• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

१३१ बसन्त पार गर्दै नारायणी अस्पताल : डा.चितरञ्जन शाह

  •  शनिबार, माघ २७, २०८० मा प्रकाशित

१३१ बसन्त पार गर्दै नारायणी अस्पताल

अस्पतालको इतिहास :
स्वास्थ्य सेवा प्रवाह गर्नका लागि काठमाडांै उपत्यकामा वीर अस्पतालको स्थापना भएपश्चात उपत्यका बाहिरका जनताहरुको लागि १३१ बर्ष पहिले वि.सं. १९४७ तात्कालीन राणा प्रधानमन्त्रीबाट पृथ्वी वीर अस्पताल नामाकरण भई तीन शैंया अस्पतालको स्थापना भई स्वास्थ्य सेवा प्रवाहको शुरुवात भएको हो ।

वि.सं. २०१८ मा नामाकरण भएको नारायणी अञ्चल अस्पताल, वि.सं. २०४२ मा स्थापना भएको श्री ५ ऐश्वर्य प्रसूति गृह मिलेर २०५१ सालमा नारायणी उप – क्षेत्रीय अस्पताल नामाकरण भएको हो । संघीयता कार्यान्वयनको क्रममा नेपाल सरकार मन्त्री परिषदको २०७५÷११÷०३ गतेको निर्णय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाको च.नं. ६०११ ,२०७५÷११÷०७ गतेको पत्रको अधारमा २०७६ साल आषाढ २५ गते मधेश प्रदेशमा विशिष्ट विशेषज्ञ सेवा प्रदान गर्नका लागि ५०० शैंयामा स्तरोन्नति गरी केन्द्रिय अस्पतालको रुपमा नारायणी अस्पताल नामाकरण भएको हो ।

वर्तमान अवस्था :
नेपालको संविधानले प्रत्येक नागरिकलाई अधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक भएको भनि गरेको परिकल्पना र जनताको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको सम्मान गर्दै यस अस्पतालले सबै जात, वर्ग र खास गरी न्यून आर्थिकस्तर भएका विरामीहरुको साथै नेपाल सरकारले तोकेको लक्षित वर्गका बिरामीहरुको समेत निःशुल्क र विशेष सहुलियत दरमा उपचार गर्दै आएको छ । बारा, पर्सा, रौतहट, सर्लाही लगायत आसपासका भौगोलिक क्षेत्रका करिब ३५ लाख जनताको साथै छिमेकी राष्ट्र भारतको पूर्वी चम्पारणका जनताहरुको समेत आशा, भरोसा र आस्थाको केन्द्रको रुपमा रहेको यस अस्पताल स्थापनाकालबाट तीन शैंयाको अस्पतालबाट आफ्नो चिकित्सकीय यात्रा शुरु गरेको यस अस्पताल हाल ५०० बेड स्वीकृत भई ३५० बेडबाट उच्चस्तरको, गुणस्तरीय, सरल, सुलभ र विशिष्टिकृत विशेषज्ञ सेवा प्रवाह गर्दै आएको छ ।

यस अस्पतालबाट हाल बहिरङ्ग तथा अन्तरङ्ग सेवाको साथै विशिष्टिकृत विशेषज्ञ तर्फ ICU, CCU,NICU,PICU,HDU,CtScan,USG,X-Ray,General & Emergency Lab,PCR,GeneXpert,Bacterial C/S, Fungal Culture,3 Tesla MRI जस्ता सेवाहरु प्रवाह भईरहेको निकट भविष्यमा cath lab,UroTransplant ,Neuro Surgery जस्ता सेवाहरु सञ्चालन गर्ने तयारीमा छ । अस्पताल परिषरमा निर्माण सम्पन्न भईसकेको आकस्मिक भवनबाट अति आवश्यक विभिन्न सेवाहरु प्रवाहको शुरुवात गर्ने तथा निकट भविष्यमा निर्माण सम्पन्न हुने (Cath Lab) भवनवाट मुटुका विरामीहरुको अत्यधुनिक मेशिनबाट उपचार गर्ने योजना रहेको छ । मुलुकको स्वास्थ्य सम्बन्धि आवश्यकताहरुमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्दै आएको यस अस्पतालले २०७२ सालको महाभुकम्प, २०७५ सालको बारा, पर्साको विभिन्न क्षेत्रमा आएको हावाहुरी (टोर्नाडो), विभिन्न समयमा राजनैतिक परिवर्तनका लागि भएको विभिन्न जनआन्दोलन, विभिन्न समयमा देखापर्ने गरेको विभिन्न प्रकारका प्राकृतिक प्रकोप, महामारी तथा कोभिड(१९) महामारी, डेंगु महामारीबाट संक्रमितहरुको समेत दिनरात उपचार, व्यवस्थापन तथा रोकथामका लागि सेवा प्रवाह गर्नुका साथै (WHO) को (Treatment Protocol) अनुसारको सेवा, गुणस्तर वृद्धिका लागि चाहिने अत्यधुनिक उपकरण र विशेषज्ञ सेवाहरु प्रवाह गरिरहेको छ ।

