• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मोरङमा फागुन १३ देखि दादुरा–रुवेलाको खोप अभियान

  •  शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित

मोरङ । मोरङ जिल्लामा यही फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान सञ्चालनबारे जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुको बैठक तथा छलफल कार्यक्रममा फागुन १३ देखि खोप लगाइने जानकारी दिइयो ।

मोरङका १७ वटै स्थानीय तहका एक सय ५९ वडाका नौ महिना देखि १५ वर्षसम्मका दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताउनुभयो । उहाँका अनुसार नौ महिना देखि ५९ महिनाभित्रमा ८० हजार चार सय ५५ र पाँच वर्षदेखि १५ वर्षसम्मका दुई लाख आठ सय आठ गरी दुई लाख ८१ हजार दुई सय ६३ जनालाई खोप लगाइने भएको हो ।

मोरङमा एक हजार पाँच सय ८८ खोप केन्द्र, तीन हजार एक सय ७० स्वास्थ्यकर्मी र चार हजार सात सय ६४ जना स्वयंसेवक परिचालन हुने बताइएको छ । दादुरा रुवेलाविरुद्धको राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गतेसम्म भए पनि मोरङमा चैत २ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

जहदा गाउँपालिकाबाट अभियानको शुभारम्भ गरिने कार्यालय प्रमुख डा मेहताले बताउनुभयो । मोरङमा पहिलो चरणमा मिक्लाजुङ्ग, लेटाङ्ग, केराबारी, वेलबारी, सुन्दरहरैचा, विराटनगर, जहदा, कटहरी, बूढीगङ्गा, ग्रामथान र फागुन २९ गतेदेखि दोस्रो चरणमा धनपालथान रङ्गेली सुनवर्षी रतुवामाई उर्लावारी कानेपोखरी र पथरीशनिश्चरेमा अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

दक्षिणपूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान सुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिए पनि सम्भव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सन् २०२२÷२३ मा नेपालको धेरै जिल्लामा दादुरा रुवेलाका बिरामी देखा परी महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रूवेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोस्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशतभन्दा धेरै भएको हुनुपर्ने आधार र सर्तहरू रहेको छ । दादुरा–रुवेलाविरुद्धको खोपको राष्ट्रिय अभियानमा सबै पक्षको सहयोग आवश्यक भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टङ्क गौतम, निजी अस्पताल सञ्चालकको सङ्घ अफिनका कोशी प्रदेश अध्यक्ष डा शङ्कर अधिकारीलगायतले बताउनुभयो । रासस

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.