• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ऐन कानुन उद्योगीमैत्री भए हामीले सजिलै विदेशी औषधि प्रतिस्थापन गर्न सक्छौं : एक्स्पो संयोजक रुंगाटा

  •  आइतबार, फागुन १३, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघको आयोजनामा यही फागुन २५ देखि २७ गतेसम नेपाल फर्मा एक्स्पो २०२४ चितवनको भरतपुरमा हुँदैछ । नेपाली औषधिको प्रवद्र्धन गर्न र नवीनतम प्रविधि भित्र्याउने उद्धेश्यसहित सन् २००५ देखि हरेक दुई दुई बर्षमा एक्स्पो हुँदै आइरहेको छ । यसपटकको एक्स्पोको तयारी पनि तीव्र गतिमा भइरहेको छ । एक्स्पोको तयारी, उद्धेश्य, नेपाली औषधि उद्योगकको अवस्था लगायतका बिषयमा एक्स्पोका संयोजक प्रभात रुंगटासंग गरिएको संक्षिप्त कुराकानी

यो पटकको फर्मा एक्स्पोको तयारी कहाँसम्म पुगेको छ ?
हामीले यसपटक काठमाडौँमा फर्मा एक्स्पो गर्ने तयारी गरेका थियौ । तर काठमाडौँको भृकुटीमण्डपमा रहेको प्रर्दशनीस्थलमा खाली नभएकोले यसपटक पनि हामीले चितवन एक्स्पो सेन्टरमो गर्न थालेको हौ । एक्स्पोको तयारी करिब ९५ प्रतिशत काम सकिएको छ । स्टल बुकिङदेखि लिएर एक्स्पो स्थलको डिजाइन, सजावट लगायतको काम सकिएको छ । एक्स्पोमा स्वदेश र विदेशी गरि १५० वटा स्टल रहनेछ छ । यसअघिका दुई वटा फर्मा एक्स्पो पनि हामीले चितवनमो सम्पन्न गरिसकेका छौ । एक्स्पोको तयारी लगभग अन्तिम चरणमा छ ।

फर्मा एक्स्पो गर्नुको उद्धेश्य के हो ?
सरकार, नागरिक , चिकित्सक, औषधि पसललाई एकै छातामुनि ल्याएर नेपाली औषधि बारेमा जानकारी गराउनु नै एक्स्पोको उद्देश्य रहेको छ । हामीले विगत २० बर्षदेखि नेपाली औषधिको प्रवद्र्धन गर्नका लागि एक्स्पो गर्दै आइरहेका छौ । २० बर्ष अगाडि नेपाली उद्योगी औषधिको बजार हिस्सा १० देखि १२ प्रतिशत मात्र ओगटेको थियो । नेपाली औषधि उद्योगले के गर्र्दैछ कुन प्रविधि ल्याएर औषधि उत्पादन गरिरहेको छ भनेर एक्स्पोमा जानकारी गराउँदै आएका छौ । यसरी हामी नवांै एक्स्पोसम्म आइपुग्दा हाम्रो आफ्नो मिहनेत, क्षमताले नेपाली औषधिको बजार ४५ देखि ५० प्रतिशतसम्म पुर्याएका छौ ।
अबको हाम्रो उद्देश्य नेपाली औषधि नेपालमा मात्र विक्री गर्ने मात्र होइन कि पश्चिममा कार्पेट, जुत्ता जस्तै हामी बाहिर मुलुकमा निर्यात गर्न सक्छो भनेर राज्यलाई घच्घचाउनु पनि हो । हामी नेपालमा बनेको उच्च गुणस्तरका औषधि विदेशमा निर्यात गर्न सक्दछौ । औषधि उद्योग अन्य उद्योग जस्तो नभई एउटा अनुशासन र सिस्टममा सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डमा हिंँडेको सस्था हुन्छ । सरकारी ऐन कानुन उद्योगीमैत्री भए हामीले सजिलै विदेशी औषधिलाई प्रतिस्थापन गर्न सक्छौं ।

एक्स्पोमा आम अवलोकनकर्ताले के पाउँछन ?
एक्स्पोबाट सर्वसाधारणले नेपाली औषधिको गुणस्तरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । अहिले बजारमा विभिन्न प्रकारका कम गुणस्तरीय औषधि आएका छन् । हामी त्यस्तो औषधिप्रति सचेत रहंँदै स्वदेशी औषधि उद्योगले कस्ता मापदण्डका कति विश्वसनिय औषधि उत्पादन गरिरहेका भन्ने कुरा प्रर्दशनीबाट नेपाली जनताले थाहा पाउने गर्दछन । यस्तै एक्स्पोमा चितवनको अन्य व्यापार व्यवसाय चलायमान हुनेछ ।

