अनुसार मेरो करियरको गन्तव्य चिकित्सा क्षेत्रतर्फ मोडिन पुग्यो । मेरो एम.बि.बि.एस.अध्ययन छिमेकी राष्ट्र भारतको आर.जि.कार.मेडिकल कलेज कलकत्ताबाट भयो । चिकित्सा क्षेत्रमा त्यतिबेला देखिनै सर्जरी विधा मेरो रोजाईको विषयमा पथ्र्यो ,त्यस मध्येपनि अझ मुटुको सर्जन बन्ने मेरो मनको चाहना थियो । वि.स.२०५० सालमा एम.बि.बि.एस. पास गरेपछि मैले उक्त कलेजमै सर्जरी विभागमा एक बर्ष काम गर्ने सौभाग्य पाएको थिएंँ । त्यसपछि म नेपाल फर्केर आएंँ र लगत्तै लोकसेवा पासगरी नेपाल सरकारको सेवामा प्रवेश गरें ।

यस कारण सरकारी सेवाबाट राजिनामा दिए :
सरकारी जागिरमा कान्ति बाल अस्पतालमा कामगर्दा विभिन्न किसिमका बाधा व्यवधान, राजनीतिक हस्तक्षेप र कामगर्ने अनुकुल वातावरण बिग्रदंै गएपछि २०७५ सालमा नेपाल सरकारको जागिरबाट राजिनामा दिने मैले कठोर निर्णय लिएंँ । खास गरी राजीनामा दिने मेरो चाहना थिएन ।

ईशान बाल तथा महिला अस्पतालसँंग मेरो संलग्नता :

२०५२ सालमा कान्ति बालअस्पताल, काठमाडौंमा मेडिकल अधिकृतको पदमा बालशल्य सर्जरी विभागमा कार्यरत थिएंँ । २०५३ सालदेखि नै आंशिक समय मेडिकल अधिकृतको रुपमा ईशान बाल तथा महिला अस्पतालमा पनि मैले काम गर्न थालेंँ । ४ बर्ष पश्चात सर्जिकल रजिष्ट्रार पदमा काम गर्ने मौका पाउँदा बाल सर्जन नै बन्ने इच्छा भयो । २०६१ सालमा बंगबन्धु शिख मुजिव मेडिकल युनिभर्सिटी (ढाका शिशु अस्पताल) बाट नेपालको पहिलो (एमएस) पेडियाट्रिक सर्जन बन्ने मौका पाएंँ । त्यसपछि त्यो बेलाको बालशल्य चिकित्सकहरु डा.केशब बहादुर राजभण्डारी र डा. नारायण बहादुर थापासँग कामगर्दा बालशल्य चिकित्साको विषयमा धेरै जान्ने र सिक्ने अवसर प्राप्त गरंँे । त्यतिबेलाको समयमै मैले अमेरिका, बेलायत, फ्रान्स, अष्ट्रेलिया, भारतमा पेडियाट्रिक ल्याप्रोस्कोपी, पेडियाट्रिक युरोलोजी, पेडियाट्रिक बर्न सम्बन्धि विभिन्न फेलोसिप तथा टे«निङ्गहरुको अवसर पाएँ । २०६१ देखि ईशान बाल तथा महिला अस्पतालमा आंशिकरुपमा कन्सल्टेन्ट बाल शल्य चिकित्सकको रुपमा काम गर्न थालंँे ।
ईशान बाल तथा महिला अस्पतालको स्थापना :
ईशान बाल तथा महिला अस्पताल २०५२ साल कृष्णाअष्टमीको दिन नेपालमा गुणस्तरीय बालरोग तथा बालशल्यको सेवा उपलब्ध गराउने उद्धेश्यले नेपालकै पहिलो गैरसरकारी स्वास्थ्य संस्था बाल अस्पताल ईशान बाल नर्सिङ्ग होम, १५ शैया क्षमताको महाराजगञ्ज चोक काठमाडौंबाट शुरु भयो ।
उक्त समय देखिनै विशेषज्ञ चिकित्सकहरुको सहयोगमा उत्कृष्ट सेवा दिंदै छोटो समयमै अस्पतालले आफूलाई स्थापित गर्न सफल भयो । बाल अस्पतालको सफलतापछि यसलाई महिला सेवा थप गरी २५ शैयाको अस्पतालमा स्तरोन्नति गर्दै ईशान बाल नर्सिङ्ग तथा प्रसूति गृहको रुपमा गुणस्तरीय तथा सर्वसुलभ सेवाको शुरुवात पनि भयो । त्यसपछि उक्त अस्पताल २०६३ सालमा बसुन्धरा चोकमा ठाउंँ सारेर ईशान बाल तथा महिला अस्पतालको नामबाट सेवा शुरु भयो । हाल २०७९ वैशाख २४ गतेबाट टोखा –५ मा अबस्थित बिरामी वातावरण मैत्री आफ्नै आधुनिक भवनबाट गुणस्तरीय सेवा प्रदान गरिरहेको सहर्ष जानकारी गराउन चाहन्छु ।