विभिन्न किसिमका सर्जरी सेवा लिनका लागि लामो समयसम्म कुर्नुपर्ने समस्या समाधानका लागि नेपाल सरकारवाट स्वीकृत विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि, २०७७ को अधिनमा रहेर यस अस्पतालमा तोकिएको समयावधि अगाडि, पछाडी न्यूनतम शुल्क लिई अर्थो र जनरल सर्जरी तर्फका सेवाहरु सञ्चालन भईरहेको छ । सुरक्षित मातृत्वका लागि नेपाल सरकारको (Priority First Project) को रुपमा रहेको आमा सुरक्षा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा यस अस्पतालले अग्रणी भूमिका निर्वाह गरिरहेको छ,यस्तै सुरक्षित र संस्थागत परिवार नियोजन, स्वास्थ्य बिमा कार्यक्रम, अस्पताल फार्मेसी, समाजिक सेवा ईकाई, एकद्धार संकट व्यवस्थापन केन्द्र, जेष्ठ नागरिक सघन उपचार कार्यक्रम, पोषण पुर्नस्थापना कार्यक्रमको साथै अस्पतालजन्य फोहरमैला व्यवस्थापन कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको छ । भविष्यमा पनि यी सबै कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका जनताहरुलाई उच्च स्तरको, सरल, सुलभ र विशिष्टिकृत विशेषज्ञ सेवा प्रवाह गरिरहेको छ ।

गुणस्तरीय स्वास्थ्यसेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस अस्पतालमा भने जनशक्ति अभाव, नव प्रवर्तनका मेडिकल उपकरण, भौतिक पूर्वाधार,बजेट व्यवस्थापन जस्ता समस्याका कारण सेवाहरु प्रवाह गर्न समस्या भने भईरहेको छ ।

अस्पतालको भावी योजना :
–विशेषज्ञ सेवा सहितको शिक्षण अस्पतालको रुपमा स्थापना ।
–अत्यधुनिक मेशिन तथा मेडिकल सामाग्रीहरु सहित सामान्य तथा सरुवा संक्रमितहरुको लागि (ICU,HDU,PICU, NICU) स्थापना ।
–विशिष्टिकृत विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको स्थापना तथा (Paying Clinic) सञ्चालन ।
–(NAMS,TUTH,BPKIH,MIHS) जस्ता शिक्षण संस्थानहरुमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको पोष्टिङ्ग ।
– Academic (PG,Bachelor,Nursing & Paramedics) & Research Activites Also CME Classes) सञ्चालन ।
– satlleite Clinics & Pharmacy , Telemedicine ,Health Insurance जस्ता सेवाहरु विस्तार ।
– Surgical & Maternal ICU for Serious & Post up case सेवा विस्तार ।
–बहिरङ्ग तथा अन्तरङ्ग सेवामा विस्तार ।
–लामो समयदेखि बन्द रहेको क्याबिन मर्मत सम्भार गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने ।
–आकस्मिक विभागमा एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) को सेवा यसै वर्षदेखि शुरु गर्ने ।
–अस्पतालमा छुट्टै सरुवा संक्रमण वार्ड र सुविधा सम्पन्न र व्यवस्थित स्टोर भवन निर्माण गर्ने ।
–विशेषज्ञ चिकित्सकहरुका लागि छुट्टै सुविधा सम्पन्न क्वार्टर र विरामीहरुको कुरुवाहरुको लागि कुरुवा घर निर्माण गर्ने ।

लेखक डा.चितरञ्जन शाह वरिष्ठ युरोलोजिष्ठ तथा नारायणी अस्पताल (सरकारी) वीरगंजको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ ।

शनिबार, माघ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.