• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ११ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ११ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ११ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

औषधि उद्योगको क्षमता विकासमा सरकारको सहयोग अपरिहार्य छ : एक्स्पो सह–संयोजक पृथ्वी राजभण्डारी

  •  सोमबार, फागुन १४, २०८० मा प्रकाशित

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा यही फागुन २५ देखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ । नेपाली औषधिको प्रर्वद्धन र प्रविधिबारे जानकारी दिने र ज्ञान,अनुभव साटासाट गर्ने उद्धेश्यसहित हरेक दुई बर्षमा एक्स्पो गरिंँदे आएको छ । एक्स्पोमा सरोकारवाला र नागरिकलाई औषधिको उत्पादन, प्रशोधन र गुणस्तरका बारेमा जानकारी दिन प्रर्दशनी स्टल लगायत विभिन्न सम्बाद तथा अन्तरक्रिया पनि गरिने आयोजकले जनाएको छ । तीनदिन सम्म चल्ने एक्स्पोमा १५० वटा भन्दा बढी स्टल तथा १५ हजार भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।यही नवौं नेपाल फर्मा एक्स्पोको बिषयमा केन्द्रित रहेर एपोनका कोषाध्यक्ष एवं फर्मा एक्स्पो–२०२४,का सह–संयोजक तथा क्वेष्ट फर्मास्यूटिकल्स प्रालिका डाइरेक्टर अपरेशन पृथ्वी राजभण्डारी संग गरिएको कुराकानीमा आधारित अंश ।

फर्मा एक्स्पोको आवश्यकता र उद्धेश्य के हो ?
नेपाली औषधि इतिहासले चार दशक पार गरिसकेकोे छ । चारदशक अघि नेपालमा एक दर्जनको हाराहारीमा औषधि उद्योग रहेका थिए । हाल आएर ८० भन्दा बढी उद्योग संचालनमा रहेका छन् । ती औषधि उद्योगले गरेका काम, उत्पादन गरेका औषधिहरुलाई जनतामाझ जानकारी र परिचित गराउने उद्धेश्यसहित एक्स्पोको आयोजना गरिएको हो । चार दशकको अवधिमा नेपाली औषधि उद्योगको अवस्था, विकास, विस्तार एवं स्तर कहांँ पुगेको छ भन्ने जानकारी दिन पनि एक्स्पोको आवश्यकता परेको हो । यसको अलावा अवलोकन कर्ता, औषधि उत्पादक, डिलर लगायत यससंँग सम्बन्धित सरोकारवालालाई एउटै छानामा भेट तथा ज्ञान अनुभव साटासाट गर्ने थलोको रुपमा एक्स्पो फलदायी हुने अपेक्षा गरेका छौं । साथै पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमा यसका प्रविधि, लगायत मेशीन , उपकरण, औजारको प्रर्दशन हुने भएकोले एक्स्पोको आवश्यकता परेको हो ।

फर्मा एक्स्पोबाट नागरिकले के लाभ लिन सक्छन ?
औषधि उद्योग शतप्रतिशत विज्ञानमा आधारित उद्योग हो । हरेक रोगलाई निदान गर्न लागि औषधिको आवश्यकता पर्छ नै । औषधि बिना कुनै रोग निको हुन प्रायःअसम्भव छ । ती रोगका विरुद्ध हामीले नेपालमा नै धेरै प्रकारका औषधि उत्पादन गरेका छौं ।
यसरी नेपालमा धेरै किसिमका रोग विरुद्धको औषधि उत्पादन हुन्छन भन्ने कुराको सन्देश दिनका लागि फर्मा एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा यस्ता रोगको औषधि उत्पादन, प्रशोधन कसरी हुंँदोरहेछ भनेर पनि एक्स्पोमा सर्वसाधारणलाई जानकारी पाउँछन । र यसको प्रविधिको पनि अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन ।

नेपालमा नेपाली औषधिको अवस्था कस्तो छ ?
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन ।दुईदशक अघिमात्र अघिसम्म त्यस्तो अवस्था थिएन । सबै औषधिमा हामी विदेशकोमा नै भर पर्ने गरेका थियौं । तर अहिले परिस्थिति फेरिएको छ । नेपाली औषधि बजारमा हामी पनि विदेश औषधिसँंग प्रतिस्पर्धा गर्ने सक्ने भएका छौ । अझ हामीलाई सरकारले प्राविधिक रुपमा सहयोग गरे भने हामी मुलुकलाई चाहिनै जति औषधि उत्पादन यही गर्न सक्छौ । पछिल्लो समय नेपालमा क्यान्सर रोगको औषधिको उत्पादन पनि शुरु भइसकेको छ ।

नेपाल औषधिमा आत्मनिर्भर बन्न के गर्नु पर्ला ?
अहिले सबैजसो औषधि उद्योग नीजि रहेका छन् । सरकारको स्वामित्वको रुपमा नेपाल औषधि लिमिटेड मात्र छ । आत्मनिर्भरको लागि सरकारले नीजि उद्योगको विकासका गर्न प्रयोगशालाका निर्माण, उपकरण आयातलाई सहज र कच्चापदार्थ आयातमा सरकारले सहयोग गर्नुपर्दछ । त्यसमा सरकारी निकायको सहयोग आवश्यक पर्छ । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नीजि उद्योगले धेरै प्रयास तथा काम गरेपनि सरकारको सहयोग विना औषधि उद्योगको विकास गर्न सकिदैन । तसर्थ सरकार र नीजि क्षेत्र मिल्यो भने औषधि उद्योगको विकासमा ठूलो फड्को मार्न सकिन्छ ।

किनकी बंगलादेश कुल ग्रार्हस्थ (जीडीपी) उत्पादनमा औषधि उद्योग तेस्रो स्थान रहेको छ । नेपाली औषधि उद्योगले पक्कै पनि मुलुकको अर्थतन्त्रमा योगदान गरिरहेको छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ । र औषधि उद्योगको क्षमता विकासमा सरकारको सहयोग अपरिहार्य छ ।
नेपाली औषधि विदेश औषधिको तुलनामा गुणस्तर कस्तो छ ?

औषधि उद्योग औषधि व्यवस्था विभागको निगरानीमा हुने गर्दछन । विभागले बेलाबेलामा यसको गुणस्तरका विषयमा अनुगमन, नियमन एवं परिक्षण गर्ने काम गर्छ ।
हाम्रा औषधिको बर्षको दुई पटक विश्व स्वास्थ्य संगठनको जिएमपी (कुलश औषधि अभ्यास) अडिट पनि हुने गर्दछ । हाम्रैपनि आफ्नै हरेक महिनामा एक पटक आन्तरिक अडिट भईरहेको हुन्छ । त्यसैले गुणस्तर र प्रभावकारीता नेपाली औषधि विदेशीको तुलनाभन्दा राम्रो रहेको पाएका छौं ।

सोमबार, फागुन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.