• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

आर्थिक मन्दीको गहिरो असरः औषधि कारोबारमा भारी गिराबट, एकैबर्ष ४ अर्ब कम कारोबार

  •  बिहिबार, फागुन १०, २०८० मा प्रकाशित

पछिल्ला बर्षहरुमा नेपालमा औषधि उत्पादन गर्ने उद्योगको संख्या थपिने क्रम बढ्दै गएको छ । केही दिनअघि मात्र एक नयाँ उद्योगले पनि आफ्ना उत्पादन बजारमा ल्याएको छ । तर नेपाली औषधि उद्योग र उत्पादकको संखया बढेपनि स्वदेशी उद्योगको बजार हिस्सा र कारोबार भने घट्दै गईरहेको तथ्यांकले देखाएको छ ।
कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण नेपाली उत्पादकहरुको बजार हिस्सामा कमी आउँदै गएको हो। नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष चार अर्ब कमको कारोबार भएको छ।
एपोनले संकलन गरेको खुत्रुके तथ्यांक बुधबार खोलिएको हो। उक्त तथ्यांक अनुसार गत वर्ष नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो। तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ ।
एपोनका अनुसार नेपालमा भ्याक्सिनसहित एक वर्षमा ९० अर्बको औषधिको कारोबार हुँदै आइरहेको छ। त्यसमध्ये नेपली कम्पनीको कारोबार यो वर्ष २९ अर्ब ३६ करोड मात्र देखिएको छ। बाँकी रहेका औषधिहरु भारत लगायतका देशबाट आयात हुँदै आइरहेको छ।

औषधि उद्योगीहरु कोभिड महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र यही समयमा सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको बताउँछन्। उनीहरुका अनुसार सरकारको नीतिसँगै राष्ट्र बैंकले ऋणमा ल्याएको नयाँ नियमले पनि उद्योगीहरु संकटमा परेका हुन्। ’विगतमा औषधि उद्योगीले वर्किङ क्यापिटल लोन टर्न ओभरको ८० प्रतिशतसम्म पाउने गर्थे, तर अहिले राष्ट्र बैंकले नयाँ नियम ल्याउँदै ५० प्रतिशत मात्र दिने व्यवस्था गर्दा उद्योगहरु समस्यामा परेका हुन्,’ एक उद्योगीले भने, ’सरकारले नेपाली उत्पादतकलाई सहयोग नगर्दा देशमा नेपाली औषधिको बजार हिस्सा क्रमश गुम्दै विदेशीको बजार बढ्दै गएको देखिन्छ।’

ती उद्योगीका अनुसार सरकारको हेलचेक्र्याइँ र राष्ट्र बैंकको नयाँ नियमका कारण धेरै उद्योगीहरुले उत्पादन बन्द गरेका छन् भने दर्जन भन्दा बढी बन्द हुने अवस्थामा पुगेका छन्। बन्द भएका उद्योगले बैंकबाट ऋण नपाउने भन्दै उत्पादन गरिरहेको भन्दै आइरहेको अवस्था छ।

उनका अनुसार देशको अर्थतन्त्रमा आएको समस्यासँगै औषधि पसलहरुले होलसेलरहरुको उधारो बाँकी नै राख्ने, होलसेलरले पनि पसलबाट पैसा नउठेको भन्दै कम्पनीमा धेरै रकम बाँकी राख्ने गर्दा पनि कम्पनीहरुले कच्चा पदार्थ खरिददेखि नयाँ प्रविधि भित्र्याउने र जनशक्ति थप गर्न नसकेका हुन्।

नेपाली कम्पनीहरुले तयार पारेको पछिल्लो अनौपचारिक विवरण अनुसार पछिल्लो दुई वर्षदेखि नेपालका कम्पनीहरुबाट उत्पादन हुने औषधिमा ४० प्रतिशतले गिरावट आएको छ। यसका साथै दुई वर्षदेखि कम्पनीहरुले नयाँ जनशक्ति थप समेत गरेका छैनन्। यही बीचमा कम्पनीहरु बन्द हुने र बन्दको मुखमा पुगेका कारण औषधि उत्पादनको क्षेत्रमा पछिल्लो समयमा २० प्रतिशत बेरोजगार भइसकेको उत्पादकहरु बताउँछन्।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.