बाँझोपन अर्थात् (-Infertliity _)
डा.श्रीप्रसाद अधिकारी । कुनै पनि दम्पत्ती (Couple) ले एक वर्षसम्मको असुरक्षित यौन सम्पर्क (unprotected sexual intercourse) गर्दा पनि गर्भधारण हुन नसक्ने अवस्थालाई बाँझोपन अर्थात् (क्ष्लाभचतष्ष्तिथ ) भनिन्छ । बाँझोपनलाई primary / secondary गरेर दुई भागमा बाँडिएको छ । एकपटक पनि गर्भधारण नभएको अवस्थालाई primary infertliity भनिन्छ भने एकपटक गर्भधारण भएको अथवा बच्चा भएको तर अर्को पटक गर्भ नबसेको अवस्थालाई secondary infertliity भनिन्छ ।
विश्वव्यापीरुपमा हेर्दा लगभग १०% जनसंख्या (population) मा बाँझोपन देखिन्छ । बाँझोपनका कारणहरुलाई केलाएर हेर्दा सामान्य समस्याहरुदेखि जटिल समस्याहरु देखिन्छन् । यो विषय सुन्दा र भन्दा जति सरल छ व्यवहारिक जीवनमा यसले धेरै नकारात्मक परिणामहरु निम्त्याउने पनि गर्दछ जसका कारणहरु तल उल्लेख गरिएका छन् ।
बाँझोपनका कारणहरु ः
पुरुषको कारण ः
शुक्रकीटको मात्रामा कमी हुनु, शुक्रकिटको मोटिलिटी (motliity) अर्थात् हिँड्ने क्षमताको कमी हुनु साथै शुक्रकीटको मोर्फोलोजी (Morphology) अर्थात् बनावटको कमजोरी आदि पर्दछन् । नेपाल पुरुषप्रधान देश भएकोले पनि हुन सक्छ, हाम्रो समाजमा बाँझोपनको मुख्य कारण महिलालाई नै दोष दिने गरिएको पाइन्छ तर विश्वव्यापीरुपमा हेर्दा महिला र पुरुष दुवै उत्तिकै जिम्मेवार देखिन्छन । पुरुषको शुक्रकीटको समस्या हुनुमा खानपान, अम्मल (चुरोट, खैनी, रक्सी) साथै मोटोपन, वंशाणुगत प्रभाव, आधुनिक जीवनशैली, तनाब, महत्वाकांक्षा, जीवनमा असफल हुनु,संक्रमित रोगहरु (Infectious Disease),, दिर्घरोगहरु (Chronic Diseases) लगायतको कारणले पनि हुने गरेको पाइएको छ । नियमित शारीरिक अभ्यास (exercise) गर्ने, सन्तुलित भोजन (Balanced diet) खाने साथै सुर्तीजन्य पदार्थ (Tobacco, lAcohol) को सेवनबाट टाढा रहने व्यक्तिहरुमा यसको समस्या निकै कम मात्रामा देखिने गरेको छ ।
ड्ड महिलाको कारण ः
महिलाका समस्याहरुमा वंशाणुगतको प्रभाव, पाठेघरको नली तथा डिम्बको समस्या, थाइराइड हर्मोनको समस्या, यौनजन्य रोगहरु (Sexual Transmitted Disease), Genital Tuberculosis (जेनिटल टिबि), Endometriosis (इन्डोमेट्रियोसिस) आदिले भूमिका खेलेको हुन्छ ।
अन्य कारणहरु ः
Unexplained causes अर्थात् कारण पत्ता नलागेका ः
ड्ड यो अवस्थामा १०–२० प्रतिशत जनसंख्या (Population) मा देखिन्छ । बाँझोपनको उपचार गर्दा यसको कारण थाहा पाउन अत्यन्त जरुरी हुने गर्दछ । अन्यथा बिरामीको उपचारको क्रममा चिकित्सकलाई अप्ठ्यारो स्थिति देखा पर्न सक्छ । उदाहरणको लागि अन्धकारमा ढुङ्गा हानेजस्तो हुन सक्छ । त्यस्तो परिस्थितिमा बिरामीले सही उपचार नपाउने र चिकित्सकलाई अप्ठ्यारो परिरहने परिस्थिति रहन सक्छ ।
ड्ड बाँझोपनका समस्या भएका दम्पत्तीहरुले स्वस्थकर जीवनशैली (Healthy Lifestyle), नियमित व्यायाम, सन्तुलित भोजन (Balanced Diet), तौल घटाउने काम गर्नुका साथै चिकित्सकसँग उचित परामर्श लिनु महत्वपूर्ण हुन्छ ।
ड्ड धेरैजसो व्यक्तिहरु उचित सल्लाहको अभावले गर्दा गलत व्यक्तिहरुको शिकार भएका देखिन्छन् ।
ड्ड समयको परिवर्तनसँगै आजको मेडिकल साइन्स धेरै अगाडि बढेको छ र बाँझोपन (Infertliity) को विषयमा पनि मेडिकल साइन्सले निकै ठूलो फड्को मारेको देख्छौँ । पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई आर्टिफिसियल फर्टिलाइजेशन (artificial fertliisation)गराउने प्रविधि नेपालमा धेरै वर्ष अघिदेखि शुरू भएको अवस्था छ । सामान्यतयाः उपचारबाट पनि गर्भधारण हुने गर्दछ । तर केही प्रतिशत जनसंख्या (Population) मा टेस्टट्यूब बेबी (Test tube baby) अर्थात् असिस्टेन्ट रिप्रोडक्टिभ टेक्नोलोजी (Assistant Reproductive Technology) को मार्फत सजिलैसँग गर्भधारण गराउन सकिन्छ ।
ड्ड बाँझोपनबाट प्रभावित दम्पत्ती (Infertlie couple) लाई चिकित्सकको हिसाबले के सुझाव दिन चाहन्छु भने आफूलाई भएको वास्तविक समस्या (Real problem) लाई कत्ति पनि नलुकाई घरपरिवार, श्रीमान–श्रीमती बीच सरसल्लाह गरी स्वास्थ्य संस्थामा आएर स्वास्थ्यकर्मीसँगै चिकित्सकहरुलाई आफ्नोे समस्याबारे खुलस्त जानकारी गराउनु भएमा यी समस्याबाट प्रभावित दम्पत्तीहरुको सहज रुपमा उपचार गराउन सकिने जानकारी गराउन चाहन्छु ।
काठमाडौँ लगायत देशका प्रमुख शहरहरुमा यो विषयका तालिम प्राप्त विशेषज्ञ र स्वास्थ्य संस्थाको सेवा उपलब्ध रहेको छ । चितवन जिल्लाको कुरा गर्ने हो भने भरतपुरमा हामीले यो खाले समस्याको उपचार सफलतापुर्वक गरिरहेका छौँ । तसर्थ आफ्नो कुनै पनि रोग या स्वास्थ्य समस्या भएमा समयमै स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनको लागि सल्लाह सुझाव दिन चाहन्छु ।
(लेखक डा. अधिकारी चिफ कन्सल्टेन्ट गाइनोकोलोजिष्ट तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली,काठमाडौं कार्यकारी निर्देशक हुनुहुन्छ ।)
