काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा हुन गईरहेको ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ का लागि सवै स्टल बुकिङ भएका छन् ।
चितवन एक्स्पो सेन्टर भरतपुरमा यही फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पोमा रहेका १५० वटा स्टल बुकिङ्ग भईसकेका हुन् ।
े नेपाली औषधिको प्रवद्र्धन र अन्तर्राििष्ट्रय बजारमा स्थापिता गर्ने उद्धेश्यसहित आयोजना गरिएको एक्स्पोका सवै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।
बरालका अनुसार हालसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने उपकरण र प्रयोगशालाका स्टल, औषधि उद्योगका अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेशिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहने छन ।
यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, वाल, भुई (फ्लोर), सिलिङ, बिजुली पानी हावासंग सम्बन्धित स्टल पनि रहने उनले बताए ।
एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल अवलोकन गर्न पाईने उनको भनाई छ । हरेक दुई बर्षमा हुने एक्स्पोमा यसपटक ३० हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
