• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मेडिकल सिटी र कनेक्टिभिटीको लागि चितवनमा फर्मा एक्स्पो

  •  शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

चितवन । चितवनमा यही फागुन २५ देखि चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा एक्स्पो आयोजना गरिदैछ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा फागुन २७ गते एक्स्पो सञ्चालन गर्न लागिएको हो । बिहीबार भरतपुरमा आयोजित पत्रकार भेटघाटमा चितवन मेडिकल सिटीको रुपमा विकसित जिल्ला र अन्य जिल्लाहरुको कनेक्टीभीटी भएकोले चितवनमै एक्स्पो गर्न लागिएको आयोजकले जनाएको छ ।

हरेक दुई बर्षमा हुँदै आइरहेको नेपाल फर्मा एक्स्पो सातौंदेखि लगातार चितवनमा नै हुँदै आएको हो ।
एक्स्पोका संयोजक प्रभात रुङ्गटाले चितवनमा दुई वटा मेडिकल कलेज सहित ठूला चार वटा अस्पताल र अन्य २४ भन्दा बढी अस्पतालहरु रहेको भन्दै चितवन मेडिकल सिटीको रुपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले चितवन बुटवल–भैरहवा, वीरगञ्ज, पोखरा र काठमाण्डौं जस्ता नजिकका ठूला शहरबाट एकै दिन आउजाउ गर्न सकिने भएकाले एक्स्पो चितवनमा गर्न लागिएको बताउनुभयो । संयोजक रुङ्गटाले भन्नुभयो “चितवन राम्रो कनेक्टिभिटी भएको ठाउँ हो । यहाँ मेडिकल र प्राविधिक व्यक्तिहरुको उपस्थिति पनि राम्रो छ ।”

यो एक्स्पो प्रदर्शनी मात्रै नभए ‘नलेज डिष्ट्रिब्यूसन’ समेत भएको उहाँको भनाई छ । एक्स्पोका संयोजक रुङ्गटाले भन्नुभयो “एक्स्पोमा तीन दिनसम्म फर्मासिस्ट र मार्केटिङहरुलाई तालिम हुन्छ । यहाँ सीप र ज्ञानको आदान प्रदान गरिन्छ ।”

एक्स्पोका मिडिया संयोजक एवं संघका उपाध्यक्ष सन्तोष बरालले एक्स्पोमा रहेका १५० वटा स्टल बुक भईसकेको जानकारी दिंदै २० हजार हाराहारी प्राविधिले अवलोकन अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “एक्स्पोमा प्राविधिक सहित ठूलो संख्यामा सर्वसाधारणले अवलोकन गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।” नेपाली औषधिप्रतिको भ्रम चिर्नका लागि पनि एक्स्पो फलदायी हुने उहाँको भनाई छ ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालका औषधिहरु अन्तर्राष्ट्रियस्तरका उपकरण र कच्चापदार्थबाट बन्छ भन्ने कुरा बुझाउन पनि एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालका औषधि कुनैपनि विदेशी कम्पनीभन्दा गुणस्तरमा कमजोर छैनन्, हामीले प्रयोग गर्ने प्रविधि, उपकरण र कच्चा पदार्थ र विदेशीले प्रयोग गर्ने एउटै हुन् ।” नेपाली औषधिहरु विदेशमा समेत निर्यात हुने गरेको भन्दै उहाँले विदेशीहरु समेत नेपालको औषधिप्रति रुचि राखेर एक्स्पोमा आउने उहाँले जानकारी दिनुभयो । विदेशी औषधि तथा उत्पादनका स्टल नभएर उनीहरुको प्रविधि, मेशिन,उपकरण लगायतका सामान प्रर्दशन गरिने उहांँले बताउनु भयो ।

६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको नेपाली औद्योगिक उद्योगले गत आर्थिक वर्षमा २९ अर्ब रुपैयाँ मात्रैको कारोबार गरेको भन्दै उहांँले सरकारको नीति व्यवसायी मैत्री भए नेपालको कुल मागको ९० प्रतिशत औषधिको माग नेपाली उद्योगले गर्न सक्ने प्रधानको भनाई छ ।

“नेपाली उद्योगले नेपालको मागको ९० औषधि उत्पादन गर्न सक्छौं ।” हाल नेपाली उद्योगहरु ३५ देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन हुनु परेको छ, प्रधानले भन्नुभयो “नेपाली औषधि उद्योगलाई राज्यको प्रबद्र्धन र संर्वद्धन र संरक्षणको खाँचो छ ।” भारतबाट भित्रिने औषधिको नियमन, निरीक्षण र दर्ता गरेका औषधि मात्र नेपालमा आपुर्ति भएमा नेपाली औषधिको बजारले राम्रो स्थान पाउने प्रधानको तर्क थियो ।

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.