अस्पतालबाट प्रदान गरिने सेवाहरु :

नेपालमा गुणस्तरीय बाल अस्पतालको आवश्यकतालाई ध्यानमा राखेर २८ वर्षअघि गुणस्तरीय नवजात तथा बाल रोग, नवजात तथा बालशल्य, स्त्री तथा प्रसूति सेवाहरु निजी अस्पतालमा विकल्पको रुपमा उपलब्ध गराउने उदेश्यले स्थापना गरिएको थियो । हाल यस संस्थामा उल्लेखित सेवा बाहेक अन्तराष्ट्रिय मापदण्डको Multispeciality तथा Superspeciality सेवाहरु दिईरहेको जानकारी गराउन चाहन्छु ।

काठमाडौं उपत्यका तथा देशका मेची देखि महाकालीका बिरामीहरु आई सेवा लिनु भएकोमा हामी निकै खुशी भएका छौं र हामीमा हौसला र उर्जा पनि बढेको छ । यस अस्पतालमा २४सै घन्टा नै पेडियाट्रिक विशेषज्ञ रजिष्ट्रारहरुबाट आकस्मिक सेवा, नवजात पेडियाट्रिक मेडिसिन, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसूति सम्बन्धी आकस्मिक सेवा तथा Accident and Trauma दन्त सम्बन्धी सेवाहरु उपलब्ध हुनुको साथै एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसी, चमेना गृह लगायतका सेवाहरु पनि उपलब्ध छन् । नवजात, बालशल्य तथा बाल युरोलोजी चिकित्सकको क्षेत्रमा नेपालमा ख्याती प्राप्त गरेको अवस्थामा यस अस्पतालले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । यस अस्पतालमा पटक पटक विभिन्न समयमा विभिन्न नवजात, बाल शल्यरोग तथा बाल युरोलोजीहरुको जटिल भन्दा जटिल शल्यव्रिmयाहरु गर्दै आईरहेको र paediatric, Adult Gastro ,Gyane & Obstetrics Laparoscopy Surgery सेवा पनि भईरहेको छ ।

भारतबाट समेत आएको बच्चाहरुको समेत सफल शल्यव्रिmया भएको जानकारी पनि गराउन चाहन्छु । अनुभवी तथा वरिष्ठ विशेषज्ञहरुबाट हरेक दिन(शनिबार समेत) बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म उपलब्ध जनरल बालरोग र स्त्री तथा प्रसूति रोगको सेवा सुचारु रहेको जानकारी गराउन चाहन्छौं । अन्य ओपिडी सेवाहरुमा बाल, नाक, कान, घाँटी, बाल आँखा रोग , बाल हेमाटोलोजी–अंकोलोजी उपचार , बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलोजी, बाल पल्मोनोलोजी, बाल विकास सम्बन्धि उपचारहरु सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवाहरु र अन्य सुविधाहरु आइतबार देखि शुक्रबार विहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म सेवाहरु दिइरहेका छौं । विभिन्न ICU,NICU,PICU,Special ICU , HDU प्रत्येक दिन खोप सेवा,Pediatric Echo अल्ट्रासाउन ( सामान्य, कलर डप्लर तथा TVS )सेवाहरु पनि उपलब्ध छन् । अब यथाशिघ्रनै पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण सेवा शुरु हुने जानकारी पनि गराउन चाहन्छु । यसका अलावा चाडैं नै CTScan को सुविधा पनि शुरु हुँदैछ । यहाँ सबै उमेर समुहका मानिसहरुको लागि पनि General Medicine, general G.I. Surgery हाडजोर्नी , दन्त , छाला तथा यौनरोग , नाक , कान , घाँटी , आँखा रोग, फिजियोथेरापी तथा रिहेबिलिटेसन सम्बन्धि सेवा समेत उपलब्ध छन् ।

