• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ३ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

मस्तिष्क घातका बिरामीको उपचारमा आर्थिक अभाव

  •  शनिबार, माघ २७, २०८० मा प्रकाशित

झापा । मस्तिष्क घात भएका मेचीनगर नगरपालिका–१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ ।

वैदेशिक रोजगारीमै रहँदा उच्च रक्तचापको बिरामी भएपछि घर फर्किनुभएका उहाँलाई गत कात्तिक १ गते मस्तिष्क घात (ब्रेन हेमरेज) भएको थियो । विर्तामोडको बीएन्डसी हस्पिटलमा शल्यक्रियापश्चात् उहाँलाई ३९ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

शल्यक्रियाका क्रममा उहाँको टाउका पछाडिको खोपडीको एउटा भाग अस्पतालमै राखिएको आमा दिलमाया थापा मगरले बताउनुभयो । “डाक्टरले तीन महिनापछि खोपडी लगाउन आउनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “खोपडी लगाउन फेरि धेरै पैसा लाग्छ, हामीसँग त केही पनि छैन ।”

अस्पतालले तीन महिनाभित्र आउनु भने पनि आर्थिक जोहो नभएका कारण सञ्जोगलाई लैजान नसकिएको उहाँको उपचारमा जनस्तरबाट आर्थिक सहयोग जुटाइरहेका छिमेकी ऋषिराज भट्टराईले बताउनुभयो । अस्पतालले खोपडी जोड्न दिएको म्याद एक महिना नाघिसकेको हुँदा चिन्ता थपिएको उहाँले बताउनुभयो ।

“पहिले पनि शल्यक्रिया र अरू उपचार गराउन चन्दा उठाएका थियौँ”, भट्टराईले भन्नुभयो, “अहिले लगभग रु तीन लाख सहयोग जुटाउन सके खोपडी जोडिदिन सकिन्थ्यो तर आर्थिक सहयोग जुट्न सकिरहेको छैन ।” सञ्जोग मलेसियामा रोजगारी गरेर गत वर्ष घर फर्किनुभएको हो ।

घर चलाउनै आर्थिक सङ्कट परेपछि उहाँकी पत्नी लक्ष्मी थापा मगर छ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई जानुभएको छ । उहाँहरुको छोरी ९ वर्ष र छोरा ७ वर्षका दुई नाबालक सन्तान छन् । सञ्जोगका बुबा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । आमा दिलमाया पनि बिरामी हुनुहुन्छ । घरका सबै बिरामी अवस्थामा र कमाउने एकजना विदेशमा भएको हुँदा परिवारका तर्फबाट उपचार खर्च जुटाउन सम्भव छैन ।

सञ्जोगका भिनाजु थमबहादुर तामाङले सञ्जोगको शल्यक्रिया, आइसीयु र औषधि उपचार गरेर विगतमा रु १२ लाखको बिल उठेको बताउनुभयो । चन्दा सङ्कलन गरेर रु चार लाख बुझाएपछि अस्पतालले रु आठ लाख मिनाहा गरिदिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालबाट डिस्चार्ज भएर आएका सञ्जोग हाल घरमै औषधि खाएर स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको छ । मस्तिष्कघातका कारण पक्षाघातको अवस्थामा पुगेका शरीरका अङ्गहरु पुरानै अवस्थामा चलायमान बनाउन घरमै बाँसका खुट्टी गाडेर हिँड्डुल गराउने घरेलु थेरापी सुविधा मिलाइएको छ ।

आर्थिक सहयोगका लागि विदेशमा रहेका नेपालीसँग पनि सामाजिक सञ्जालबाट आर्थिक सहयोगको आह्वान गरिएको भट्टराईले बताउनुभयो । दुबईमा रहेकी सञ्जोगकी पत्नी लक्ष्मीले महिनैपिच्छे औषधि किन्न लाग्ने रु १५ हजार रकम पठाइरहनुभएको छभने खोपडी जोड्न थप रु ५० हजार पठाउने तयारी भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच, दमकस्थित दातृ संस्था क्यारिटास नेपालले सञ्जोगको टाउकाको खोपडी जोड्नका लागि रु ७५ हजार सहयोग गरेको छ । क्यारिटास नेपालका कोशी प्रदेश प्रमुख देवेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालय अधिकारीले शुक्रबार सञ्जोगलाई घरमै गएर उक्त नगद सहयोग हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शल्यक्रिया गर्नका लागि समेत यसअघि रु ५० हजार सहयोग पुर्याएको थियो ।

“वैदेशिक रोजगारीबाट बिरामी भएर फर्केकाहरुको उपचारमा सहयोग पुर्याउँदै आएका छौं”, क्यारिटास नेपालका कोशी प्रमुख पोखरेलले भन्नुभयो, “सञ्जोगको आर्थिक अवस्था ज्यादै कमजोर रहेछ, पैसा नभएरै टाउकाको खोपडी जोड्न उहाँ जान सकिरहनुभएको छैन भन्ने थाहा पाएपछि हामीले पुनःसहयोग दिएका हौँ ।”

बीएन्डसी हस्पिटलका वरिष्ठ चिकित्सक प्राडा उमेश शर्माले टाउकाको शल्यक्रियापछि अवस्थाअनुसार उपचारकै क्रममा मस्तिष्कको ढकनी झिक्ने र पछि लगाउनुपर्ने हुनसक्ने बताउनुभयो । यसलाई चिकित्सा भाषामा ‘क्रेमियोप्लास्टी’ भनिने उहाँले जानकारी दिनुभयो । सञ्जोगको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी मेचीनगर नगरपालिकाले हालै अपाङ्गता परिचयपत्र दिएको छभने एउटा ह्विलचियरसमेत दाताबाट उपलब्ध गराइएको छिमेकी भट्टराईले बताउनुभयो । रासस

शनिबार, माघ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.