• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ४ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

आयोडिनयुक्त नुनको फाइदा बुझेपछि …

  •  बिहिबार, माघ ११, २०८० मा प्रकाशित

वीरगञ्ज (पर्सा) ।विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।

आयोडिनयुक्त नुनको फाइदाबारे बुझेपछि भारतीय ढिके नुन खान छाडेर आयोडिनयुक्त नुन उपभोग गर्न थालेका छौँ, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले भन्नुभयो, “आयो नुनको फाइदाबारे थाहै थिएन, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै थियौँ, अब भन्ने आयोडिन नुनकै प्रयोग गर्न थालेका छौँ ।”

साल्ट्र ट्रेडिङले गाउँमै आयोडिनयुक्त नुनको फाइदा र महत्वको विषयमा समय समयमा प्रचारप्रसार गरेपछि आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको उहाँको कथन छ । आयोडिनयुक्त नुन प्रयोग गरेपछि मानसिकरुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकामा पढ्ने रुचिको विकास हुन्छ, तर भारतीय ढिके नुनमा त्यस्तो कुनै फाइदा नदेखिएपछि आयोडिन नुन खान सुरु गरिएको सिरहाको ठोरी गाउँपालिका–४ का शम्भु श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब तीन÷चार वर्षअघि सम्म गाउँका प्रायः धेरै स्थानीयले भारतीय ढिके नुन खान्थे, तर अब अधिकांशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन् ।” आयो नुनभन्दा सस्तो र खरिद गरेर सहजरुपमा ल्याउन सकिने भएकाले स्थानीयमा ढिके नुनको चाहट थियो, तर अब आयो नुन पनि गाउँमै सहजरुपमा आउन थालेकाले पनि आयो नुन खान थालेको उहाँको भनाइ थियो ।

प्रहरीले पनि भारतीय नुन आयातमा कडाई गरेपछि भारतीय ढिके नुन बन्द भएको उहाँको भनाई छ । आयोडिनयुक्त नुन बजारमा रु २० मा बिक्री भइरहेको छ भने भारतीय नुन प्रतिप्याकेट भारतीय रु १० मा बिक्री भइरहेको छ । भारतीय सिमासँग जोडिएको पर्साको वीरगञ्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौलीलगायतका स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो, साल्ट्र ट्रेडिङ कार्पाेरेसन पर्सा वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो, “भारतीय नुन प्रयोग भइरहेको स्थानमा आयोडिन नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।”

स्थानीयको आयो नुनप्रति आकर्षण बढेसँगै पर्सा, बारालगायतका जिल्लामा आयोडिनयुक्त नुनको माग बढेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाीमा गरी मासिक करिब १०÷१२ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो केही वर्षदेखि मासिक २० हजार बोरा आयो नुन खपत हुन थालेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई ४० हजार बोरा आयो नुन खपत भएको प्रमुख लामिछानेको भनाइ छ । साल्ट्र ट्रेडिङ कार्पाेरेसन पर्सा वीरगञ्जले पर्साको ११ , बाराको नौ , रौतहटको पाँच र सर्लाहीका सात गरी ३२ डिलरमार्फत चार जिल्लामा नुन बिक्री गर्दै आएको छ । रासस

बिहिबार, माघ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.