निःसन्तान क्लिनिक IVF सेवा भइरहेको जानकारी पनि गराउन चाहन्छौं । ब्लड बैंकको सुविधा पनि हालै शुरु भइसकेको छ । साथै पूर्व Appointment System बाट पनि विभिन्न ओपिडी सहित अन्य सेवाको सुविधा लिन सकिन्छ । हाम्रो सेवालाई विस्तार गर्दै बढीभन्दा बढी बिरामीको उपचारमा पहुंँच पु¥याउने उद्धेश्यले आफ्नै बिरामी र वातावरण मैत्री नयाँ भवनमा, बसुन्धरा खोला पुलबाट २५० मिटर उत्तरतर्फ २०७९ साल बैशाख २४ गतेदेखि अन्तराष्ट्रिय स्तरको सेवाहरु प्रदान गरिरहेको जानकारी पनि गराउन चाहन्छौं । निकट भविष्यमा सय शैयाको सेवा बिस्तार गर्ने योजना रहेको छ र सो पश्चात थप विषेशज्ञहरु सहित नँया सेवाहरुको विस्तार गर्दै लगिने छ । हाल अस्पतालमा ८५ जना विभिन्न विधाका बरिष्ठ बिशेषज्ञहरु सहित Superspeciality तथा Multispeciality सेवाहरु उपलब्ध छन । यस अस्पतालमा नर्सिङ स्टाफ, प्याथोलोजी, फिजियोथेरापी तथा रिहेबिलिटेसन, दन्त सम्बन्धी तथा अन्य कर्मचारीहरु सहित करिब दुईसय जना कर्मचारीहरुलाई रोजगारीको मौका दिएका छांै । नेपालको प्रथम निजी बाल अस्पतालको रुपमा परिचित यस अस्पतालले बाल, महिला तथा वयष्कका लागि स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उल्लेखनीय सुधार तथा अत्यधुनिक उपकरणहरु उपलब्ध गरी सम्पूर्ण बिरामीहरुलाई अन्तराष्ट्रिय स्तरको भरपर्दो सेवा सुविधा प्रदान गरिरहेको छ ।

अस्पताल व्यवस्थापनले यस अस्पताललाई Quality Services at affordable price को सिद्धान्तमा यस संस्थालाई center of Excellence बनाई Medical Tourism को रुपमा परिवर्तन गर्ने योजनामा लागिसकेका छौं । Quality services दिनकै लागि समयानुकुल बिभिन्न विभागका प्राविधिक तथा सामान्य कर्मचारीहरुलाई नियमित शिक्षा तथा सिपमुलक तालिमहरु दिईरहेका छौ ।
CSR (संस्थागत सामाजिक उत्तरदायित्व ) अन्तर्गत असहायको लागि नेपाल सरकारको निर्देशन बमोजिम १० प्रतिशतलाई निःशुल्क सेवा दिने प्रावधान रहेको र विभिन्न स्कुलहरुमा निःशुल्क बालरोग, आँखा, दन्त सम्बन्धि निःशुल्क र बिभिन्न बीमा कम्पनीहरुसँग सहकार्य गरी केसलेस उपचारको ब्यवस्था पनि गरेका छौं ।
टोखा–५ का नगरबासीलाई सदैव विशेष छुटका साथ सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं । साथै विभिन्न संघसंस्थाहरु तथा विद्यालयहरुसँग पनि MOu अन्तर्गत विशेष छुटका साथ सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।
यस अस्पतालले बिगत २९ वर्षदेखि हालसम्म लगातार विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर सेवा प्रदान गरिरहने छ । यस अस्पतालले बालरोग, बालशल्य, हाडजोर्नी तथा महिला सेवाहरु प्रदान गरिरहेको अवस्थामा म आँफै पेडियाट्रिक सर्जरीको प्राध्यापक समेत रहेको र उपरोक्त बिषयहरुका विज्ञहरु प्राध्यापक समेत यस अस्पतालमा भएको हुनाले ( Post Graduate ) पठनपाठन सेवा सुरु गर्ने महत्वाकांक्षी योजनालाई यस अस्पतालले Academic center रुपमा पनि बनाउने लक्ष्य राखेको छ ।
सबैप्रति आभारी छु :
संस्थागत र विधागत सेवा र पेशागत अनुभव निरन्तर रुपमा सबै समय ईशान बाल तथा महिला अस्पतालमा बाल शल्य बिभागको प्रमुखको साथै संस्थाको कार्यकारी अस्पताल निर्देशकको रुपमा जिम्मेवारी बहन गर्दै आहिरहेको छु । मेरो यो पेशाको विकास, विस्तार र नेतृत्वमा मेरो बुवा राजकिशोर चौधरी, आमा देवसुन्दर चौधरी, पत्नी प्राडा मीनु चौधरी, छोरा डा.रोहित चौधरी, छोरी मानसी चौधरी र अनगिन्ती मेरा शुभचिन्तकहरुको सहयोगको कारणले गर्दा नै आज नेपालको स्वास्थ्य संस्थाको बीच निजी क्षेत्रमा ईशान बाल तथा महिला अस्पताललाई सबैको रोजाईको अस्पताल बनाउन सफल भएका छौं । साथै हाम्रा अस्पताल सञ्चालक टीम, सेवाग्राही, मेडिकल टीम, अस्पतालका सम्पूर्ण कर्मचारी,संचार क्षेत्रका साथीहरु र संस्थाको सेवा विस्तारमा नेपाल सरकारको सहयोग प्राप्त भैरहेको छ ।तसर्थ नेपाल सरकारप्रति पनि अस्पताल परिवार बिशेष आभार व्यक्त गर्दछ ।

लेखक प्रा.डा.रामनन्दन प्रसाद चौधरी वरिष्ठ बाल सल्य चिकित्सक तथा ईशान बाल तथा महिला अस्पताल ,काठमाडौंको कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।

आइतबार, माघ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.