• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

डेढ वर्षदेखि थन्काइएको क्याथल्याब मेशीन उपयोगमा

  •  शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।

अस्पतालमा मुटु रोगका बिरामीको उपचारका लागि भनेर प्रदेश सरकारले खरिद गरेका करोडौँ मूल्यका यस्ता स्वास्थ्य उपकरण सञ्चालन नगरी थन्काइएको विषयमा राससले गत भदौ २९ गते ‘महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

यस्ता उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो । अस्पतालका अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीसहितको विशेषज्ञ टोलीले अब प्रादेशिक अस्पतालमै मुटुको उपचार गर्नेछन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा बुढाथोकीको नेतृत्वमा बिरामीको एनजीओग्राम गरेर सेवा सुरु गरिएको र अबदेखि एन्जिओग्राम र एन्जियोप्लास्टिकका उपचार सेवा यहीँबाट गरिने मेसु डा थापाले जानकारी दिनुभयो । एन्जिओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको थप सेवा विस्तार हुँदै जाने उहाँले बताउनुभयो । डा बुढाथोकीको नेतृत्वमा डा रोशन घिमिरेसहितको टोलीले अस्पतालमा मुटुका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । अब मुटुसम्बन्धी समस्याका बिरामीको रोगको छिटो पहिचान गरी उपचार सेवा प्रदान गर्न सकिने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनका लागि रु २२ करोड विनियोज गरेको छ । सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेशको पहिलो सरकारकै पालामा पहल भएको र हाल आएर सेवा सञ्चालनमा आएको हो ।

कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको यसले मुटुसम्बधी उपचार गर्न सकिनेछ । क्याथल्याबमा दुईजना चिकित्सक, दुई स्टाफ नर्स, एकजना एनेस्थेसिया र एक हेल्पर गरी जम्मा आठजनाले सेवा दिइने उहाँले बताउनुभयो ।

मुटुसम्बन्धी समस्या भएर केही दिनअघि अस्पतालमा आएका दुईजना बिरामीको उपचार गर्दै सेवा सुरु भएको मेसु डाक्टर थापाले बताउनुभयो । उपचारपछि दुवै बिरामीको अवस्था सामान्य भएको छ । लुम्बिनी प्रदेश अस्पतालले प्रदेशकै विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा बहिरङ्ग (ओपीडी) मा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

अझै प्रयोगमा आएनन् पेट रोगको उपचारका मेसिन

प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘इआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन गरिद गरेर राखिएको छ । यी स्वास्थ्य उपकरणमध्ये ‘इआरसीपी’ मेसिन बिरामीको पित्त तथा कलेजोबाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि दूरबिनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि रहेको प्रादेशिक अस्पतालका मेसु थापाले जानकारी दिनुभयो ।

यस्तै ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउन प्रविधि रहेको मेसु थापाले जानकारी दिनुभयो । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब रु ६ करोडभन्दा बढी लागतमा खरिद गरिएका हुन् ।

आधुनिक प्रकारका यी उपकरणसहितको सेवा सञ्चालन गर्न ‘इआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट जनशक्ति आवश्यक पर्ने हुन्छ । रासस

शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.