• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्तन क्यान्सर : लक्षण, कारण र निदान

  •  शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

स्तन क्यान्सर : लक्षण, कारण र निदान

विश्वमा नसर्ने रोगहरुमध्ये स्तन क्यान्सर पनि एक हो । स्तनको कुनै पनि भागमा रहेका कोष–कोषिका ( Cells) जब असामान्य किसिमले परिवर्तन भई तिनीहरुबाट बन्ने अनियन्त्रित तथा अनाबश्यक बृद्धिबाट बन्ने गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भन्न सकिन्छ । १० प्रतिशत भन्दा कम गाँठागुठीमा क्यान्सर पाईन्छ ।

स्तन क्यान्सर रोगका लक्षणहरु:
१. स्तन तथा काखीमा गिर्खा पर्नु ।
२. स्तनको छाला सुन्तलाका बोक्रा जस्तो देखिनुको साथै स्तनको आकार परिवर्तन हुनु ।
३. स्तनबाट लगातार हरियो, कालो, रातो तरल पदार्थ आउनु ।
४. स्तनको मुन्टो गाडिनु भित्र पस्नु ।
५. स्तनको मुन्टो वरिपरि चिलाउनु, र लामो समयसम्म निको नहुने घाउ हुनु ।

स्तन रोगको प्रकृति र प्रकारहरु:
मुख्यत: दुई प्रकृतिका हुन्छन् ।
धेरैजसो स्तन क्यान्सर दूध बनाउने ग्रन्थी, (Lobules) र दूधलाई बोकेर लिएर जाने नली (Duct) मा पाईन्छ । यी पनि दुई किसिमका हुन्छन् । एउटा ग्रन्थी भित्र त्यस्तै दूध बोक्ने नलीभित्रै रहन्छन् जसलाई (CARCINOMA INSITU) भनिन्छ ।
यसलाई ( NON INVASIVE BREAST CARCINOMA) भनिन्छ । अर्को ग्रन्थी र दूधको नलीबाट पनि बाहिर निस्कने क्यान्सर भनिन्छ जसलाई (INVASIVE CARCINOMA) भनिन्छ ।

विश्व र नेपालमा प्रमाणित विरामीहरुको अवस्था :
विश्वमा करिव २३ लाख जति स्तन क्यान्सर प्रभावित छन् । जसमध्ये ६ लाख पचास हजारको मृत्यु भईसकेको छ । सन् २०२० सम्म ७८ लाख स्तन क्यान्सरका विरामी ५ बर्ष भित्र पत्ता लागेको थियो । नेपालको सन्दर्भमा यसले स्तन क्यान्सरको भयावह अवस्था देखाउँछ । नेपालको सन्दर्भमा २०१२ मा (GLOBOCAN) ले गरेको सर्भेमा प्रत्येक १ लाखमा १४ जना स्तन क्यान्सर भएको पाइएको छ । यसैलाई आधार मान्ने हो भने पनि नेपालमा ५ बर्ष भित्र ३० हजार जति स्तन क्यान्सरका विरामी हुन्छन् ।

स्तन क्यान्सर पत्ता लगाउने विधि :
१.आफ्नो स्तन आफै परिक्षण गर्ने (BSE) Breast Self Examination.
२. नियमित स्वास्थ्य परिक्षण
३.Ultra Sound / Video X- ray ( गर्ने ४० बर्ष भन्दा कम उमेरलाई
४.Mamography ४० भन्दा बढी उमेरका महिलालाई (प्रत्येक बर्ष)
५. यी बाहेक (MRI) पनि गर्न मिल्छ ।

स्तन क्यान्सरको निदान :
FNAC स्तनमा भएका अस्वभाविक गिर्खाको मसिनो सुईले घोचेर निकालेको तरल पदार्थको (Cytology) गरी निदान गर्ने । (Histopathology) गिर्खाबाट सानु टुक्रा मासु निकालेर ( Trucut Bx,Incisional Bx,Excisional Bx) परिक्षण गरी स्तन क्यान्सरको निदान गरिन्छ ।

रोगका उपचारका तरिका :
मुख्य ४ किसिमका उपचार पद्धति हुन्छ ।
१. सर्जरी – सर्जरीको पनि (BCS) गरियो भने गिर्खा मात्र काटेर स्तन बचाईन्छ ।
( MRI Modified Radical Mastectomy) यसमा सबै स्तन फालिन्छ ।
२. केमोथेरापी
३. रेडियसन
४. हर्माेनल थेरापी
नेपालमा आजभन्दा २४ बर्ष अघि स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सय बेडबाट शुरु भई ४५० बेड भएको छ सोही अनुसार बार्षिक १ लाख भन्दा बढी बिरामीहरु इएम् मा आउँछन् । यसैगरी स्तन क्यान्सरका बिरामी पनि बढ्दो छ । यसको विस्तारको लागि प्रत्येक प्रदेशमा एक–एक वटा यस अस्पतालको शाखा विस्तार गर्नुपर्छ । उपचारको लागि आवश्यक जनशक्ति एकदमै कम छन् । दक्ष जनशक्तिको लागि राज्यले लगानी गर्नुपर्छ । यस अस्पतालले पनि दक्षजनशक्तिको लागि (Fellowship MCH) जस्ता कार्यक्रम सञ्चालन गरेको छ यसले थोरै भएपनि यस बिरामीको उपचारमा मदत पुग्छ ।

विरामीको उपचार पद्धतिमा आवश्यक नयाँ तथा प्रविधि सोही अनुसारको प्राविधिकहरुलाई (Training Refreshment Course) तथा विभिन्न अन्बेषणमा सामेल गरी दक्ष जनशक्ति उत्पादित गर्दै प्राविधिक क्षेत्रको विकास गर्नुपर्छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालको एक मात्र क्यान्सर बिरामीलाई एकीकृत रुपबाट सेवा दिने अस्पताल हो । यस अस्पतालले विभिन्न किसिमका क्यान्सर रोगीहरुलाई सोही विषयका विशेषज्ञबाट उपचार गराईन्छ । क्यान्सर आपंmै पनि एक किसिमको जटिल रोग भएकोले यसको उपचारलाई समय लाग्न सक्छ । यहाँ बिरामीलाई उपचार गर्न सरल छ । त्यसैले दक्षिण एशियामा यसलाई सफल अस्पतालको रुपमा लिईन्छ ।

लेखक डा.विश्वराम पौडेल सिनियर कन्सल्टेण्ट बे्रष्ट सर्जन तथा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवनको सर्जिकल अंकोलोजी विभागको प्रमुख हुनुहुन्छ ।

शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.