एक्स्पोले औषधिको प्रवद्र्धन गर्न कत्तिको सहज छ ?
अहिले नेपालमा ८२ वटा औषधि उद्योग रहेका छन । साढे तीन सय विदेशी कम्पनीका औषधिका औषधि नेपाली बजारमा छन् । अहिले पनि वर्चश्व तीनै विदेश कम्पनीका रहेका छन् । ती विदेश कम्पनीलाई विस्थापित गर्दै नेपाली उद्योगलाई स्थापित गराउदै लैजान आवश्यक रहेको छ । हो हामीले एक्स्पो मार्फत नेपाली औषधिको प्रवद्र्धन गरिरहेका छौ । एक्स्पोको कै कारण हाम्रो औषधिको माग विदेशमा भइरहेको छ । स्वदेशमा मात्र नभई विदेशमा समेत नेपाली औषधिको बजार विस्तार गर्न एक्स्पो एउटा बलियो प्लेटफर्म पनि हो ।

एक्स्पोका मुख्य आकर्षण के के हुन् ?
विदेशी सरकारी निकाय जाम्बिया, कम्बोडियाका पाहुनाहरु आउने सम्भावना छ । उहाँहरुले हाम्रो औषधिका केही प्रडक्ट हेर्न , बुझ्न र खरीदका लागि हामीसंँग संवाद भईरहेको छ । एक्स्पोमा नयाँ मेशीन, प्रविधि, उपकरण, औजार, ल्याब टेक्नोलोजी लगायतका बिषयनै अवलोकनकर्ताका मुख्य आकर्षण हो ।
यस्तै प्रर्दशनीमा विदेशिने युवालाई एउटै थलोमा राखेर उद्योगी संग भेटघाटको वातावरण बनाउने छौ । एक्स्पोमा नै हाम्रो एउटा हुमन रिसर्च सम्बन्धी स्टेशन हुने छ । त्यो स्टेशनमा युवाहरुले आ–आफ्नो सेक्टरका फर्मासिस्ट,एमआरका लागि म्यानेजरको लागि वायोडाटा राख्दछन र कमन सप्लाई ड्रप वक्स राखेर सवै उद्योगलाई दिने छौ ।

विगतका फर्मा एक्स्पो र पछिल्ला एक्स्पोमा के कस्तो प्रभाव पारेको छ ?
शुरुका फर्मा एक्स्पोमा नत प्रर्दशकको हरुको त्यति आकर्षण थियो नत अवलोकनकर्ताको , तर पछिल्लो समयमा एक्स्पोले उद्योग, उत्पादन, को प्रर्वद्धन हुने र बजारीकरण र ज्ञान साटासाट हुने भएकोले स्वदेशी उद्योगको साथै विदेशी प्रर्दशकको पनि उत्तिकै आकर्षण छ । हामीले फर्मा एक्स्पोको उद्ध्घोष गरेको छोटो समयमै सबै स्टल बुकिङ्ग हुनुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । यही एक्स्पोका कारण हाम्रा केही औषधिहरु अफ्रिका , युरोपका केही देशहरुमा समेत जान थालेका छन ।

एक्सपोका औषधि बन्ने प्रविधि मात्र प्रर्दशनी हुन्छ कि प्रविधिको पनि प्रर्दशनी ?

एक्स्पोमा औषधि बन्ने प्रविधिको बारेमा जानकारी गराइन्छ । औषधि कसरी बन्दो रहेछ भन्ने जानकारी हुन्छ । अहिले हामीले एक्स्पोका लागि बाहिरबाट प्रविधि आइरहेको छन । एक्स्पोमा मेशिन नेपालमा ल्याउंदा भन्सार ,लगायतका ढुवानीमा झन्झटिलो तथा अन्य समस्या छन । अर्को कुरा ती मेशीन बराबरको धरौटी रकम राख्नुपर्ने हुन्छ , र रकम फिर्ता गर्नपनि निकै समय लाग्छ । त्यसैले नेपाली उद्योगले यसअघि खरीद र माग गरिसकेका मेशीनलाई अहिले यो समयमा ल्याउने र प्रर्दशन गर्ने सोचमा पनि हामी छौं ।

आइतबार, फागुन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.