• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिने

  •  शनिबार, माघ २७, २०८० मा प्रकाशित

गाईघाट (उदयपुर) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

आज बिहान नगरपालिकाको कार्यक्रम हलमा आयोजित कार्यक्रममा मन्त्री राईले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा जोड दिइरहेको भन्दै गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लामा मेडिकल कलेज सञ्चालनका लागि स्थानीयले पटकपटक सरकारसँग माग गर्दै आएका छन् ।

मन्त्री राईले भन्नुभयो, “लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो । यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ ।” स्थानिय सरकारले उचित स्थानमा कलेज सञ्चालनका लागि जग्गा उपलब्ध गराए सरकार स्वीकृति प्रदान गर्न तयार रहेको उहाँको भनाइ थियो ।

वर्तमान सरकार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकासमा जोड दिइरहेको मन्त्री राईले बताउनुभयो । “यहाँका मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीका लागि एउटा मेडिकल कलेज आवश्यक छ । यसमा शिक्षा मन्त्रालयको तर्फबाट कलेज स्थापना गर्न सरकारले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

देशभरि छ वटा मेडिकल कलेज सञ्चालनका लागि सरकारले स्वीकृति प्रदान गर्ने तयारी गरिरहेको भन्दै मन्त्री राईले स्थानीय सरकारले उचित स्थानमा जग्गा उपलब्ध गराएपछि सरकारले स्वीकृति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले यस क्षेत्रमा कम्तिमा एउटा मेडिकल कलेज आवश्यक रहेकाले सोहीअनुसार जग्गा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । एक महिनाभित्र जग्गा निर्धारण गरी कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सगरमाथा क्षेत्रअन्तर्गतका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर तथा भोजपुर आसपासका विद्यार्थीका लागि कम्तिमा एउटा मेडिकल कलेज आवश्यक रहेकाले सोहीअनुसार आवश्यक कागजात र प्राविधिक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा सहयोगको पहल गरिने नगरप्रमुख बस्नेतले बताउनुभयो ।

त्रियुगामा मेडिकल कलेज सञ्चालन भए सगरमाथा क्षेत्रका विद्यार्थीको लाभान्वित हुने नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले बताउनुभयो । यहाँका विद्यार्थी मेडिकल अध्ययनका लागि करोडौँ खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता हट्ने उहाँको भनाइ थियो ।

आगामी चैत्रभित्र नगरपालिकाले जग्गा उपलब्ध गराएर डिपीआर तयार गरेमा आउँदो आर्थिक वर्षमा कलेजका लागि भवन निर्माण गरिने योजना रहेको नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । रासस

शनिबार, माघ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.